विदेशी रुपैयाले सुखीपुरको दलित बस्ती र सदायको जीवनमा परिवर्तन

असार १६,विभेद बिरुद्ध अभियान -कुनै बेला सिराहा सुखीपुरका दलित बस्तीको घरको छानाबाट पानी चुहिँदा कहिले औछ्यान लुछुप्प भिजेको हुन्थ्यो, त कहिले भाँडा थापेरै रात विताउन बाध्य हुनु पथ्यौ र यहाँका दलितहरु एक दिन साहुको घरमा नगए बेलुकी चुलो बल्दैन्थ्यो ।

विगत सुन्दा वर्तमान एक कल्पनात्मक खिसा (कथा) हो जस्तो लाग्छ तर यर्थाथ हो । विगतमा सोच्दै नसोचेको परिवर्तन विदेशी रुपैयाले सुखीपुरको दलित बस्ती र सदायको जीवनमा परिवर्तन आएको सुखीपुर १ हाल सुखीपुर नगरपालिका १० बस्ने सोनमा सदायले बताउनुभयो ।
‘उहाँले भन्नुभयो, साहुको खेतबारीमा आधा जीवन बितयो मलाई दुइ छोरा हुर्की बढी दुइ चार पैसाको जोहो गर्न थालेपछि आज एकाएक मेरोे जीवनशैली पृथक बन्दै गएको छ । मेरो दुइ छोरा कतार रहेका छन । अहिले घरमा मासिक ८० हजार रेमिट्यान्स भित्र रहेकोेले मेरो दुखको दिन हरायो जस्तो लागन थालेको छ ।
सोनमा सदायको मात्रै होईन सोही ठाउँ बस्ने छेदी मण्डलको जीवनमा पनि कहिल्यै सोचेका थिएनन, दुःख पछि सुख आउँछ भनेर, अहिले छोरा विदेश गई दुई चार पैसा खेलाउन पाएकोमा उनी गमक्क छन । मेरो भाग्यमा दुःख मात्र छ भन्ने गर्थे तर अहिले मण्डलले भन्नुभयो– समयसँगै जीवनमा केही परिवर्तन आएको महशुस गरेको छु र मेरोे घरमा पनि मासिक ५० हजार रेमिट्यान्स भित्रने गर्छ ।
केही वर्षअघि अति नै दया लाग्दो मण्डलको दलित बस्तीले यति बेला नौलो स्वरुप धारण गरेको छ । साना साना खहरे झुपडी, जथाभावी फोहरै फोहरले बाटो हिड्न समेत गाह्रो लाग्ने बस्तीको रेमिट्यान्सले मुहारै बदलेको छ ।
युवा पुस्ताहरु अर्थापार्जका लागि भारत, मलेसिया, दुवई, कतार लगायतका खाडी मुलुक जान थालेपछि बस्तीको जीवनशैलीमा एकाएक परिवर्तन आएको हो ।
हिजो खरका घरले टमक्क परेको बस्ती आज ईटको घर टल्किएका छन । कुल ४ सय घरधुरी रहेका वस्तीबाट प्रतिघर एक दुइ जना विदेश गएका गएको स्थानिय दिपेन्द्र चौधरीले बताउनुुभयो ।
सुखीपुरको दलित बस्तीमा मासिक औसत ५० लाख रेमिट्यान्स भित्रने गरेको छ । ४ सय घर धुरी मध्ये सरकारी जागिरमा २५ जना मात्र कार्यरत रहेका छन । सवैको घरमा रेमिट्यान्स भित्रन थालेपछि खानपान, शिक्षा, स्वास्थ्य, सरसफाई लगायतका क्षेत्रमा क्रमिक सुधार भएको एकिकृत नकपा माओवादीका नेता विल्टु मण्डलले बताउनुभयो ।
उहाँले भन्नुभयो– युवा जति विदेशिन थालेपछि परम्परागत जातीय पेसा संकटमा पर्न थालेको छ । सबैले जातीय पेसालाई आधुनिकीकरण गरी व्यवसायिक बनाउ सकिएन भने संकटमा पर्ने निश्चित छ ।

No comments:

Post a Comment