मुसहर जातिको पहिलो राष्ट्रिय महाधिवेशन जनकपुरमा जेष्ठ २५ गते हुने

२३ जेठ -विभेद बिरुद्ध अभियान,नेपालका तँराई मधेशको जिल्लाहरुमा बसोवास गर्ने जातिपय रुपमा अति पछाडी परेका मुसहर जातिको पहिलो राष्ट्रिय महाधिवेशन जनकपुरको वाह्र विघा रङ्गभूमि मैदानमा जेष्ठ २५ गते हुने भएको छ ।
सो कार्यक्रममा सहभागि हसनका लागि विहारका पूर्व मुख्यमन्त्री तथा महादलित अगुवा नेता जीतनराम माझी जेठ २५ गते जनकपुरधाम आउने भएका छन् । नेपाल राष्ट्रि मुसहर उत्थान समाजको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन पनि विहारका पूर्व मुख्यमन्त्री माझीले गर्ने भएका छन् ।
नेपालमा रहेका दलितहरु मध्ये निक्कै पछाडी परेका मुसहर समुदायका अगुवाहरु ३२ जिल्लावाट सहभागि हुने समाजका अध्यक्ष चन्देश्वर सदाले आईतवार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो । नेपाला मुसहर जातिको संख्या १२ लाख ५० हजार रहेको पनि जानकारी गराईएको थियो ।
मुसहर जातिका अधिकांश व्यक्तिहरु अहिले पनि सुकुम्बासी नै रहेको जानकारी गराईएको छ । ९८ प्रतिशत मुसहरसंग आफ्नो जग्गा रहेको छैन । घुमन्ते जातिको रुपमा पनि तँराई मधेशमा लिएको छ । दैीनक ज्यालादारी गरेर जीवकोपार्जन गर्दै आएका मुसहरजातिमा शिक्षा तथा सामाजिक चेतनाको व्यापक अभाव रहेको छ ।
कार्यक्रममा मुसहर जातिको तर्फवाट चिकित्सक तथा ईन्जिनियरिङ्ग उत्तीर्ण गरेका तथा उच्च शिक्षा हासिल गरेकाहरुलाई पनि सम्मान गरिने कार्यक्रम रहेको छ । साथै मुसहर जातिको समग्र हकहितको लागि बृहत्त छलफल गरिने कार्यक्रम पनि रहेको पत्रकार सम्म्ेलनमा जानकारी गराईयो ।
कार्यक्रममा दिनाभद्री जस्ता प्राचीन तथा अलौकिक नाचको विषयमा छलफल तथा प्रदर्शन गर्ने कार्यक्रम रहेको छ । विहारका पूर्व मुख्यमन्त्री माझी भारतको सितामढी भएर स्थल मार्ग हुदै भिठामोड भएर जनकपुरधाम आउने कार्यक्रम रहेको छ ।

No comments:

Post a Comment