हाम्रा दलित मुक्तिका मागहरु खास के के हुन् त?- एम एल नेपाली

हाम्रो जस्तो जातीय सामन्ती संस्कार भएको समाजलाई पनि शान्तिपूर्ण किसिमबाट परिबर्तन गर्न सकिन्छ भन्ने मेरो अडान अझै कायम छ। शान्तिपूर्ण भन्नाले हतियार नउठाई गरिने कुनै पनि आन्दोलनलाई बुझ्नु पर्ने हुन्छ। तर शान्तिपूर्ण आन्दोलनको पनि एउटा लिमिट हुन्छ त्यो लिमिट काटेपछि बल्ल त्यो आन्दोलन बिध्वोंसात्मक रुप धारण गर्छ। कतिपय साथीहरुले भन्नुहुन्छ कि दलित मुक्ति शान्तिपूर्ण किसिमबाट प्राप्त हुनै सक्दैन किनकि आज सम्म भए गरेका सबैजसो दलित आन्दोलनहरु शान्तिपूर्ण आन्दोलन नै हुन् तर यस्तो शान्तिपूर्ण आन्दोलनले जातपात छुवाछुत र जातीय प्रथालाई कुनै डेग चलाउन सकेन। बास्तबमा कुरा ठिकै हो तर अब हतियार लिएर को संग लड्ने ? हामीलाई जातपात र छुवाछुतगर्नेहरु संग वा त्यस्तो जातीय पद्धतिलाई बचाएर राख्ने राज्य सत्ता संग ? जात प्रथा भनेको एउटा संस्कार मात्र होइन कि एउटा पद्धतीं नै हो। 
त्यहि पद्धतिलाई प्रयोग गरेर सामन्ती शासकहरुले नेपाल भारतमा सामन्ती राज्य चलाउदै आए। जुत्ता सिलाउने काम सार्कीले मात्रै गरे, कपडा सिलाउने र दमाह बजाउने काम दमाई जातले मात्र गरे जसले गर्दा अन्य जातले त्यो काम गर्नु परेन , त्यस्तै सबै जातलाई आफ्नो आफ्नो जात अनुसारको पेशा गर्नुपर्ने नियम लागु गरिएको हुँदा त्यहि नियम अनुसार मान्छेले पनि आफ्नो ठाउं बाट आफ्नो जिम्मेवारी पुरा गरे जसले गर्दा सामन्ती राज्य चलाउन सजिलो भयो तर अहिले आएर त्यो जातीय पद्धति र जातीय पेशा आदि कुराहरु एक्कासी कसरि संस्कार मात्र बन्न पुगे त ? होइन , यो एउटा संस्कार मात्र होइन जातिय पद्धतिनै हो र यो अध्याबधि कायम छ। तर यस्तो सामन्ती पद्धतिलाई फ्याक्न के हामीले हतियार नै उठाउनु आबस्यक छ त ? कुरो घुमेर फेरी तहीं आउछ कि बन्दुक पड्काएर त्यो सामन्ती जातीय पद्धति कसरि जान सक्छ? कति जनालाई मार्दा त्यो दलित मुक्ति प्राप्त हुन्छ त? अनि आफुले बन्दुक पद्कौदा अरुले चाँही हेरेर मात्र बस्लान त ? बन्दुक पड्काएर साध्य लाग्ला जस्तो मलाई लागेन।
 किनकि हामीले बन्दुक पड्काएर त्यो सामन्ती जातीय संबिधान र कानुनलाई परिबर्तन गर्न सक्छौं भने त ठिकै हुन्थ्यो तर संबिधान र कानुन लेख्ने बन्दुकले होइन कलमले हो। हाम्रो दलित मुक्तिको मागहरु यो यो हो , हामीलाई यो यो कुरा चाहियो, यो यो कुराहरु परिबर्तन गरिनु पर्यो आदि भनेर हामीले कुन ठाउमा माग गरेका छौं ? अथवा , तिमिहरुले जे जे मागेका छोऊ त्यो हामीले पुरा गरिदिन्छौं खोइ के के हुन् तिमीहरुको दलित मुक्तिका मागहरु भनेर सोद्धा हामीले के जबाफ दिने? हाम्रा दलित मुक्तिका मागहरु खास के के हुन् त? के के कुरा पुरा हुँदा दलित मुक्ति प्राप्ति हुन्छ ? हामी संग यस्ता प्रस्नको जबाफ के छ ? हाम्रों दलित मुक्तिका जायज मागहरु के के हुन्, दलित मुक्तिको लागि कस्तो नयाँ संबिधान र कानुन बनाउनु पर्छ आदि भन्ने कुरामा हामीले अहिले ज्यादा ध्यान दिने पो हो कि त ? सबै कुरा तयार गरेर सत्तामा बस्ने सत्ताशिन हरुसंग बार्गेनिंग गर्न जाउँ न अनि पो केहि परिबर्तन गर्न सकिन्छ कि त ?
साभार : एम एल नेपालीको फेसबुक बाट

No comments:

Post a Comment