दलित महिलाका सवाल गम्भीरतापुर्वक सञ्चार माध्यमले नलिएको




तस्बिर साभार :-fedonepal.org
नेपाली सञ्चार माध्यममा महिलाले भोगेका समस्यालाई सहजै उठाइने तर दलित महिलालाई परेको भए सञ्चार जगतले चसो नदेखाउने गरेकोभन्दै सरोकारवालाहरुले दुःखेसो पोखेका छन् ।दलित महिला सङ्घद्वारा ललितपुरमा भदौ ३१ गते आयोजित 'सञ्चारमा दलित महिला' विषयक अन्तरक्रिया कार्यक्रममा अधिकारकर्मीमहिलाका साथै पत्रकार दलित महिलाले समेतले यस्तो दुःखेसो पोखेका हुन् ।'कथित माथिल्लो जातिका महिलाका कुरा लिएर जाँदा सहजै प्राथमिकता पाउँछन्, दलित महिलाका सवाल जति गम्भीर भए पनि सम्पादनमण्डलले सम्बेदनशील ठान्दैन ।'सामुदायिक सूचना नेर्टवर्कमा कार्यरत पत्रकार सविता विश्वकर्माले दुःखेसो पोखिन् ।

उनले दलित महिलाका सवाललाई प्रभावकारी बनाउन सञ्चार गृहका व्यवस्थापनलाई ध्यानाकर्षण, सवालको सम्वेदशीलताबारेअभिमुखीकरणजस्ता अनुभूति गराउने कार्यक्रमको आवश्यकतासमेत औँल्याईन् ।नागरिक दैनिककी संवाददाता पवित्रा सुनारले अपवादबाहेक दलित समुदायको निर्णयक ठाउँमा प्रतिनिधित्व नभएको कारण पनि दलितमहिलाका सवाल गम्भीरतापुर्वक सञ्चार माध्यमले नलिएको विचार व्यक्त गरिन्।

त्यसैगरी अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक गुणराज लुइँटेलले पहिलेको तुलनामा केही स्थान पाउन थाले पनि पर्याप्त नभएको स्वीकार्दै छापामाध्यमले छुट्टै स्तम्भ, रेडियो र टेलिभिजनमा विशेष कार्यक्रम प्रस्तुत गर्ने गरी नीतिगत व्यवस्था गर्न सके प्रभावकारी हुने धारणा राखे ।कार्यक्रममा कान्तिपुर दैनिकका रमेशचन्द्र अधिकारी, हिमालय टाइम्सका पर्शुराम काफ्ले, राजधानी दैनिकका भिषा काफ्ले, नयाँपत्रिकाका प्रकाशगुरागाईं, कमाण्डर पोष्टका रामकुमार एलनलगायतले दलित महिलाका सवाललाई प्राथमिकता दिन व्यवस्थापनलाई आग्रह गर्ने प्रतिबद्धताजनाएका थिए ।दलित महिला सङ्घकी अध्यक्ष दुर्गा सोबले दलित महिलाले जातीय विभेदमा दलित पुरुषको तुलनामा बढी समस्या भोग्नु परेको, लैङ्गिकविभेदमा पनि अरु महिलाको तुलनामा बढी समस्या भोग्नुपरेको बताएकी थिइन् ।

No comments:

Post a Comment