‘कार्यक्रममा भाषण गर्ने क्रममा अधिकारीले छुवाछुतबिरुद्ध लाग्न सबैलाई हौसला प्रदान गरे,’ उनले भने,‘तर दलितले पकाएको खाना उनले नै खान मानेनन् । कति ढोंगी ? यसले दलित समुदायलाई पिडाको महसुस भएको छ ।छुवाछुतविरुद्ध राष्ट्रिय अभियान, रिडेफ नेपाल, नेपाल रिसर्च सेन्टर, ब्राह्मण समाज नेपाल, खसक्षेत्री एकता समाज, नेपाल दशनामी समाज, ठकुरी माहासंघ, राष्ट्रिय दलित सेवा समाज नेपाल, ममिरक(डोम) समूदाय विकास मञ्च र दलित महिला संघ गरी दशवटा संघसंस्थाको संयुक्त आयोजनामा भएको सहभोजमा लगभग ८० जनाको सहभागिता थियो ।
जसमा २५ जना जति मात्रै गैरदलित थिए । सरकारी तथा केही गैरसरकारी संघसंस्थाका प्रतिनीधि, संचारकर्मीको समेत उपस्थिति रहेको कार्यक्रममा सहभागि दलितका अनुसार भाषण गर्ने क्रममा सबैले छुवाछुत सामाजिक कुरीती हो भनेर बोले तर उनीहरुले नै खाना खान मानेनन् ।
- Source:- setopati
No comments:
Post a Comment