कुनै पनि समस्याको समाधानक लागि उक्त कामको संरचनाको शुरुआत श्रेणीवद्ध किसिमबाट गरिएको छ भने त्यसको समाधान ढिलो चाँडो पक्कै हुन्छ तर कामको थालनी नै उचित तथा श्रेणीवद्ध किसिमबाट नगरी एकै पटक माथि माथिको काम गर्न थाल्यौं भने त्यो संरचनाको जग कमजोर हुन्छ र दिगो बन्न सक्दैन । त्यस्तै दलित वर्गहरुले जात-थर फेर्नु तथा आफूलाई कथित उच्च जातीका समान देखाउनु भनेको दलित मुक्तीको सबभन्दा अन्तिममा देखिने तथा हुने प्रकृया हो तर उनीहरुले संरचनाको प्रकृया विपरीत जग नै नवसालीकन पछिल्ला काम गर्न थालेकाले यस्ता क्रियाकलापहरुले एकातिर दलित मुक्ती आन्दोलनलाई फितलो पार्नुका साथै यसलाई सफल गराउन असहज वातावरणको सृजना गर्छ भने अर्कातिर अहिलेको यथास्थीतीको समाजमा उनीहरु उल्टै उपहासका पात्र बन्न सक्ने सम्भावना बढि हुन्छ, जुन ब्यक्त्तिगत र सामाजिक दृष्टिकोणबाट हेर्दा ब्यक्त्ति र समाज दुबैका लागि खतरनाक सावित हुन पनि सक्छ, किनकि मानिस सामाजिक प्राणी हो र बर्तमान अबस्थामा समाजमा उ जसरी स्वीकार्य भएको छ त्यसले उसको सफल र असफल जीवनको रेखा कोर्दछ ।
सामाजिक संरचना तथा सस्कृति पिता पुर्खा देखि चलीआएका प्रचलन तथा प्रथा हुन् जसको बन्ने र विघटन हुने क्रम निरन्तर चलिरहन्छ तर समयको माग अनुसार त्यसको गति कम वा बढि हुन सक्छ । उच-निच र छुत-अछुतको कुरा गर्दा यो विषय जहिले पनि प्रत्यक्ष्य तथा अप्रत्यक्ष्य रुपलॆ धर्ममा गएर ठोक्कीने गर्दछ र यसका तमान त्रुटीहरुको देाष धर्मलाई लगाउने गरिन्छ । वास्तवमा यसो गर्नु/गरिनु उचित होइन । बिभिन्न पुरातात्त्विक प्रमाण अनुसार हिन्दु धर्मलाई विश्वकै सबै भन्दा पुरानो सनातन धर्म मानिदै आईएको छ र अन्य धर्महरुको तुलनामा हिन्दु धर्मलाई केही हद सम्म उदार, निरपेक्ष र भेदभावरहीत धर्मका रुपमा परिभाषित गर्ने गरिन्छ । लामो समयको अन्तरालमा तत्कालीक अवस्थालाई तथा सास्कृतिक संरचनाहरुमा आएका त्रुटीहरुलाई धर्ममा ठोकाएर धर्मकै उपहास गर्नु भनेको आफूले आफैंलाई कुरुप बनाउनु जस्तै हो ।
सनातन हिन्दु धर्मका ग्रन्थ र तत्कालीन सामाजिक संरचनालाई नियाल्ने हो भने केही अलौकीक (काल्पनीक) कथाहरु बाहेक समग्रमा हिन्दु धर्म भेदभावरहीत छ । अलौकीक (काल्पनीक) कथाहरुमा बाहेक हिन्दु धर्मले तथा यस धर्मका कुनै पनि धर्म ग्रन्थहरुले मानव जातीमा उचनिच र छुतअछुतको विभाजन गरेको छैन । बरु उल्टै अहिले दलित र निच मानिने जातीहरु जस्तै विश्वकर्मा, दर्जी आदीलाई भगवान मानेको र श्रद्धाको दर्जा तथा उपमा प्रदान गरेको छ । जाती तथा वर्गहरुमा मात्र नभइ हिन्दु धर्मले स्त्रीहरुलाई समेत उच्च मान-सम्मान र स्थान प्रदान गरेको छ । तर विडम्वना हाम्रो अहिलेको सामाजिक संरचना ठिक यसको विपरीत छ । यहाँनेर यस्तो जिज्ञासा जाग्न सक्छ कि धर्मले नै समाज र व्यकितका हरेक कि्रयाकलापहरुलाई डोर्याएको हुन्छ, र धर्मले नै त्यसो भन्दैन भने यो सब किन, कसरी र केका लागि भयो त ? हो, बुझ्नु पर्ने कुरा नै यहीँनेर छ । वास्तवमै सबै दृष्टीकोणबाट हिन्दु धर्म उदार, निरपेक्ष र सहज छ ।
समय परिवर्तनशिल हुनुका साथै यो बलवान छ । समयले नै इतिहासको रचना तथा सृजना र बिघटन गर्दछ । इतिहास वर्तमानको छायाँ हो, जो एकअर्काबाट कहिल्यै अलग हुदैनन्, इतिहासले वर्तमानलाई छायाँ झैं पछयाइरहेको हुन्छ । यस प्रसंगमा यहाँनेर अलिकति जातीवादको उत्पतिको प्रसंग जोड्दा प्रासङ्गीक होला । पुरातमत्वीक मान्यता अनुसार हिन्दु धर्म विश्वको सबभन्दा पुरानो धर्म हो र मुस्लिम धर्मलाई धेरै पछि अस्तित्वमा आएको धर्मका रुपमा मान्ने गरिन्छ जसको ब्यापक प्रचार प्रसार इस्बी सम्बत छैठौं तथा सातौं शताब्दी तिर प्रोफेट मोहम्मदको जन्म तथा अवतार पछि भएको मान्ने गरिन्छ । इसाको तेह्रौं शताब्दी तिर भारतको हालको नयाँ दिल्लीमा तत्कालीन बीस्तारबादी मुस्लिम शाशक बाबरको जगजगी बढ्न थाल्यो र उसले मुस्लिम धर्माबलम्बी भन्दा बाहेकका अन्य धर्माबलम्बीहरुलाई दिल्ली वरपरका क्षेत्रहरुबाट खेद्नॆ अभियान नै चलायो, मुस्लिम बाहेक अन्य धर्महरुको घोर उपहास गर्यो र तिनीहरुको अस्तित्व नै स्वीकार गरेन । यस्तो घोर शंकट र शंकटकालीन अवस्थाको समाधानका लागि तत्कालीन हिन्दु राजा मनुले हिन्दु धर्म, हिन्दुसमाज तथा हिन्दुसंस्कृतिको रक्षा गर्न तथा आफ्नो सनातन धर्मको अस्तित्व जोगाउन तथा अस्तित्वमा ल्यागन र त्यसको निरन्तरताका लागि हिन्दु धर्ममा प्रचलित तथा चलिआएका तत्कालीन मोटामोटी चालचलन, संस्कृति तथा परिवेश आादिलाई आधार बनाई सामान्य किसिमबाट ब्यक्ति तथा परिवारको कामको आधारमा समाजमा वर्ग र जाति बिभाजन गरी अन्य धर्म र समुदायहरुका सामु उक्त बिभाजित वर्ग र जातिलाई तत्कालीन आपत्कालीन समस्या समाधानको हतियारका रुपमा उभ्याए । यसरी ऐतिहासीक राजा मनुद्धारा तत्कालीन आपातकालीन तथा असहज परीस्थितीमा तयार पारिएका ऐतिहासीक सामाजिक वर्ग तथा जात बिभाजनलाई पछिल्लो पुस्ताले क्रमशः परम्परागत रुपमा अगाल्दै गयो र कालान्तरमा यसले संस्कृतिकै रुप लियो । समाजको परिवर्तन र विकास हुने क्रममा तत्कालीन राजा मनुको यही बिभाजनलाई आधार मानी हिन्दू धर्मका बिभिन्न समाजतथा समुदायहरुमा थुप्रै रीति-थीति तथा नियम-कानुनहरु निर्माण गरीए र समय समयमा आवश्यकता हेरी तिनका फेरबदल गर्ने कामहरु पनि गरिए । स्वार्थबस गरिएका केही फेरबदल तथा परिवर्तनहरु आजको समय सुहाउँदो बन्न सकेनन् र त्रुटीका रुपमा देखिए तर तिनै रीति-थीति तथा नियमहरु तत्कालीन समयमा भने परिस्थिती सुहाउँदा तथा समय सापेक्ष मानिएका थिए । अहिलेको परिस्थिती र समयको माग तथा आबश्यकता फरक छ र त्यसैअनुसार अव फेरी पनि यसमा थपघट तथा फेरबदल गर्नुपर्ने समय र जिम्मेवारी हाम्रो सामु आएको छ र अव हाम्रो पालामा हामीले कसरी हाम्रो अस्तित्वको प्रतिक धर्मं तथा संस्कृतिमा कति र कसरी थपघट तथा फेरबदल गर्ने हो, यो शिर्षक ब्यापक छलफलको बिषय बन्नु तथा बनाइनु पर्दछ । र त्यसको निष्कर्ष यस्तो निस्कीयोस ताकि उक्त निश्कर्षले हाम्रो धार्मिक तथा सांस्कृतिक आस्था र मानब हुनुको अकाट्य प्राकृतिक नियमको उपहास नगरोस ।साभार :-फूलबारी
No comments:
Post a Comment