तल्लो जातको नाममा नोकरको जिन्दगी जिउन परिरहेको छ - लालप्रसाद शर्मा


करिब दुई हजार वर्षअघि भारतका मनु नामक राजाले ब्राह्मण धर्मको -अहिलेको हिन्दु धर्म) नाममा मनुस्मृति ग्रन्थ प्रतिपादन गरी चार जात र विभिन्न वर्णका मानिसलाई ठूलो र सानो, छुत र अछूतका रूपमा विभाजन गरे ।त्यतिबेलै कथित शुद्रलाई पानी नचल्ने जातका रूपमा व्यवहार गरिएको हामी पाउँछौं । युद्धमा हारेका मनुका अनुयायीले नेपाल पसी किराँतलाई हराई शासन सुरु गरे, त्यहीबेलादेखि नै नेपालमा जातपात र छुवाछूत भित्रिएको हो । अर्थात् नेपालमा छुवाछूतले प्रवेश पाएको काललाई लिच्छविकाल मान्न सकिन्छ । पछि मल्लकालमा राजा जयस्थिति मल्लले यसलाई कठोर पारेको र आधुनिक नेपालका केही शासकले पनि मनुग्रन्थ धर्म र दर्शनकै आडमा अपराध गर्नेलाई जातका आधारमा दण्डसजाय निर्धारण गरेको पाइन्छ । अझ राणाकालमा त जंगबहादुर राणाले लिखित कानुनै बनाएर जातपात नमान्नेलाई पाँच रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बसाले ।
 त्यसताका कानुन उल्लंघन गर्नेलाई जेलमा सडाउने कामसम्म भएको इतिहास छ ।  जातपात र छुवाछूत नेपाली समाजका लागि घोर विकासविरोधी र मानव कलंकका रूपमा रहँदै आएको छ । जातपात र छुवाछूतका आधारमा गरिने भेदभाव तथा घृणित व्यवहारले हाल पनि सिंगै मुलुक प्रभावित छ । यसकै आधारमा थुप्रै घटना भइरहेका छन् । जातीयताकै आधारमा वर्षौदेखि चल्दै आएका बाली प्रथा, हलिया प्रथा, छोइछिटो प्रथाले हाम्रो समाज भरिएको छ । माथिल्लो जातको नाममा मालिक र तल्लो जातको नाममा नोकरको जिन्दगी जिउन परिरहेको छ करिब ५० लाख दलितले । दलित भनिनेहरूले नै अन्नबाली उब्जाउन र सपार्नु परेको छ । कला, संस्कृति जोगाउनु परेको छ । तर, उनीहरूले सामाजिक रूपमा मर्यादित जीवन जिउन पाएका छैनन्, न त आर्थिक रूपमा समृद्धशाली हुने मौकै । जुनसुकै राजनीतिक परिवर्तन भए पनि दलितको अवस्थामा सुधार आउन सकेको छैन । उनीहरू गरिबी, भोक, बेरोजगार, कुचलन, कुसंस्कार र सामान्ती प्रथाबाट मुक्त हुन सकेका छैनन् । जीवन कष्टकर र अपहेलित नै छ । वर्तमान संविधान र कानुनमा जातपात र छुवाछूत गर्न नपाइने प्रावधान छ । यसलाई सरकारवादी मुद्दा पनि बनाइएको छ । संयुक्त राष्ट्रसंघद्वारा १९६५ मा पारित जातिवादविरुद्धको सन्धिलाई नेपालले पनि अनुमोदन गर्‍यो । तर, समाजबाट जातीय भेदभाव र छुवाछूत हटेको आभास मिलेको छैन ।अर्कोतर्फ दलितहरूबीच पनि छुवाछूत र भेदभाव उत्तिकै छ । उनीहरूबीच पनि पानी बाराबारको स्थिति हो । आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि यो कुसंस्कार दलित र गैरदलितबीचको जस्तै पीडादायी र अवरोधक छ । कतिपय अवस्थामा कथित माथिल्लो जातका टाठाबाठाले पहिले तिमीहरूबीचको 'छुवाछूत' हटाऊ अनिमात्र दलित र गैरदलित बीचको समतामूलक सम्बन्ध विस्तारका लागि गरिएका प्रयास प्रभावकारी हुन्छन् भन्दै आएका छन् । यो अर्तिलाई सामन्ती, रोगी सोंचाइ र समस्याबाट भाग्ने प्रवृत्ति भन्छन् दलित अगुवा ।

 यसैक्रममा दसैं-तिहारको सेरोफेरोमा पर्वतको बर्राचौर, रानीपानी, बेउलीबास र हुवास गाविसका सयांै दलितले आन्तरिक छुवाछूत हटाएको घोषणा गरे । छुवाछूतको सामान्ती संस्कारलाई तोड्न र अहिलेसम्म भए/गरेका प्रयत्नलाई व्यवहारिक रूप दिन छुवाछूतमुक्त क्षेत्र घोषणा गरेका हुन्, गाउँलेले । यस्तो अभियान धौलागिरि अञ्चलमै पहिलो हो ।दलितबीचको आन्तरिक छुवाछूत हटेपछि गैरदलितसँग सहकार्यको बाटो खुल्ने र सामान्ती तथा रोगी सोंचाइका बाबाजुद पनि समाजमा मानव अधिकार, सामाजिक एकता र सद्भावको विकास हुने विश्वास उनीहरूले लिएका छन । अभियानका अगुवाले छुवाछूत मानव कलंक र विकासमा अवरोध भनेका छन् ।रानीपानीका शंकर नेपालीका शब्दमा आन्तरिक छुवाछूतले पछि परिएको र गैरदलितसँग कार्यक्रम लैजान नसकिएको महसुस भएकाले अभियान अघि सारिएको हो । नेपाली भन्छन्- 'हामीबीचको विभेदले कथित ठूला जातिबाट हेपिएका छौं ।' उनका अनुसार यसअघि गाउँमा विश्वकर्मा, दर्जी र सार्कीबीच पानी बाराबार हुन्थ्यो । आइन्दा घर, सार्वजनिक ठाउँमा जातीयताको आधारमा छुवाछूत र भेदभाव नगर्ने प्रतिबद्धता जनाएका दलितले त्यसलाई व्यवहारमा पनि उतारिरहेका छन् । दलित समुदायमा कार्यरत आत्मनिर्भर विकास मञ्चले आवश्यकता, चुनौती, समाधानजस्ता विषयमा छलफल तथा चेतना फैलाएपछि अभियान अघि बढेको हो ।आफूहरूबीच छुवाछूत हटेकोमा औधि खुसी लागेको बेउलीबासकी अनिता परियार बताउँछिन् । कसैले छोइयो र ठूलो/सानो जात भन्दैनन् गाउँमा, अनिताले छोइछिटो सम्झँदै भनिन्- 'गैरदलितसँग पनि यो स्थिति भए हाम्रो समाज कति राम्रो र सभ्य हुने थियो ।' बेउलीबासकै ८० वषर्ीय छविलाल सुनारले काम र रंगका आधारमा सानो र ठूलो जात नहुने यो उमेरमा थाहा पाएको बताउँदै आफूहरू नोकर भई बसेको अनुभव सुनाए ।दलितहरूको यो प्रयास अति सराहनीय छ । यस्तो काम अन्यत्र पनि हुनुपर्छ । आपmनो हकअधिकारका लागि लड्नुपर्छ । जुनसुकै सरकारले पनि छुवाछूत र जातीय भेदभाव हटाउनेतर्फ सशक्त कार्यक्रम अगाडि ल्याउनुपर्छ । राजनीतिक प्रतिबद्धता जाहेर गर्नुपर्छ । इमान्दारिता, सामन्तवादी सोंच र संस्कारको अन्त्य हुनुपर्छ ।  त्योभन्दा पनि ठूलो कुरा दलितले आफूलाई प्राकृतिक नियमअनुसार जन्मिएका अन्य मानिससरह हौं भन्ने बुझेमा मात्र समस्या नरहने निश्चित छ । अन्त्यमा हकअधिकारका कुरा लोकतन्त्रमा मात्र पाइन्छ भन्ने पनि सोच्नुपर्छ । रिब दुई हजार वर्षअघि भारतका मनु नामक राजाले ब्राह्मण धर्मको -अहिलेको हिन्दु धर्म) नाममा मनुस्मृति ग्रन्थ प्रतिपादन गरी चार जात र विभिन्न वर्णका मानिसलाई ठूलो र सानो, छुत र अछूतका रूपमा विभाजन गरे ।त्यतिबेलै कथित शुद्रलाई पानी नचल्ने जातका रूपमा व्यवहार गरिएको हामी पाउँछौं । युद्धमा हारेका मनुका अनुयायीले नेपाल पसी किराँतलाई हराई शासन सुरु गरे, त्यहीबेलादेखि नै नेपालमा जातपात र छुवाछूत भित्रिएको हो । अर्थात् नेपालमा छुवाछूतले प्रवेश पाएको काललाई लिच्छविकाल मान्न सकिन्छ । पछि मल्लकालमा राजा जयस्थिति मल्लले यसलाई कठोर पारेको र आधुनिक नेपालका केही शासकले पनि मनुग्रन्थ धर्म र दर्शनकै आडमा अपराध गर्नेलाई जातका आधारमा दण्डसजाय निर्धारण गरेको पाइन्छ । अझ राणाकालमा त जंगबहादुर राणाले लिखित कानुनै बनाएर जातपात नमान्नेलाई पाँच रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बसाले । त्यसताका कानुन उल्लंघन गर्नेलाई जेलमा सडाउने कामसम्म भएको इतिहास छ ।  जातपात र छुवाछूत नेपाली समाजका लागि घोर विकासविरोधी र मानव कलंकका रूपमा रहँदै आएको छ । जातपात र छुवाछूतका आधारमा गरिने भेदभाव तथा घृणित व्यवहारले हाल पनि सिंगै मुलुक प्रभावित छ । यसकै आधारमा थुप्रै घटना भइरहेका छन् । जातीयताकै आधारमा वर्षौदेखि चल्दै आएका बाली प्रथा, हलिया प्रथा, छोइछिटो प्रथाले हाम्रो समाज भरिएको छ । माथिल्लो जातको नाममा मालिक र तल्लो जातको नाममा नोकरको जिन्दगी जिउन परिरहेको छ करिब ५० लाख दलितले । दलित भनिनेहरूले नै अन्नबाली उब्जाउन र सपार्नु परेको छ । कला, संस्कृति जोगाउनु परेको छ । तर, उनीहरूले सामाजिक रूपमा मर्यादित जीवन जिउन पाएका छैनन्, न त आर्थिक रूपमा समृद्धशाली हुने मौकै । जुनसुकै राजनीतिक परिवर्तन भए पनि दलितको अवस्थामा सुधार आउन सकेको छैन । उनीहरू गरिबी, भोक, बेरोजगार, कुचलन, कुसंस्कार र सामान्ती प्रथाबाट मुक्त हुन सकेका छैनन् । जीवन कष्टकर र अपहेलित नै छ । वर्तमान संविधान र कानुनमा जातपात र छुवाछूत गर्न नपाइने प्रावधान छ । यसलाई सरकारवादी मुद्दा पनि बनाइएको छ । संयुक्त राष्ट्रसंघद्वारा १९६५ मा पारित जातिवादविरुद्धको सन्धिलाई नेपालले पनि अनुमोदन गर्‍यो । तर, समाजबाट जातीय भेदभाव र छुवाछूत हटेको आभास मिलेको छैन ।अर्कोतर्फ दलितहरूबीच पनि छुवाछूत र भेदभाव उत्तिकै छ । उनीहरूबीच पनि पानी बाराबारको स्थिति हो । आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि यो कुसंस्कार दलित र गैरदलितबीचको जस्तै पीडादायी र अवरोधक छ । कतिपय अवस्थामा कथित माथिल्लो जातका टाठाबाठाले पहिले तिमीहरूबीचको 'छुवाछूत' हटाऊ अनिमात्र दलित र गैरदलित बीचको समतामूलक सम्बन्ध विस्तारका लागि गरिएका प्रयास प्रभावकारी हुन्छन् भन्दै आएका छन् । यो अर्तिलाई सामन्ती, रोगी सोंचाइ र समस्याबाट भाग्ने प्रवृत्ति भन्छन् दलित अगुवा । यसैक्रममा दसैं-तिहारको सेरोफेरोमा पर्वतको बर्राचौर, रानीपानी, बेउलीबास र हुवास गाविसका सयांै दलितले आन्तरिक छुवाछूत हटाएको घोषणा गरे ।

 छुवाछूतको सामान्ती संस्कारलाई तोड्न र अहिलेसम्म भए/गरेका प्रयत्नलाई व्यवहारिक रूप दिन छुवाछूतमुक्त क्षेत्र घोषणा गरेका हुन्, गाउँलेले । यस्तो अभियान धौलागिरि अञ्चलमै पहिलो हो ।दलितबीचको आन्तरिक छुवाछूत हटेपछि गैरदलितसँग सहकार्यको बाटो खुल्ने र सामान्ती तथा रोगी सोंचाइका बाबाजुद पनि समाजमा मानव अधिकार, सामाजिक एकता र सद्भावको विकास हुने विश्वास उनीहरूले लिएका छन । अभियानका अगुवाले छुवाछूत मानव कलंक र विकासमा अवरोध भनेका छन् ।रानीपानीका शंकर नेपालीका शब्दमा आन्तरिक छुवाछूतले पछि परिएको र गैरदलितसँग कार्यक्रम लैजान नसकिएको महसुस भएकाले अभियान अघि सारिएको हो । नेपाली भन्छन्- 'हामीबीचको विभेदले कथित ठूला जातिबाट हेपिएका छौं ।' उनका अनुसार यसअघि गाउँमा विश्वकर्मा, दर्जी र सार्कीबीच पानी बाराबार हुन्थ्यो । आइन्दा घर, सार्वजनिक ठाउँमा जातीयताको आधारमा छुवाछूत र भेदभाव नगर्ने प्रतिबद्धता जनाएका दलितले त्यसलाई व्यवहारमा पनि उतारिरहेका छन् । दलित समुदायमा कार्यरत आत्मनिर्भर विकास मञ्चले आवश्यकता, चुनौती, समाधानजस्ता विषयमा छलफल तथा चेतना फैलाएपछि अभियान अघि बढेको हो ।आफूहरूबीच छुवाछूत हटेकोमा औधि खुसी लागेको बेउलीबासकी अनिता परियार बताउँछिन् । कसैले छोइयो र ठूलो/सानो जात भन्दैनन् गाउँमा, अनिताले छोइछिटो सम्झँदै भनिन्- 'गैरदलितसँग पनि यो स्थिति भए हाम्रो समाज कति राम्रो र सभ्य हुने थियो ।' बेउलीबासकै ८० वषर्ीय छविलाल सुनारले काम र रंगका आधारमा सानो र ठूलो जात नहुने यो उमेरमा थाहा पाएको बताउँदै आफूहरू नोकर भई बसेको अनुभव सुनाए ।दलितहरूको यो प्रयास अति सराहनीय छ । यस्तो काम अन्यत्र पनि हुनुपर्छ ।

 आपmनो हकअधिकारका लागि लड्नुपर्छ । जुनसुकै सरकारले पनि छुवाछूत र जातीय भेदभाव हटाउनेतर्फ सशक्त कार्यक्रम अगाडि ल्याउनुपर्छ । राजनीतिक प्रतिबद्धता जाहेर गर्नुपर्छ । इमान्दारिता, सामन्तवादी सोंच र संस्कारको अन्त्य हुनुपर्छ ।  त्योभन्दा पनि ठूलो कुरा दलितले आफूलाई प्राकृतिक नियमअनुसार जन्मिएका अन्य मानिससरह हौं भन्ने बुझेमा मात्र समस्या नरहने निश्चित छ । अन्त्यमा हकअधिकारका कुरा लोकतन्त्रमा मात्र पाइन्छ भन्ने पनि सोच्नुपर्छ । रिब दुई हजार वर्षअघि भारतका मनु नामक राजाले ब्राह्मण धर्मको -अहिलेको हिन्दु धर्म) नाममा मनुस्मृति ग्रन्थ प्रतिपादन गरी चार जात र विभिन्न वर्णका मानिसलाई ठूलो र सानो, छुत र अछूतका रूपमा विभाजन गरे ।त्यतिबेलै कथित शुद्रलाई पानी नचल्ने जातका रूपमा व्यवहार गरिएको हामी पाउँछौं । युद्धमा हारेका मनुका अनुयायीले नेपाल पसी किराँतलाई हराई शासन सुरु गरे, त्यहीबेलादेखि नै नेपालमा जातपात र छुवाछूत भित्रिएको हो । अर्थात् नेपालमा छुवाछूतले प्रवेश पाएको काललाई लिच्छविकाल मान्न सकिन्छ । पछि मल्लकालमा राजा जयस्थिति मल्लले यसलाई कठोर पारेको र आधुनिक नेपालका केही शासकले पनि मनुग्रन्थ धर्म र दर्शनकै आडमा अपराध गर्नेलाई जातका आधारमा दण्डसजाय निर्धारण गरेको पाइन्छ । अझ राणाकालमा त जंगबहादुर राणाले लिखित कानुनै बनाएर जातपात नमान्नेलाई पाँच रुपैयाँ जरिवाना तिर्नुपर्ने नियम बसाले । त्यसताका कानुन उल्लंघन गर्नेलाई जेलमा सडाउने कामसम्म भएको इतिहास छ ।  जातपात र छुवाछूत नेपाली समाजका लागि घोर विकासविरोधी र मानव कलंकका रूपमा रहँदै आएको छ । जातपात र छुवाछूतका आधारमा गरिने भेदभाव तथा घृणित व्यवहारले हाल पनि सिंगै मुलुक प्रभावित छ । यसकै आधारमा थुप्रै घटना भइरहेका छन् । जातीयताकै आधारमा वर्षौदेखि चल्दै आएका बाली प्रथा, हलिया प्रथा, छोइछिटो प्रथाले हाम्रो समाज भरिएको छ । माथिल्लो जातको नाममा मालिक र तल्लो जातको नाममा नोकरको जिन्दगी जिउन परिरहेको छ करिब ५० लाख दलितले । दलित भनिनेहरूले नै अन्नबाली उब्जाउन र सपार्नु परेको छ । कला, संस्कृति जोगाउनु परेको छ । तर, उनीहरूले सामाजिक रूपमा मर्यादित जीवन जिउन पाएका छैनन्, न त आर्थिक रूपमा समृद्धशाली हुने मौकै । जुनसुकै राजनीतिक परिवर्तन भए पनि दलितको अवस्थामा सुधार आउन सकेको छैन । उनीहरू गरिबी, भोक, बेरोजगार, कुचलन, कुसंस्कार र सामान्ती प्रथाबाट मुक्त हुन सकेका छैनन् । जीवन कष्टकर र अपहेलित नै छ । वर्तमान संविधान र कानुनमा जातपात र छुवाछूत गर्न नपाइने प्रावधान छ । यसलाई सरकारवादी मुद्दा पनि बनाइएको छ । संयुक्त राष्ट्रसंघद्वारा १९६५ मा पारित जातिवादविरुद्धको सन्धिलाई नेपालले पनि अनुमोदन गर्‍यो । तर, समाजबाट जातीय भेदभाव र छुवाछूत हटेको आभास मिलेको छैन ।अर्कोतर्फ दलितहरूबीच पनि छुवाछूत र भेदभाव उत्तिकै छ । उनीहरूबीच पनि पानी बाराबारको स्थिति हो । आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि यो कुसंस्कार दलित र गैरदलितबीचको जस्तै पीडादायी र अवरोधक छ । कतिपय अवस्थामा कथित माथिल्लो जातका टाठाबाठाले पहिले तिमीहरूबीचको 'छुवाछूत' हटाऊ अनिमात्र दलित र गैरदलित बीचको समतामूलक सम्बन्ध विस्तारका लागि गरिएका प्रयास प्रभावकारी हुन्छन् भन्दै आएका छन् । यो अर्तिलाई सामन्ती, रोगी सोंचाइ र समस्याबाट भाग्ने प्रवृत्ति भन्छन् दलित अगुवा । यसैक्रममा दसैं-तिहारको सेरोफेरोमा पर्वतको बर्राचौर, रानीपानी, बेउलीबास र हुवास गाविसका सयांै दलितले आन्तरिक छुवाछूत हटाएको घोषणा गरे । छुवाछूतको सामान्ती संस्कारलाई तोड्न र अहिलेसम्म भए/गरेका प्रयत्नलाई व्यवहारिक रूप दिन छुवाछूतमुक्त क्षेत्र घोषणा गरेका हुन्, गाउँलेले । यस्तो अभियान धौलागिरि अञ्चलमै पहिलो हो ।दलितबीचको आन्तरिक छुवाछूत हटेपछि गैरदलितसँग सहकार्यको बाटो खुल्ने र सामान्ती तथा रोगी सोंचाइका बाबाजुद पनि समाजमा मानव अधिकार, सामाजिक एकता र सद्भावको विकास हुने विश्वास उनीहरूले लिएका छन । अभियानका अगुवाले छुवाछूत मानव कलंक र विकासमा अवरोध भनेका छन् ।रानीपानीका शंकर नेपालीका शब्दमा आन्तरिक छुवाछूतले पछि परिएको र गैरदलितसँग कार्यक्रम लैजान नसकिएको महसुस भएकाले अभियान अघि सारिएको हो । नेपाली भन्छन्- 'हामीबीचको विभेदले कथित ठूला जातिबाट हेपिएका छौं ।' उनका अनुसार यसअघि गाउँमा विश्वकर्मा, दर्जी र सार्कीबीच पानी बाराबार हुन्थ्यो । आइन्दा घर, सार्वजनिक ठाउँमा जातीयताको आधारमा छुवाछूत र भेदभाव नगर्ने प्रतिबद्धता जनाएका दलितले त्यसलाई व्यवहारमा पनि उतारिरहेका छन् । दलित समुदायमा कार्यरत आत्मनिर्भर विकास मञ्चले आवश्यकता, चुनौती, समाधानजस्ता विषयमा छलफल तथा चेतना फैलाएपछि अभियान अघि बढेको हो ।आफूहरूबीच छुवाछूत हटेकोमा औधि खुसी लागेको बेउलीबासकी अनिता परियार बताउँछिन् । कसैले छोइयो र ठूलो/सानो जात भन्दैनन् गाउँमा, अनिताले छोइछिटो सम्झँदै भनिन्- 'गैरदलितसँग पनि यो स्थिति भए हाम्रो समाज कति राम्रो र सभ्य हुने थियो ।' बेउलीबासकै ८० वषर्ीय छविलाल सुनारले काम र रंगका आधारमा सानो र ठूलो जात नहुने यो उमेरमा थाहा पाएको बताउँदै आफूहरू नोकर भई बसेको अनुभव सुनाए ।

दलितहरूको यो प्रयास अति सराहनीय छ । यस्तो काम अन्यत्र पनि हुनुपर्छ । आपmनो हकअधिकारका लागि लड्नुपर्छ । जुनसुकै सरकारले पनि छुवाछूत र जातीय भेदभाव हटाउनेतर्फ सशक्त कार्यक्रम अगाडि ल्याउनुपर्छ । राजनीतिक प्रतिबद्धता जाहेर गर्नुपर्छ । इमान्दारिता, सामन्तवादी सोंच र संस्कारको अन्त्य हुनुपर्छ ।  त्योभन्दा पनि ठूलो कुरा दलितले आफूलाई प्राकृतिक नियमअनुसार जन्मिएका अन्य मानिससरह हौं भन्ने बुझेमा मात्र समस्या नरहने निश्चित छ । अन्त्यमा हकअधिकारका कुरा लोकतन्त्रमा मात्र पाइन्छ भन्ने पनि सोच्नुपर्छ ।साभार :-कान्तिपुर

No comments:

Post a Comment