सरकार ! छुवाछूतकाे पक्ष पाेषाण गर्ने एसएसपी खरेललाई कारबाही हाेस् : भीम रसाइली

१२ जेठ २०७३,विभेद बिरुद्ध अभियान- कोशी अञ्चल प्रहरी प्रमुख एसएसपी पवन प्रसाद खरेल जातीय विभेद र छुवाछूत सम्बन्धि दिएको सार्वजनिक अभिव्यक्तिका कारण विवादमा तानिएका छन्। उनको अभिव्यक्ति पछि नेपालका उत्पिडित वर्ग र समुदायको शिर एकाएक निहुरेको छ।
अाम मुक्तिकामी समुदायले कल्पनै नगरेको त्यसकिसिमको धारणा त्यो पनि सार्वजनिक पदमा रहेका एसएसपी तहका प्रहरी अधिकारी को मुखबाट अाउनु दुखद मात्रै छैन्,यसले अनेकौं प्रश्न र तरङ्ग सृजना गरेको छ । उनको अभिव्यक्ति पछि प्रहरीले विभेद र छुवाछूतको घटनामाथि गर्ने निस्पक्ष्य छानबिन र दोषीमाथि गर्ने कार्वाही बारे अाशंका पैदा गराएको छ,जुन दुखद छ।
जातीय विभेदलाई अहिलेको संविधानले दण्डनिय मानेको छ। जातीय विभेद र छुवाछूतजन्य अपराध गर्नेलाई कानुनतः दण्ड गर्ने थुप्रै दफा उपदफा थपिएको छ।जातीय विभेद वा छुवाछूत (कसुर र सजाय)एन-२०६८ बमोजिम जातीय छुवाछूत गर्ने वा गराउने व्यक्तिलाई तीन महिना देखि तीन वर्ष सम्म कैद वा एकहजार देखि पच्चीस हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ।तर विडम्बना प्रहरी अधिकृत को मुखबाटै जातीय विभेदलाइ प्रस्रय दिने किसिमको अभिव्यक्तिले अाम दलितहरुको न्याय पाउने हकमाथि कुठाराघात गरेको बुझिन्छ।अन्य व्यक्तिबाट यस्तो खाले धारणा अाएको भए त्यो स्वत बहस र विचारका लागि स्विकार्य हुन सक्थ्यो तर अञ्चल प्रहरी प्रमुख ले दिएको यस्तो अशोभनीय विचार कदापि स्विकार्य हुनै सक्दैन्।एउटा अञ्चल भरिका प्रहरी,प्रहरी कार्यलय र सिङ्गो युनिट उनकै निर्देषनबाट निर्देषित हुन्छ।कानुनको पालना गर्ने र गराउने हैसियत उनैले राखेका हुन्छन्।तर उनको अभिव्यक्ति अन्धविश्वास,कुरुति र सामाजिक कुसंस्कारलाई मलजल गरेको देखिन्छ।
एसएसपी तहका प्रहरी अधिकारी को मुखबाट अाउनु दुखद मात्रै छैन्,यसले अनेकौं प्रश्न र तरङ्ग सृजना गरेको छ । उनको अभिव्यक्ति पछि प्रहरीले विभेद र छुवाछूतको घटनामाथि गर्ने निस्पक्ष्य छानबिन र दोषीमाथि गर्ने कार्वाही बारे अाशंका पैदा गराएको छ,जुन दुखद छ।
प्रहरीले त समाजका अन्धविश्वास र कुरुतीको अन्त्यका लागि विशेष भुमिका निर्वाह गरेका हुन्छन्। धरानमा अावाज मिडिया समुहले अायोजना गरेको अाधारभूत रेडियो पत्रकारिता तालिमको प्रमुख अतिथि भएर गएका खरेलले पछिल्लो समय तहसनहस हुने गरि दलितहरुले सामाजिक परम्परा माथि अाक्रमण गर्न थालेको,यो प्रचलन हजारौं वर्षदेखि रहेको र अहिले हामीले हटाउन नमिल्ने केही वर्ष पछि अाफै हटेर जाने विवादास्पद धारणा सार्वजनिक गरेका थिए।उनले “मेरै पालामा त झन छुवाछूत अन्त्य गर्ने कुरा सोच्न पनि सक्दिन” भन्ने धारणा प्रस्तुत गरेका थिए। उनको अभिव्यक्तिपछि अाम दलित समुदायलाई नराम्ररी झस्काएको छ।सात दशक लामो बलिदानीपुर्ण संघर्षले दलितहरुले स्थापना गरेको राजनीतिक उपलब्धिलाई खरेलले अवमूल्यन गरेका छन्। मनुस्मृतीबाट प्रभावित ब्राह्मणवादी कुसंस्कार को भग्नावशेश एसएसपी खरेलमा त अझै रहेछ भने नेपाली समाज कहाँ नेर छ भन्ने अनुमान लगाउन गार्‍हो छैन्।उनको अभिव्यक्तिपछि दलित सम्बद्ध कृयासिल संगठनहरुले विरोध गरेका छन् ।उनको गैरजिम्मेवार अभिव्यक्तिका लागि कार्वाहीको माग गर्दै शसक्त अान्दोलन को घोषणा गर्ने भन्दै सामुहिक विज्ञप्ति निकालेका छन्।
मनुस्मृतीबाट प्रभावित ब्राह्मणवादी कुसंस्कार को भग्नावशेश एसएसपी खरेलमा त अझै रहेछ भने नेपाली समाज कहाँ नेर छ भन्ने अनुमान लगाउन गार्‍हो छैन्।
उनको चाैतर्फि विरोध भएपछि उनको वचाउ गर्न उनका निकटहरु लागिसकेका छन्। शुरुमा मैले बोलेकै हो भन्दै खुल्ला चुनाैती दिएका खरेल अन्तत दलितहरुको एकता र शक्ति देखेर भित्रभित्रै अाफ्नो वचाउमा लागेका छन्। समय परिवर्तनशिल छ त्यसतै विभेदको रुप पनि फेरिएको छ।पहिले अशिक्षित मानिसहरुले खुलेरै विभेद गर्थें तर अाजभोली वाैद्धिक र सभ्य भनिएका मानिसहरुले तर्क र बहसकै माध्यम बाट विभेद गर्दैछन्। यस्तो कुसंस्कार लाई प्रोत्साहन गर्नेहरुलाई पहिचान गरि अाम दलित समुदाय एकजुट हुनु अाजको अावश्यकता हो।अाज सह्याै भने अझै युगाैयुग सम्म मान्छे भएर जिउन पाईदैन्,अाउ हामी पनि मान्छे बन्न हातेमालो गराै।अाज समयले फेरि दलितहरुलाई एकतामा बाधिन अाग्रह गरिरहेको छ।
साउदीबाट/साभार :- दलित अनलाइन 

No comments:

Post a Comment