जेठ १६ गते,विभेद बिरुद्ध अभियान- प्रायः छुवाछुतको विषय उठ्नेबित्तिकै दलितले आफ्नो जन्मका आधारमा दैनिक र संरचनागत, संस्थागतरूपमा भोग्दै आएको नमीठो, अत्यन्तै अमानवीय र अप्राकृतिक अनुभव बुझिन्छ। मानिसले कुनै न कुनै रूपमा होच्याउने, हेप्ने, पाखा लगाउने, टाढा राख्ने चलन त विश्वव्यापी छ। परन्तु मान्छेले मान्छे छुँदा धर्ममा खिया पर्छ वा कुलदेवता रिसाउँछन् वा अशुभ हुन्छ भन्ने विचार र व्यवहार अन्त कतै छैन। यो हाम्रो समाज र सभ्यताको कालो दाग हो, धर्मको धमिरा हो, मानिसलाई पशुतुल्य बनाउने पुरानो प्रपञ्च हो। तर प्रश्न उठ्छ– के छुवाछुतरूपी बाघले दलितलाई मात्र टोक्छ ? के छुवाछुतरूपी बाघले दलितलाई मात्र टोक्छ ? के यो पीडाबाट अरु सबै मुक्त छन् ? यस्ता प्रश्न भने धेरैले सोच्दैनन्। सत्य के हो भने धेरथोर यो जातीय विभेदले अन्य जातिका मानिसलाई पनि धेरै गाह«ो÷सारो पारिराखेको छ। र, कतिपय त देशै छाडेर जाँदा पनि जातको पीडाबाट मुक्ति पाउन सकिरहेका छैनन्। आजको फेसबुक, ट्विटर, इमेल आदिले संसार झनझन नजिक बनाइरहँदा जातिपातिप्रति दुनियाको जुनसुकै कुनामा बसे पनि सचेत हुनुपर्ने, पीडा खप्नुपर्ने भएको छ।
मेरी एक जना मित्र छिन् सानैदेखिकी। उनी अस्ट्रेलियामा अन्य नेपालीभन्दा राम्रो गर्दै सुन्दर भविष्य निर्माणमा निरन्तर लागेकी छिन्। तर उनको भित्री मनमा एक समस्याले पिरोलिरहेको छ उनले रोजेको केटाको जातले गर्दा। प्रेम विवाह भएको धेरै भइसक्यो र दुवैको आम्दानी पनि राम्रो छ। सब उत्तम छ तर राम्रोसँग परम्पराअनुसार विवाह गर्न सकिरहेका छैनन् अझै। पहिला धेरै पीडा र टेन्सन सहनुप¥यो र त्यसले अझै छाडेको छैन। शायद बरु उनले कुनै व्रिmष्टियन वा गोरासँग विवाह गरेको भए यतिविघ्न समस्या भोग्नुपर्ने थिएन। यत्रो लफडा नगर्ने भए बरु उनले आप्mनो मायालाई चटक्कै बिर्सेर कुनै गैरनेपाली बिहे गर्नुपथ्र्यो होला। जातको तगारोले वास्तवमा कतिपय अवस्थामा नेपालीभन्दा विदेशी नजिक र सजिलो बनाइदिएको छ।
हुन त बाहिरबाट हेर्दा उनले जाति धर्म मानेकै हुन्। उनी आफू नेवार हुन् र उनका श्रीमान् पनि नेवार नै। दुवै अति शिक्षित, अति भद्र, अति सुन्दर ! उनीहरूबीचको माया र समर्पण अवर्णनीय छ तर माइतीको कट्टरताले गदा त्यो सुन्दर दाम्पत्य जीवनलाई खल्लो र एक हिसावले निरास बनाइदिएको छ। कारण नेवार समुदायभित्रकै जातीय भ¥याङमा केटाको परिवार धेरै तल पर्छन् रे। एकै जातिभित्र पनि यत्रो विभेद, यत्रो रुढिवाद, यतिविघ्न समस्या ? नेवारलाई एकल जातीय राज्य चाहियो, बाहुन क्षत्रीको चेपुवाबाट मुक्त हुनुप¥यो भनेर कुर्लने नेताहरूको माग अवश्य नाजायज नहोला तर मेरी साथीको जस्तो आन्तरिक समस्यातिर पनि थोरै सोंचविचार गर्नुपर्दैन र ?
मेरो गाउँका एक जना गुरुङ दाइले भारतमा काम गर्न जाँदा एक बंगाली केटी बिहे गरेछन्। आखिरमा उनीहरू गाउँ फर्के। अहिले ती बंगाली गुरुंसेनी बनेकी छन् र गाउँका दलितलाई घरभित्र लान्नन्। शायद उनी आफैं चमार, मुसहर वा त्यस्तै अछुत भनिएका जातिकी पो थिइन् कि ? यो प्रश्न कसैले गर्दैन।
यस्तै समस्या र छुवाछुत मधेसीबीच झन उग्र छ। मधेसी जनताको न्यायका निम्ति लड्नेहरू पुरै गलत छैनन्, उनीहरूमाथि राज्यको लामो शोषण दमन भएकै हो तर स्वयं एक मधेसीले अर्को मधेसीलाई गर्ने व्यवहारको चर्चा ख्वै कहिल्यै कतै सुनेको छैन त। मुसहर, चमार, डोमको पीडा कसले भनिदिने ? तिनको आवाज कहिले उठ्ने ? यसमा यादवजीहरू किन यतिसारो मौन ?
वास्तवमा छुवाछुत केवल दलितको मात्रै समस्या होइन भन्ने कुरा यसरी बुझ्नु जरुरी छ। कतिपय तागाधारी किन अझै गुरुङ मगरले पकाएको खान मान्दैनन् ? अझ किन घले जातिका कतिपय मानिस छोराले जबर्जस्त गुरुङसेनी बिहे ग¥यो भने बुहारीलाई चुलामा लग्दैनन् ? किन बाहुनले क्षत्री प्रेमिका बिहे गर्न अप्ठेरो छ अझै ? किन बाहुनबाहुनबीच तँ ठूलो कि म भन्ने भावना अझै कायमै छ ? किन कतिपय पुनहरू हामी मगर होइनौं भनिरहेका छन् ? हुन त उनीहरूका संस्कार, धर्म, भाषा बेग्लै होलान् र त्यसको आधारमा पहिचान खोज्नु नराम्रो होइन पक्कै। तर कोभन्दा को माथि, को अछुत र को छुत भन्ने कुराले जातिवादको प्रमुखता देखाउँछ, धेरै मानिसको जीवनलाई उजाड बनाउँछ।
छुवाछुतको भूतले यसरी हरेक जातिका बीच, प्रत्येक जातिका बीच यस्ता अनगिन्ति तगारा हालेका छैनन् र ? यसो भनेर दलितबीचको विभेद लुकाउन खोजेको होइन। कामीले आफूलाई दमाइँभन्दा ठूलो ठान्ने, दमाइँले आफूलाई गाइनेभन्दा माथि राख्न खोज्ने चलन अझै व्यापक छ। दलित मुक्तिलाई नै आफ्नो रोजीरोटीको माध्यम बनाउनेहरू पनि यतातिर खासै ध्यान दिन खोज्दैनन् तर कुरो के हो भने दलित एक राजनीतिक शब्द हो, हिजोआज जनजाति शब्द प्रचलित भएजस्तै। दलित भन्ने कुनै खास जातको नाम होइन। यो त समान अनुभव र स्थितिमा हुनेहरूलाई एकजुट बनाउने प्रयत्नमात्र हो अहिलेका जनजातिको जस्तै। तर समस्या के छ भने माथि उल्लेख गरिएजस्तै आफूलाई एकल जाति ठान्नेहरूबीच पनि एकखाले छुवाछुत, जातिवाद कायमै छ।
तसर्थ हामीले जाति विभेदको अन्त र समानताको अधिकारबारे डिस्कोर्स गर्दा अवश्य पनि दलितको मुद्दाले प्राथमिकता पाउने भयो तर यस्ता हतपत चर्चामा नआएका तर मानिसका जीवनमा चोट पु¥याइरहेका विषय पनि बिर्सनुहुन्न। छुवाछुतको मर्कामा पर्ने दलित धेरै छन् तर यो तिनको मात्रै समस्या होइन। माथि उल्लेख गरिएकी मेरी साथीले आफ्नै जातिसँग विवाह गर्दा पनि र विदेशमा राम्रो गरिखाँदा पनि सुख पाएकी छैनन्। त्यो जातिवादको भूतले उनलाई अझै लखेटिरहेको छ, सताइरहेको छ। एक पटक प्राप्त हुने हाम्रो जीवनमा कुनै वैज्ञानिक सत्य नभएको विषयले किन यति धेरै सताउँछ ? त्यसकारण पुरातनपन्थीबाहेक हामी सबै मिलेर यो जातिभेदरूपी भूतलाई सदाका निम्ति डाँडा कटाउने प्रयत्नमा लाग्नुपर्छ। यो अविवेकी, अप्राकृतिक, अन्यायपूर्ण विचार र व्यवहारलाई धुलो चटाउनुपर्छ नत्र युगौंसम्म हाम्रो समाज र सभ्यता उभो लाग्ने छैन।
-नागरिक बाट
No comments:
Post a Comment