युएईमा चलचित्र ‘बाटो मुनीको फूल २’ प्रदर्शन हुने

युएई, जेठ १८,विभेद बिरुद्ध अभियान । । – नेपाली चलचित्र बाटो मुनीको फूल २ चलचित्रको विशेष प्रदर्शनी तथा नेपाली सांगितीक जगतका चर्चित गायक यश कुमारको एकल गायन कार्यक्रम आगामी जुन ३ तारिक दुबाईको इन्पिरियल होटलमा हुने भएको छ |
चलचित्रकी नायिका आशिश्मा नर्कमीको समेत विशेष प्रस्तुति रहने कार्यक्रमको सजिकरण अन्तर्राष्ट्रिय कलाकार समाज युएई , बिश्वकर्मा समाज युएई, हेल्प राइज फोरम युएई,दलित एकता सन्जाल  युएईले सयुक्त रुपमा गरेका छन् |
जागरण मिडिया सेन्टरले तयार गरेकी चलचित्र जातिगत बिभेदलाई मुख्य बिषय बनाएर प्रस्तुत गरिएको छ | राजधानी र मोफसलको हलहरुमा सफल प्रदशनी भए पछी फिल्म बाटो मुनिको फुल–२ नेपालमा सफल प्रदशनी पछि विदेशमा रहेका नेपालीहरुमाझ पहिलोपटक युएईमा प्रदशनी गर्न लागिएको चलचित्र युनिटले जनाएको छ |
नेपाली समाजमा विद्यमान जातीय विभेदलाई फिल्मको मुख्य विषय बनाइएको निर्माता तथा नयाक यश कुमारले जातीय छुवाछूतको चपेटामा परेका कथित दलित जातिको कथा फिल्मले बाटोमुनिको फूलको सिक्वेल निर्माण गरेको बातएका छन |नेपालको शिक्षित जिल्ला मानिने झापामा जिल्लामा हुने जातीय छुवाछुतको बिषयमा चलचित्र बनेको निर्देशक सुवर्ण थापाले जनाए | झापामै ९० प्रतिशतभन्दा बढी छायांकन गरिएको जानकारी चलचित्र युनिटले जनाएको छ |
प्रेम, रोमान्सका सांगीतिक मनोरञ्जनका सम्पूर्ण मसला प्रयोग गरिएको फिल्ममा यश कुमार र बाबु बोगटी अलवा दिलीप रायमाझी पनि नायकको भूमिकामा देखिनेछन् । ऋचा शर्मा, रिमा विश्वकर्मा र अशिष्मा नकर्मी नायिका छन भने अर्पण थापा खलपात्र छन । भेट्रान अभिनेताहरू टीका पहाडी, गणेश उप्रेती तथा अभिनेत्री शुभद्रा अधिकारीको अभिनयल गरेका छन् ।
आयोजकले सांगीतिक, मनोरन्जनात्मक सामाजिक सचेतनामुलक चलचित्र हेरी नेपाली चलचित्र जगतलाई अन्तराष्ट्रिय क्षेत्रमा प्रबर्धन गर्दै समाज ब्याप्त कुरीतिविरूदको अभियानलाई सहयोग गर्न सम्पूर्ण सामाजिक संघसंस्था , समाजसेवी , संचारकर्मी एबम युएईवासी नेपालीहरुलाई अनुरोध गरेका छन् ।

No comments:

Post a Comment