विभेद हटाउन नयाँ कक्षा गीतको अभ्यास गराउँदै

धरान, विभेद विरुद्ध अभियान , जेष्ठ -९÷श्री दीपेन्द्र स्मृति प्राथमिक विद्यालय धरान–१७ फोक्लेनमा सबैखाले विभेद हटाउन विद्यार्थीहरुमा छाप पार्ने उद्देश्यले नयाँ कक्षा गीतको अभ्यास गराउँदै आएको प्रधानाध्यापक पर्वत सञ्जेलले जानकारी दिएको खवर  महाप्रतिवाद मा प्रकासित छ  । 
 धरान–१७ का रमेशचन्द्र खड्काले रचना गरेको सो कक्षा गीतले बालबालिकामा जातीय, आर्थिक, धार्मिक जस्ता विभेदको अन्त गर्न छाप पर्ने भएकाले प्रार्थनाको समय पछि कक्षा कोठामा प्रवेश गरी शिक्षकहरुको सहयोगमा बालबालिकालाई गाउन लगाइएको प्रअ सञ्जेलले बताए । कक्षामा सबै साथीहरु मिलेर सो गीत गाउँदा रमाइलो भएको कक्षा–५ मा अध्ययनरत विद्यार्थी लक्ष्मण विश्वकर्माले बताए ।
 रचनाकार खड्का हाल इजरायलमा रहेको र उनले बारम्बार सो गीतलाई बालबालिकाबीच गाउन लगाए अनुसार आफुहरुले अभ्यास गराउँद निकै राम्रो लागेको प्रअ सञ्जेलको भनाई छ । उक्त कक्षा गीत यस्तो रहेको छ–

को ठूलो भा’छ जातले देखाइदेउ त हातले
भेदभाव गर्नुहुँदैन मान्छेलाई जातले
के गर्नुहुन्छ के गर्नुहुन्न अब बुझ्नु पर्छ 
गरिबी हो गरिबको दुःख भन्ने सोच्नुपर्छ 
सबै धर्म समान छन् ठुलो सानो हुँदैन 
कर्म गर्ने मान्छेले दुःख भोग्नु पर्दैन ।

No comments:

Post a Comment