बजेटमा दलित समुदायको लागि केके कुरा समेटिए

जेष्ठ १५,विभेद बिरुद्ध अभियान- सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ का लागि कुल रु १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार बजेट विनियोजन गरेको छ ।व्यवस्थापिका–सांसदको आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडलेले कुल विनियोजनमध्ये चालुतर्फ रु छ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार अर्थात् ५८.९ प्रतिशत र पुँजीगततर्फ रु तीन खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार अर्थात् २९.७ प्रतिशत विनियोजन गरेको बताए ।
नेपालको संविधानअनुसार आर्थिक वर्ष सुरु हुनुभन्दा डेढ महिना अगाडि प्रस्तुत गरिएको यस बजेटमा वित्तीय व्यवस्थातर्फ रु एक खर्ब १९ अर्ब ८१ करोड नौ लाख अर्थात् ११.४ प्रतिशत विनियोजन गरिएको छ ।यो खर्च अनुमान चालु आर्थिक वर्ष २०७२/७३ को विनियोजनको तुलनामा २८ प्रतिशत र संशोधित अनुमानको तुलनामा ४९.६ प्रतिशतले बढी हो ।
यहा किलिक गरि बिस्तृतमा पढ्नुहोस् बजेटः आर्थिक वर्ष ०७३/०७४ का लागि बजेट भाषण
बजेटका विशेषताहरुः
  • कर्मचारीको तलवमा २५ प्रतिशतले वृद्धि
  • आयकर छुटको दायरा बढाइयो । व्यक्तिका लागि ३ लाख ५० हजार र दम्पत्तिका लागि ४ लाख वाषिर्क आम्दानीमा कर नलाग्ने ।
  • सामाजिक सुरक्षा भत्ता दोब्बरले वृद्धि
  • आफ्नै गाउँ आफै बनाउँ कार्यक्रमको बजेटपनि दोब्बरले वृद्धि
  • निर्वाचन क्षेत्र विकास कोषको रकम ३ करोड पुर्‍याइयो ।
  • संसदीय विकास कोषको बजेट ५० लाख ।
  • पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था ।
  • रेल मार्ग र काठमाडौंमा मेट्रो रेलको अध्ययन गरिने
  • पानी जाहाज सञ्चालनको अध्ययन गरिने ।
  • शैक्षिक प्रमाणपत्रका आधारमा ऋण ।
  • प्रत्येक प्रदेशमा एक मेडिकल कलेजको अवधारणा ।
  • पेट्रोलियम पदार्थमा ५ प्रतिशत पूर्वाधार कर ।
  • पुनःनिर्माणमा एक खर्ब ४० अर्ब    ।
  • तरार्इका प्रत्येक सदरमुकामको विकासमा ५० करोड ।
थप विशेषता
  • आगामी वर्ष ६.५ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य ।
  • क्यान्सर, मुटु र मृगौलाका उपकरण आयातमा मूल्य अभिवृद्धिकरमा सबै छुट , भन्सार १ प्रतिशत मात्र।
  • अखबारी कागजमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
  • कृषि, सिंचाइका लागि आवश्यक उपकरणमा १ प्रतिशत मात्रै भन्सार लाग्ने ।
  • बन्द, हडताल गर्ने, आयोजनाको काममा अवरोध गर्नेलाई क्षतिपूर्ति भराइने ।
  • काठमाडौंमा निर्माण हुने घरमा अनिवार्य सोलार जोड्नु पर्ने ।
  • गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तरता ।
  • नगरपालिकालाई दिइने अनुदान पनि दोब्बर ।
  • २०७३ लाई आन्तरिक भ्रमण वर्षको रुपमा मनाइने
  • सबै नेपालीको बैंक खाता ।
  • तीन वर्षभित्र सबै नेपालीको स्वास्थ्य विमा गरिने ।
  • एक प्रदेश एक औधौगिक क्षेत्र स्थापना गरिने ।
  • आगामी ५ वर्षभित्र सम्पूर्ण कृषियोग्य भूमीमा सिंचाइ पुर्‍याइने
  • हुलाकी सडकको पहिलो चरण तीन वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य ।
व्यवस्थापिका–संसद्मा आज प्रस्तुत भएको आगामी आर्थिक वर्ष २०७३÷७४ को अनुमानित आय व्ययको विवरण बजेटमा दलित समुदायको लागि भने तपशिल कुराहरु समेटिएको छ 
क) दलित समुदायको परम्परागत सीप र पेशालाई आधुनीकिकरण एवं प्रवद्र्धन गर्न भगत सर्वजीत शिल्प उत्थान तथा विकास केन्द्र स्थापना गर्न वजेटको व्यवस्था । 
ख) प्रधानमन्त्रीको नेतृत्वमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन कार्यान्व्यन उच्चस्तरीय समिति गठन गरिने र प्रत्येक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाइने ।
ग)  दलित तथा लोपोन्मुख समुदायका कक्षा १० मा अध्ययनरत छात्राहरुको लागि सौर्य उर्जामा आधारित २५ हजार सौर्य टुकी उपलव्ध गराइने ।
घ) वादी, हलिया, गन्धर्व, मुसहर, डोम, चमार लगायत अति सीमान्तकृत समुहका वालवालिकाहरुलाई विद्यालय छनौट गरी पढ्न पाउने अवसर उपलब्ध गराउन भौचरमा आधारित अध्ययन अनुदानको व्यवस्था मिलाइने । 
ङ) जातीय भेदभाव तथा छुवाछुत सम्वन्धी कसुर न्यूनीकरण सम्वन्धी कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने । 
च) पिछडिएको वर्ग तथा दलितहरुको परम्परागत पेशालाई व्यावसायिक सहकारीमा संगठित गरी आधुनिक व्यावसायमा रुपान्त्रण तथा प्रवद्र्धन गर्न सहकारीमार्फत प्रोत्साहित गरिने ।
छ) दलित तथा लोपोन्मुख समुदायका वालवालिकाहरुलाई सवै विषयमा उच्च शिक्षा निःशुल्क हुने व्यवस्था मिलाइने र यस प्रयोजनका लागि उत्प्रेरणा छात्रवृति कार्यक्रम सञ्चालन गरिने । 
ज)  जनता आवास कार्यक्रमलाई निरन्तरता दिइने ।
झ) विजेश्वरीस्थित सहर्ष कपाली छात्रावासलाई स्तरोन्नती गरी सुविधा सम्पन्न वनाइनेछ । 

No comments:

Post a Comment