मन्दिरमा दलितलाइ विभेद गरेको आरोपमा पुजारी गिरफ्तार


कास्की । ०७३ जेठ १६ गते,विभेद बिरुद्ध अभियान-  कास्कीको भदौरे तामागो गाविस-१ स्थित भदौरे देउराली माई मन्दिरमा जेठ ८ गते चण्डी पुर्णिमाको दिन दलितहरूलाई विभेद गरेको आरोपमा प्रहरीले पुजारी ७८ वर्षीय देविप्रसाद पौडेललाई जेठ १६ गते गिरफ्तार गरेको छ ।
 जेठ ८ गते स्थानीय देउराली माईको मन्दिरमा पुजा गर्न भाकल समेत लिई गएका दलितहरूलाई विभेद गरी टिका नलगाइदिएको र टिका माग्दा पनि टिका नदिई जातीय विभेद गरेको भन्दै पीडितहरूले जेठ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
 पीडितहरुको उजुरीको आधारमा आरोपित पुजारी पौडेललाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment