जातीय बिभेदलाई मध्यनजर गर्दै फिल्म ‘दर्पण छाया २’ बनाउने

जेष्ठ १५,विभेद बिरुद्ध अभियान- जातीय बिभेदलाई मध्यनजर गर्दै फिल्म ‘दर्पण छाया २’मा कलाकारहरुको काष्टिङबाट थर हटाईने भएकोछ । ‘दर्पण छाया २’ फिल्मका निर्माता तथा निर्देशक तुलसि घिमीरेले उक्त बिभेदलाई हटाउन पहल गर्न लागेका हुन् । जानकारीमा आए अनुसार निर्माता तथा निर्देशक घिमीरेले यसरी थर हटाउँदा यस कुरालाई लियर अन्य फिल्महरुले पनि सकारातमक ढंगले लिने बताएका छन् ।

निर्माण हुन लागेको फिल्म ‘दर्पण छाया २’को लीड नायिका नामसारा रहेकी निर्माता तथा निर्देशक घिमीरेले बताएका छन् । तर उनले थर भने भन्न चाहेनन् । उनले भनेका छन् “यसलाई सुरुवात मान्नुस,अन्य कलाकारहरुको नाम मा पनि थर हुदैन ।”

उक्त फिल्मको लागी उत्तम प्रधान र पुष्प खड्का लीड अभिनेता रहेका छन् । तर अहिले सम्म दीलीप राय माझिको भने अनुबन्ध पुष्टि गरीएको छैन । हाल निर्माता तथा निर्देशक घिमीरे भने उक्त फिल्मकै शीलसिलामा भारतमा रहेका छन् । फिल्मलाई अमेरीका र नेपाल दुबै देशमा सुटिङ गरीने भएको छ । साथै फिल्मको सुटिङको तयारी पनि अन्तिम चरणमा पुगेको छ ।

No comments:

Post a Comment