डोल्पाली दलित समुदायका विद्यार्थी गरिबीको कारण पढ्न पाउँदैनन्

डोल्पा , बैशाख २३,विभेद बिरुद्ध अभियान–नियमित बिद्यालय पुगेर शिक्षा आर्जन गर्ने चाहना सबैको हुन्छ । तर डोल्पाली दलित समुदायका बिद्यार्थीकालागि नियमित बिद्यालय गएरपढ्न पाउनु सहज छैन । उनीहरुलाई हप्तामा तिनदिन पढ्नलाई तिनदिन मजदुरी गर्नु पर्दछ ।

उनिहरुको पढ्ने चाहाना मनमै कुन्ठित भएको छ,गरिबी उनिहरुकालागि बिद्यालय जान नपाउनुको बाधक बनेको छ ।शैक्षिक सामाग्रि किन्नलाई मात्र नभई खाद्यान्नको जोहोगर्न समेत दलित बिद्यार्थी पढाई छाड्ने गर्दछन् ।
दलित समुदायका बिद्यार्थीहरु पढाईलाई भन्दा मजदुरीलाई धेरै प्रथामिकता दिनु उनिहरुको बाध्यता भएको दलित अगुवाहरु बताउँछन् ।
उनिहलाई घरमा एक छाकटार्नको लागि बाबु आमासंगै आफुसक्दो श्रमगर्नुपर्ने बाध्यता छ स्थानिय राजिमान सार्कीले बताए ।
पाँचबर्षको कलिलो उमेर देखि मृत्यु पर्यन्त शारिरीक श्रम नगरि उनिहरुको मुखमा माड लाग्दैन उनले बताए ।गरिबीकै कारण अधिकासं दलित बिद्यार्थीहरु पढ्न नपाएको उनले बताए ।
त्रिपुराकोट वडानं १ का दलित समुदायका बालबालिकाको पिडापनि यस्तै छ ।
यसै समुदायका जय बहादुर सार्किको पिडापनि दर्दनाक छ,१२ बर्षिया उनि त्रिपुरा माध्यमिक बिद्यालयमा कक्षा ७ मा अध्यनन् गर्दछन् ।गरिबीको कारण नियमित बिद्यालय जाँदैनन् ।हप्तामा मुश्किलले तिन दिन पढ्न आउने गरेको शिक्षक लोकेश खत्रीले बताए ।
बिद्यालयमा जय बहादुरको अनुपस्थितिबड्दै गएपछि उनि गएलहुनुको कारण सोध्न मनलाग्यो शिक्षक खत्रीलाई, उनले कक्षामा सोधँे बाबु तिमि किन बिद्यालय आँउदैनौ जफाव आएन् फेरीपनि त्यहि प्रश्नगरे उनले रुँदै ढुङ्गा फुटाउन गएको बताए मैले यति सानो उमेरमा तिमिले यस्तो गाह्रो कामगर्न सक्छौ भनेर सोधे उनिबाट घरमा किताब कापि किन्ने पैसाहुँदैन बुवा आमाको रोजगार छैन्,परिवार नौ जनाको छ पढाईमा खर्चगर्ने पैसा कहाँबाट पाउनु साथसाथै बिहान बेलुकि छाकटार्नकोलागि प्रत्येक दिन श्रम गर्नुपर्दछ त्यसैले पढाई खर्च जुटाउन तथा पेट पाल्न कोलागि पढाई छाडेर जस्तोसुकै गाह्रो कामपनि गर्न तयार हुनुपर्दछ भन्ने जफाव दिएको खत्रीले बताए ।

घरकालाई थाहँै नदिई मजदुरी गर्न जाने गरेको बुवा हरीलाल सार्कीले बताए । ‘नौ जनाको परिवार छ जग्गापनि छैन् खानपुग्दैन् विहान बेलुकी छार्कटार्न रातदिन अर्काको कामगर्नु पर्दछ’, उनले भने ‘एक रुपैयाँ पनि आम्दानीको स्रोत नभएकाले जान्दाजान्दैपनि बालबच्चाई मजुरीगर्न जानबाट रोक्न सक्दिन ।’
‘परिवार पाल्न गाह्रो परेको बेला चाहेरपनि छोरा छोरीलाई पढाउन सकिँदैन’ उनले भने, ‘बालबच्चा पढाउन तथा आय आर्जकोलागि सरकारले केहि अवसर मिलाई दिए हुन्थ्यो ।’
त्यस्तै त्रिपुराकोटको दलित बस्तीमा बस्ने बुद्धिसार्कीको पिडापनि उस्तै छ,बिद्यालयमा उनको उपस्थितपनि न्युन छ,उनिपनि बिद्यालयजाने समयमा अभिभाबसंगै काममा निस्कन्छन् ।
उनका कलिला हातपाखुरापनि फलाम र बगरको ढुङ्गासंगै खेल्नबाध्यछन्,पढाईखर्च जुटाउन श्रमगर्नुपर्ने बाध्यता छ उनिलाई ।
अधिकासं दलित समुदायका बालबालिकाहरु पढाईखर्च उठाउन नभई दैनिक छाकटार्नकोलागि क्षमता बिपरित श्रमगर्ने गरेको देखिन्छ ।
शिक्षाको आर्जनगरेर भविश्य उज्यालो बनाउने उमेरमा पेटभर्नकैलागि मजदुरिगर्र्नु उनिहरुको नियतिनै बनिसकेको छ ।

अर्कि जुनकुमारी सार्कीको अवस्थापनि उस्तै हो । उनि कक्षा दशमा पढ्छिन । नौ कक्षा पढ्दापढ्दै घरपरिवारले बिहेगरि दिए, विहे भएको केहि महिनाम अनेक यातनादिन थाले केटा पक्षका घरपरिवारले सहन नसकि फेरी बुवा आमाकहाँ फर्केर आए ।
अहिले पढाई खर्च जुटाउ बिहान बेलुकि गृहकार्यगर्ने समयमा ढुङ्गा ओसार्ने देखि दाउरा आसार्नेसम्म काम गर्नेगरेको उनले बताईन् ।

परिवारमा कसैको आम्दिानिको स्रोत नभएकाले घरखर्च उठाउन समेत कहिलेकाँही बिद्यालय छाडेर कामगर्नु पर्दछ उनले थपिन् ।

डोल्पाको दलित समुदायमा बुद्धि सार्की जस्तै पढाई छाडेर मजदुरीगर्ने बालबालिकाहरु धेरै सङख्यामा रहेकाछन ।
आर्थिक विपन्नताका कारण कतिपय बालबालिका शिक्षाको अवसरबाट बन्चित छन भने कतिपय कलिलै उमेरमा बिहेगरेर बाबुआमा बनिसकेका छन् ।
गरिबीले सार्बजानिक बिद्यालयबाट पाउने शिक्षाको खर्चपनि जुटाउन सक्दैनौ निजि बिद्यालयमा पढाउनु हामिहरुकालागि असम्भब कुरा हो स्थानिय बम बहादुर सार्कीले बताए ।
बिद्यालयमा पोसाकविना शिक्षकले नआउन भनेपछि रकम अभाबमा सिलाउन नसकेपछि दुईछोरी जान नमानेपछि एकहप्ता अर्काको गाह्रो लगाएर पोसाक सिलाई बिद्यालय पठाएको स्थानिय हिरबहादुर सार्कीले बताए ।

पोषणयुक्त खानाको अभाबमा धेरै दलित समुदायका बालबच्चाहरु कुपोषणको सिकार हुने गरेकाछन् भने शारीरीक तथा मानसिक बिकासपनि राम्रोसंग हुन सकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
दलित बालबालिकाहरु पेटभोरी खान पाउनुनै उनकालागि महत्वपुर्ण कुरा भएको अभिभाबक गोरे सार्कीले बताए ।
डोल्पाका दलित बिद्यार्थीहरुलाई बालश्रमको मतलव छैन्,उनिहरु कलिलै उमेर देखिनै श्रममा लाग्नुपर्ने बाध्यता छ,पेटभर्नकोलागि जस्तोसुकै कठिनकामपनि गर्न तयार हुनेगर्दछन् उनिहरु । डोल्पामा पाँच हजारको सङ्ख्यामा दलित समुदायहरु रहेकाछन् ।
पढ्ने चाहाना भएरपनि गरिबीले गर्दा पढ्न पाईन् सानैमा बिहे भयो,बाल बच्चापनि धेरै भए स्थानिय तुलसि सार्कि ले बताईन त्यस्तै पढ्ने चाहाना हँुदाहुँदैपनि घरकाले पन्ध बर्षमै बिहे गराई दिएको स्थानिय नन्द कुमारी सार्कीले बताएको रातो पाटीमा खबर छ  ।

No comments:

Post a Comment