प्रेम सुनार, गुल्मी २०७३ जेठ २,विभेद बिरुद्ध अभियान । भारततिर गएर दुईचार वर्षपछि फर्केका नेपालीहरुले–‘ कोदो साला टुप्पामा फल्छ कि फेंदमा ? भनेर सोध्छन भनेर बुढापाकाहरुले ठट्टा गर्ने गरेको सुनिन्थ्यो । तर ५० वर्ष पछि घर फर्केका गुल्मीका एक व्याक्तिले आफु जन्मे हुर्केको गाउँको नाम समेत सोध्नु परेको खबर धौलाश्री मा प्रकासित छ ।
हस्तीचौर–२ का ६५ वर्षिय मानबहादुर बिश्वकर्मा भारतमा मजदुरी गर्न हिडेको ५० वर्षपछि घर फर्किदा गाउँ नै नचिनेर फसादमा परेपछि दिल्लीमा रहेका भतिजाहरुले सोधखोज गरी उनैको साथ लागेर घर फर्केका हुन्् ।
‘ त्यस्तै १३÷ १४ वर्षको उमेरमा भारतको सिलोङ्ग हिडेको हुँ, तिन वर्ष अघि मामा घर गुल्मीकै ईस्मा आएर फर्के ’– बिश्वकर्माले भने –‘तर अहिले भतिजो वावुरामको साथ लागेर घर आएको हुँ । ’
उनले थपे –‘आफ्नो गाउँ हर्पुकोट भन्ने कुरा विर्सेको थिएन तर हस्तीचौर गाविस भन्ने थाहा थिएन अहिले त धेरै बदलिए छ , हर्पुकोट गाउँ समेत यहि आएर मात्र चिने नत्र पारीबाट ठम्याउन मुस्कील हुन्थ्यो । ’
घर आउँदा सवभन्दा जेठो दाई जगतबहालुरलाई समेत नचिनेर दाईले –‘म तेरो ठुल्दाई हुँ ’ भनेर चिनाए पछि मात्र ढोग गरेको हुँ ।’ माईलो दाई, भाउजु र परिवारका अन्य सदस्यहरुलाई त झन चिन्ने कुरै भएन’ –उनले भने ।
आमाको मृत्यु पछि उनको दुध खान नपाई १४ वर्षको उमेरमा भारततिर हिडेका उनले वुवा गुनबहादुरलाई त हल्लका जानेको बताउँदै भने–‘ वावुको काज किरिया उहाँको मृत्युको झण्डै २० वर्ष पछि आएर गरें । ’ दाजु जगतबहादुर भन्छन्–‘ उसलाई त हामी जिवित छैन भन्ने ठानेर बसेका थियौ तर विर्सेको पालीमा घर आउँदा अचम्वित र हर्षित छौं । ’
उनी जिवित नरहेकै अनुमान गरी उनि सहित तिन भाईलाई लगाउनु पर्ने अंश समेत दुई भाईले मात्र लगाएका थिए । तर उनि आए पछि अहिले उनलाई अंश समेत छुट्टाईएको छ ।
भारतको सिलोङ्गमा खसिया भन्ने स्थानियको गाई चराउने काममा लागेका उनले वैस–उमेर छउञ्जले माहिनाको चारपाँच हजार कमाए पनि यो बुढेसकालमा उपचार खर्च समेत भतिजाहरुको आश गर्नु पर्ने अवस्था आएको बताए ।
६५ वर्षको उमेर सम्म विवाह नगरेको बताउने उनि दाजुहरुका छोरा छोरी नै आफ्नो ठानेर वस्छु भन्छन् । ‘उति वेलै देखि घर आउने जाने गरेको भए विवाह हुन्थ्यो । घर सम्पत्ती जोडिन्थ्यो’– उनले भने–‘ बैंश–उमेर छउञ्जेल घरको यादै आएन त्यसैले अहिले बुढेशकालमा भाई भतिजाको आश गर्ने भईयो ।
No comments:
Post a Comment