परियार सेवा समाजको राष्ट्रिय सम्मेलन आज देखि बुटवलमा सुरु

२८ वैशाख, विभेद विरुद्ध अभियान । बुटवल/ परियार सेवा समाजको तेस्रो राष्ट्रिय सम्मेलन सोमबारदेखि बुटवलमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै सामान्य प्रसाशनमन्त्री रेखा शर्माले छुवाछुतमुक्त राष्ट्रमा छुवाछुतका घटना पटक–पटक दोहोरिनु बिडम्बना भएको बताइन् । मन्त्री शर्माले अब छुवाछुत गर्नेलाई कुनै पनि हालतमा छाड्न नहुने बताइन् । उनले छुवाछुतजन्य व्यवहार अन्त्य गर्नका लागि सरकारले समेत कडा रूपमा अभियान सञ्चालन गर्ने बताइन् । 
सिंगो दलित समुदायलाई आन्दोलनमा गहनाका रूपमा मात्रै प्रयोग गर्ने काम भएको भन्दै शर्माले अधिकार प्राप्त नभएकाले दलित समुदाय पनि सचेत हुने वेला आएको शर्माले बताइन् ।
दलित समुदायले आफ्नो अधिकारको ग्यारेन्टी नगर्नेलाई बहिष्कार गर्न सक्नुपर्ने उनको भनाइ छ । राजनैतिक रूपमा सचेत हुँदा पनि जातीय छुवाछुत हट्न नसकेकाले अब बहस थाल्नुपर्ने वेला आएको मन्त्री शर्माले बताइन् । सांस्कृतिक रूपमा धनी दलित समुदायलाई गरिएको विभेद अत्यन्तै पीडादायक रहेकाले अब यसको अन्त्य हुनैपर्ने उनको भनाइ छ । सम्मेलन उद्घाटन सत्रमा पूर्वमन्त्री प्रकाश चित्रकार, हरिशंकर परियार, ऋषिबाबु परियार, डिबी परियार, पूर्व सभासद विनोद पहाडी, राष्ट्रिय दलित आयोगका अध्यक्ष मीनबहादुर नेपालीले बोल्दै सीप र कलाका धनी परियारको सामूहिक विकासका लागि नयाँ रूपमा संगठित हुने वेला आएको बताए ।
सम्मेलन २९ वैशाखसम्म चल्नेछ । २०५२ सालमा स्थापना भएको परियार सेवा समाज विभिन्न कारणले ब्यवस्थित हुन नसकेको भनदै अब संगठित हुदै परियारको सामुहिक विकासका लागि एकताको सम्मेलन गरिएको आयोजक समितिका संयोजक बलबहादुर सुन्दासले बताउनुभयो । सम्मेलनको आवश्यक सम्मपुर्ण तयारी पुरा भएको प्रचार प्रसार उपसमितिका संयोजक एवम केन्दीय सदस्य संरोज  गौत्तमले बताउनु भयो ।  अब केही समय पंञ्चे बाजागाजा सहित ÷याली निकालिने छ । कार्यक्रम रुपन्दहेी ब्यापार संघको सभाहलमा हुदैछ भने कार्यक्रमको प्रत्यक्ष प्रसारण रेडियो जागरण बुटवल बाट हुदैछ ।   
सम्मेलनमा ५० जिल्लाका करिब ६ सय प्रतिनिधिको सहभागिता रहेको आयोजक संस्थाले जनाएको छ । सम्मेलन उद्घाटनअघि पञ्चेबाजासहितको र्‍याली निकालिएको थियो । बुटवलको पुष्पलालपार्कबाट सुरु भएको र्‍याली बुटवल बजार परिक्रमा गरी रूपन्देही व्यापार संघको हलमा आएर सकिएको थियो ।


No comments:

Post a Comment