यो समाजले फेरि अर्को जीवन विकहरु नजन्माओस :- भीम रसाइली

२०७३ जेठ ५, विभेद बिरुद्ध अभियान  ।
जातीय विभेद र छुवाछूतकै कारण पछिल्लो समय दलित युवा र किशोरहरुमा हीनताबोध, निराशा, बदलाको भावना र अपराध बढ्दो छ। अझ शिक्षित र पढेलेखेका युवाहरुमा झन् यी समस्या धेरै देखिन्छन्, जुन दुखद छ। दलित भएकै आधारमा दलित युवा र किशोरहरुमा देखिने हीनताबोध र निराशा सिङ्गो समाज र मुलुककै लागि दुर्भाग्य र हानिकारक  छ ।
दलित अधिकारकर्मीहरुको यसतर्फ न त, ध्यान पुग्न सकेको छ नत राजनैनिक दल र सरकारको नै । आफु दलित भएकै कारण पाएको अपमान र तिरस्कारको बदला त राजैतिक बिद्रोह वा क्रान्तिमा परिणत हुनुपरथ्यो तर दुखद कुरा त के छ भने अाफ्नो अपमानलाई युवाहरुले अपराधिक बदला र अात्महत्या गर्दैछन् ,जुन खतरनाक चुनाैतीको रुपमा देखिदै छ। शुरुमा सङ्गै जिउने सङ्गै मर्ने कसम खाएर लाएको पिरती जातकै कारण कुठाराघात भएपछि जीवन विकले अाफ्नी प्रेमिका सङ्गिता मगरमाथि एसिड प्रहार गरे। स्नातक सम्मको अध्ययन गरेका विकलाई जातिय विभेदले यो हदसम्मको संघिन अपराधी बनायो। उनको अपराध जति क्रूर र अक्षम्य छ त्यसको कारण भने हिर्दयविदारक र कारुणिक छ। सानो जात भनेरै अाफ्नो चोखो प्रेम को अवमूल्यन भएपछि उनमा उत्पन्न हीनताबोध र बदलाको भावनाले अपराधी बनायो।
अाफ्नो अपमानलाई युवाहरुले अपराधिक बदला र अात्महत्या गर्दैछन् ,जुन खतरनाक चुनाैतीको रुपमा देखिदै छ।
यस्तै केही महिना अघि मात्रै इटहरी सुनसरीका १७ वर्षिय किशोर बुधराज गहतराजले सानो जातको भनेर समाजमा अपमानित भएपछि अात्महत्या गरे।अाफू काम गर्ने एक उधोगमा गरिने हेय र तिरस्कारको व्यहवारले निराश भएर अात्महत्याको बाटो रोज्नु परेको अाफ्नो सुसाईट नोटमा उल्लेख गरेका छन्। यी त प्रतिनिधि पात्र हुन्,नदेखिएको र थाहा नपाईएको यस्ता कयौं दुस्साहस र दुखद घटनाहरू घटे होलान्,घटिरहेका होलान्।भारतमा समेत विधावारिधीका एक होनाहार दलित छात्र रोहित वेमुलाले गएको जनवरीमा दलित हुनुकै पीडाले अात्महत्या गरे।उनले त झन् दलित भएर जन्मनु अाफ्नो जिवनकै अभिसाप र दुर्घटना भन्दै सुसाईट नोट लेखे।उनको अात्महत्या पछि उनको परिवारले हिन्दु धर्म त्यागे।यसरी एकपछि अर्को त्यो पनि पढेलेखेका दलित युवाहरुमा बढ्दो अपराध सिङ्गो समाज र मुलुकका लागि डरलाग्दो लक्षण हो।देख्दा र सुन्दा यी घटना जति सामन्य छन् यसको वास्तविकता भने गम्भीर छ।यो अध्ययनको विषय बन्नु पर्थ्यो,दलित अधिकारकर्मीहरुको मुद्दा बन्नु पर्थ्यो तर हुन नसक्नु यसको अर्को दुखद पाटो हो ।
जीवन भरि मेहनत गरेर पढेको सर्टिफिकेट सम्मको अपमान भएपछि युवाहरुमा कस्तो प्रभाव पर्ला ? धारामा पानी लिन जादाँ कथित उपल्लो जातिबाट अाफ्नी जन्मदने अामामाथि कुटपिट हुदाँ त्यो अबोध बालकमा कस्तो मानसिक असर पर्ला? युवाहरुको यो शोकलाइ शक्तिमा बदल्न जरुरी छ।
अन्तरजातीय प्रेम र विवाह गर्ने जोडीहरुको कथा त झन दर्दनाक छ।यी जोडिहरुमाथि कुटपिट,गाउँनिकाला र हत्या समेत भएका छन्।जोडि नभेटे उसको परिवारमाथि नै अाक्रमण र कुटपिट भएका समाचार सधै अाईरहेकै छन्।कतिपय जोडिले त अाफ्नो प्रेम समाज र परिवारले अस्विकार गरेपछि सामुहिक अात्महत्या गरेका छन्।दलित भएकै कारण कतिपय जागिरमा नियुक्ति हुदैनन्। जीवन भरि मेहनत गरेर पढेको सर्टिफिकेट सम्मको अपमान भएपछि युवाहरुमा कस्तो प्रभाव पर्ला ? धारामा पानी लिन जादाँ कथित उपल्लो जातिबाट अाफ्नी जन्मदने अामामाथि कुटपिट हुदाँ त्यो अबोध बालकमा कस्तो मानसिक असर पर्ला? युवाहरुको यो शोकलाइ शक्तिमा बदल्न जरुरी छ।अाफूले पाएको अपमानलाई सिङ्गो दलित समुदायको सम्मानमा बदल्न अावश्यक छ।अाफूमाथि भएको विभेदलाई कानुनी तहबाट न्याय खोज्नु पर्छ अपराधिक बाटोबाट हैन्।दलित अधिकारकर्मी र सचेत समाजले यी विषयमा अावश्यक मानविय कदम नचलाए स्थिति अरु भयावह हुने निश्चित छ।युवाहरुमा दलितको परिभाषा र जिम्मेवारी बुझाउन सबै एक हुनुपर्छ।  पुरना साचे बोक्ने दलित नेताहरुबाट धेरै आशा गर्न सकिदैनन ,अब । हिजोको गल्ती कमजोरीलाई सच्चाउदै ,  पढेलेखेका दलितहरु युवाहरु दलित मुद्दामा अब केन्द्रित हुनुपर्छ । नत्र हिजोको पुस्ताले जस्तै आजको पुस्ताले पनि दलितमाथिको थिचोमिचो सहारै बस्नुपर्न बाध्यता सिर्जना हुन सक्छ । अब दलित युवाहरु दलित आन्दोलनमा सचेत हुनु आवश्यकता छ ।
अत:युवा र किशोरहरुमा देखिएको यस्तो हीनताबोध र निराशा चिर्नु सबैको दायित्व हो,यो दायित्वबाट कोही उम्कन मिल्दैन।उनिहरुमा ढाडस र हाैसला दिनु अाजको अावश्यकता हो।यो समाजले फेरि अर्को जीवन विकहरु पैदा नगरोस्,बुधराज र रोहितहरुले अात्महत्या गर्नु नपरोस्।
रसाइली हाल साउदीमा हुनुहुन्छ//दलित इन्फो बाट

No comments:

Post a Comment