दलित समाज सेवा क्लबले उदाहरणीय कामको थालनी गर्यो

चितवन, बैशाख २० , विभेद बिरुद्ध अभियान -  हाम्रा समाजहरुमा समाजै पिच्छे क्लबहरु छन् । कतै बाल क्लब, कतै युवा क्लब र कतै महिला क्लब आदि आदि । यी र यस्ता क्लबले समाजमा रहेर उदाहरणीय कार्य गरेको कमै भेटिन्छन् । तर यहा“ रहेको एक सामाजिक दलित क्लबले उदाहरणीय कार्य गर्न सफल भएको छ ।भरतपुर उपमहानगरपालिका–१९ को फुलबारी, श्रीपुर, गोपालगञ्ज र गणेशगञ्जका दलितहरुलाई समेटेर वि.स. २०५६ सालमा स्थापना भएको श्री दलित समाज सेवा क्लबले उदाहरणीय कामको थालनी गरेको हो । ८५ घर सम्मिलित सो क्लबले राज्यबाट दलित लक्षित कार्यक्रम मार्फत विभिन्न आर्थिक वर्षमा पाएको करिब ५ लाख रुपैयाँको सहयोगमा आफ्नै भवनको निर्माण गरेर कम्प्युटर कक्षा संचालन गरेको छ । क्लबले आव ०६५/०६६ मा दलित वर्ग उत्थान जिल्ला समन्वय समिति चितवन मार्फत ३ लाख ४५ हजार, ०६७ का १ लाख र ०६८ मा ५० हजार रुपैयाँ पाएको थियो । सरकारले गर्न नसकेको काम वर्षै पिच्छे पाएको सानो रकमलाई ईमान्दारिताका साथ सदुपयोग गरेको क्लबका अध्यक्ष मीनबहादुर थापा परियारले बताए ।
अध्यक्ष परियारले भने– “सा“चो कुरा गर्ने हो भने यस्तो कार्य सरकारले पनि गर्न सकेको छैन् तर हामीले गर्यौं र सरकारबाट प्राप्त बजेटको सहि सदुपयोग गरेका छौं ।” एकाईसौं शताब्दिमा पनि समाजमा रहेको मानिस–मानिस बीचको विभेदलाई चुनौती दिन तथा कम्प्युटर शिक्षाबाट टाढा हुन परेको यथार्थलाई न्यूनीकरण गर्नको लागि कम्प्युटर कक्षा संचालन गरको अध्यक्ष परियारको दावी रहेको छ । क्लबको भवनमा रहेको हलमा कम्प्युटर कक्षा संचालन गर्न लागिएको छ । करिब ४० जनालाई राखेर कार्यक्रम गर्न सकिने भवनमा हाल पा“च वटा कम्युटर राखेर कक्षा संचालन गर्न लागिएको अध्यक्ष परियारले बताए । दैनिक ५० जनालाई कम्प्युटर कक्षामा सहभागि गराईने परियारको भनाई छ । शिक्षकलाई तलब दिएर कक्षा संचालन गर्नु पर्ने भएकाले विद्यार्थीबाट न्यूनतम शुल्क लिने अध्यक्ष परियारले बताए । सो कम्प्युटर कक्षामा दलित र गैर दलित दुवै खाले विद्यार्थी रहने र कम्प्युटर सिकेका विद्यार्थीलाई इन्टरनेट मार्फत विश्वका अन्य देशमा रहेको मानवीय समानताको बारेका सिक्न अभिप्रेरित गर्ने लक्ष्य रहेको अध्यक्ष परियार बताउछन् ।
यस क्लबले मानवीय समानताका लागि आह्वानन गर्दै वडाको तीन ठाउमा होर्डिङ बोर्ड पनि राखेको अध्यक्ष परियारले बताए । उनले भने–“हामी हजारौं वर्षदेखि जातीय विवेदमा बा“चेका छौं । यसको अन्त्यका लागि विभिन्न कार्यक्रम गरेका छौं, त्यस मध्येको एक होर्डिङ बोर्ड जो सबैले देखेर केहि बुज्लान की भन्ने हो ।” यी बोर्डहरु मंगलपुरबाट फुलबारी छिर्ने ठाउ, वडा कार्यलय अगाडि र भरतपुर वडा नम्बर १९ र २४ को सिमानामा राखिएको छ । विश्वकर्मा, नेपाली र परियार सम्मेलित रहेको क्लबमा कुनै पनि अन्तर दलित विभेद नभएको अध्यक्ष परियारले बताए । उनका अनुसार राज्य व्यवस्थाका कारण देशको विभिन्न ठाउ“मा अन्तर दलित भित्र पनि विभेद रहेको तर आफ्नो क्लब भित्र कुनै किसिमको विभेद रहेको छैन् । हाल त्यो क्लबमा ४० विश्वकर्मा परिवार, २५ नेपाली र १५ परिवार परियारहरुको रहेको छ । यो क्लब भित्र कसैलाई कुनै केहि अप्ठ्यारो परे आफ्नै समस्या मानी सहयोग गर्ने गरेको क्लबका एक सदस्य रामु नेपालीले बताए । यहा कुनै परिवारको सदस्यको मृत्यु भएमा क्लबबाट क्रिया खर्चको रुपमा ५ हजार रुपैया दिने र क्रिया पुत्री कुर्न हरेक दिन ५ जनाको दरले जानु पर्ने नियम पनि क्लबले बनाएकोे नेपालीले बताए । त्यसैगरी सुत्केरी भएकाहरुलाई पनि राज्यले दिने सुत्केरी भत्ता भन्दा पहिला देख नै आफूहरुले ५ सय दिने गरेको क्लब अध्यक्ष परियार बताउछन्। क्लबले हरेक महिना क्लबका सदस्यहरुबाट मासिक ५० रुपैया उठाउने गरेको छ । हाल क्लबको सम्पूर्ण खर्च कटाएर २५ हजार आफूहरुको भएको अध्यक्ष परियार बताए । गत शनिबार क्लबले सूचना केन्द स्थापना तथा कम्प्युटर कक्षा सञ्चालन उद्घाटन कार्यक्रम गरेको थियो ।

No comments:

Post a Comment