खरेललाइ कारवाहीको माग गर्दै दलित अधिकारकर्मीहरुले गृहमन्त्रीलाइ ज्ञापन पत्र बुझाए

विभेद बिरुद्ध अभियान ,जेष्ठ - १६ । गृहमन्त्री शक्ति बस्नेतले दलित विरुद्ध बोल्ने एसएसपी पवनप्रसाद खरेललाई तत्काल कारवाही गरिने बताएका छन् । आज राजधानीमा दलित अधिकारकर्मीहरुको ज्ञापन पत्र बुझ्दै बस्नेतले भने, ‘सार्वजनिक पद धारण गरेको व्यक्तिले यस्तो बोल्नु दुःख लाग्दो कुरा हो । हामीले तत्काल छानबिन गरेर कारवाही प्रक्रिया अगाडि बढाउँछौँ ।’एसएसपी खरेलले गत जेठ ६ गते एक सार्वजनिक कार्यक्रममा बोल्दै छुवाछुत हटाउँने कानून बनाउँन नहुँने, कानुन बनाएर अगाडि बढ्दा दलित र गैरदलितबीच द्वन्द्व बढाएको बताएका थिए । उनले फुले अहिलेसम्म विभेदको महशुस नगरेरको र छुवाछुत प्रथा तत्काल नहट्ने पनि उल्लेख गरेका थिए ।
एसएसपी खरेलले यस्तो बोलेपछि जिल्लाबाट शुरु भएको उनी विरुद्धको आन्दोलन राष्ट्रिय करण हुन पुगेको छ । पछिल्लो समय केन्द्रिय स्तरमा रहेका दलितअधिकारकर्मीहरुले यस घटनालाई चासोका साथ हेरिरहेका छन् । केही दिनमा एक टोली धरान पुग्ने पनि बताइएको छ ।
आज दलित अधिकारकर्मीहरुले गृहमन्त्रीको कार्यलय सिंहदरवारमै पुगी मन्त्री बस्नेतलाई भेटर ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँन सांसद जितु गौतम, माननीय दलजित श्रीपाइली, मा.टेकु नेपाली,मा.शिव कुमारी गोतामे ,  गणेश बिश्वकर्मा, राजकुमार हिङमाङग , मोती नेपाली,  उपेन्द्र छटुञ्जेल,  भक्त बिश्वकर्मा,  रामलखन हरिजन,अशोक दर्नाल , सुन्दर पुर्कुटी, श्री निर्मल देउला सहितको  संयुक्त दलित राजनीतिक संघर्ष समिति ,सभाद्को टोली, दलित नागरिक समाज लगायत पुगेका थियो । विज्ञप्तीमा भनिएको छ, ‘एसएसपीको गैर जिम्मेवार अभिव्यक्तिले दलित समुदायलाई दुःखी तुल्याएको छ । उनलाई तत्काल जातिय छुवाछुत तथा कसुर सजायँ ऐन–२०४८ अनुसार कारवाही गर्न माग गर्दछौँ ।’
पत्र बुझ्दै मन्त्री बस्नेतले थप भने, ‘तत्काल छानविन प्रक्रियालाई अगाडि बढाइ कानून अनुसार कारवाही अगाडि बढाउँछौँ ।’ 

सामाग्री साभार :- सांसद जितु गौतमको फेसबुक दलित अनलाइन 

No comments:

Post a Comment