आर्थिक अभावका कारण रुकुम मुरुमा एउटा दलित परिवार विचल्लीमा

१२ जेठ २०७३,विभेद बिरुद्ध अभियान-गणेश सिर्पाली/वैशाख १०, रुकुम । श्रीमानको मृत्यू र आर्थिक अभावका कारण रुकुम मुरुमा एउटा दलित परिवार विचल्लीमा परेका छ ।
मुरु ६ नयाँवस्तिमा सार्वजानिक वनको छेउमा वस्दै आएकी पवित्रा दमाईको परिवार आर्थिक अभाव र पारिवारीक विछोडका कारण विचल्लीमा परेको हो । अर्काको घरमा काम गरेर परिवार धानिरहेका मानवहादुर दमाईको वैशाख ४ गते भिरवाट लडेर मृत्यू भएपछि उहाँकी श्रीमति पवित्रा दमाईलाई छोराछोरी पाल्न मुस्किल परेको छ ।
साझा सबाल सँग दुःख पोख्दै पवित्राले भन्नुभयो–हाम्रो नाममा कुनै जग्गा÷सम्पति छैन, जे भनेपनि श्रीमान हुनुहुन्थ्यो, श्रीमान वितेपछि हाम्रो खोनेवस्ने कुनै टुंगो छैन । साना ४ जना छोराछोरीलाई हुर्काउन आफुसँग कुनै सम्पति नभएको र केहि योजना नभएको उहाँको दुखेसो छ ।आफ्ना छोराछोरीलाई लालनपालनमा सहयोग गरेर दया गर्न उहाँले सार्वजानिक अपिल गर्नुभएको नेपाली काँग्रेसका जिल्ला सदस्य भिमवहादुर डाँगीजे जानकारी दिनुभयो ।

No comments:

Post a Comment