खाना खुवाउने क्रममा अपमान गरेको भन्दै खाना बहिष्कार

विभेद विरुद्ध अभियान ,जेठ ७ ,गुल्मी । गुल्मीको हस्तीचौर– २  रानीपोखरास्थित  एक घरको पुजामा बाजा बजाउन गएका परियारहरुले  आफुहरुलाई खाना खुवाउने क्रममा अपमान गरेको भन्दै खाना बहिष्कार गरेका छन् ।
रानीपोखराका झलकबहादुर कुँवरको घरमा लाख वत्ती वाल्ने पुजामा हिजो विहान ५ वजे देखि साँझ ७ वजे सम्म वाजा वजाउन गएका हस्तीचौर ४ उजुङ्ग र ताल्तुङ्ग गाउँका परियारहरुले खाना वहिस्कार गरेका  हुन ।  आफुहरुले  नगद ज्याला मात्रै लिएर फर्केको बताउँदै  दिनभरी बजा वजाईयो तर  पुजा भोजको खाना खाने वेलामा हामी दलितहरुलाई  अरु भन्दा अछट्टै राखेर अपमानजनक ढंगले ट्वाईलेट नजिकै खाना वसालियो , हाम्रा स्कुले भाईहरुले त खाए तर हामी ४ जना पाका मान्छेहरुले अपमान महशुस गरी खाना वहिस्कार गरी फर्केका छौं  ’, दुर्गा परियारले भने,‘ पहिला पहिला त्यस्तै अपमान पनि केहि जस्तो लाग्दैन्थ्यो र खाईन्थ्यो, सहिन्थ्यो तर अहिले नयाँ संविधानमै जातिय विभेद र छुवाछुत गर्न नपाईने भने पछि सहन मन लागेन र खाना नखाई फर्केका हौं । ’
हामीहरु खाना वहिस्कार गरी फर्के पछि ज्याला भने चित्त वुझ्ने गरी ११ हजार रुपैयाँ दिएर पठाए खाना वहिस्कार गर्ने मध्येका विरबहादुर परियारले भने ,हामीलाई बसेर बाजा बजाएको ठाउँमा नखुवाएर गन्हाउने ट्वाईलेट नजिकै खान किन लगियो  ?  ’  उनले प्रश्न गरे ।
अर्का पदम परियार भन्छन् विवाह र पुजाको भोज भतेर एक प्रकारले   सार्वाजानिक  स्थान हो, जहाँ जातिय विभेद कसैले पनि नगर्नुहोस् । त्यस हस्तीचौरका दलित अगुवा तथा नेपाल राष्ट्रिय दलित मुक्ती मोर्चाका जिल्ला कोषाध्यक्ष श्याम बिश्वकर्माले उनीहरु आफुसंग त्यस पुजा भोजमा  अपमानित भएको भन्दै सल्लाह लिन आएका बताए ।  बिश्वकर्माले भने–‘हामीहरु सल्लाह गर्दै छौ , संवन्धित परिवार संग पनि बुझ्दै छौं । उहाँहरुले विभेद गर्न चाहेर हो वा ठाउँको अभावले त्यस्तो पर्न गएको हो ,यसवारे वुझेर आगमी दिनमा सत्भाव पुर्ण ढंगले भोज भतेर गर्ने वातवरण मिलाउँदै छौं ।  संवन्धित परिवार संग भने सम्पर्क हुन सकेन ।
जातिय विभेद र छुवाछुत प्रथा कानुनले नै अन्त्य गरी सकेको अवस्थामा  त्यस्तो विभेद गर्ने  व्यक्तिलाई  पिडितले उजुरी दिए कार्वाही हुन्छ कि हुँदैन ? भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल भने –‘ अवस्य हुन्छ । ’ उनले भने–‘ जिल्ला प्रशासनले त त्यस्ता कुरामा ‘एवार्डनेस’ मात्रै गर्छ तर कानुनी दायरामा ल्याउने काम  अदालतले गर्ने हो  । यसर्थ  जातिय विभेद र छुवाछुत विरुद्ध उजुरी दिए अदालतले छुवाछुद ऐन २०६८ अनुसार अवश्य कार्वाही गर्छ । ’ यस जिल्लाका शिक्षित सचेत  परिवारहरुले त्यस्ता भोज भतेरहरु यसरी नै दलितहरुले अपमान महुशुस गर्ने हुँदा सामुहिक खाना र आफै झिकेर खाने व्यवस्था  गर्दै आएका छन्  ।
नेपाल पत्रकार महासंघ गुल्मीका सचिव तारा भुसाल भन्छन्–‘ त्यसरी सामुहिक भोज राख्दा जुन चाँही व्राम्हण खान्न भनेर जान्छ वा दलितहरुबाट अछट्ट वसेर खान्छ खास दलित त्यही व्राम्हण हो , जो दलित व्राम्हणहरु संगै बसेर खान्छ त्यो दलित भनिने खास व्राम्हण हो । उनको दुखेसो छ दलितहरु आफै  तर्किन खोज्छन र आफ्नो घरको भोज भतेरमा दुई वटा भान्छा लगाएर आफैले विभेदलाई प्रोत्साहित गर्छन् । सदरमुकाम तम्घासका संभ्रान्त मानिने भुसाल परिवारले कुनै पनि भोज भतेरमा सामुहिक भोज भतेरमा जातिय विभेदको अन्त्य गर्दै आएका छन् । तर यसै तम्घासमा दलितका नेता मानिने एक जनाले छोराको विवाहमा एका तिर पाडो काटेर दलितलाई भोज अर्को तिर खसी काटेर व्राम्हण क्षेत्र र जनजातीलाई भोज दिएको कुराले  निकै चर्चा पाउँदै आएको छ ।
- दलित इन्फो बाट

No comments:

Post a Comment