श्रीमद् भागवत महायज्ञमा दलित नेता मौरतीले दिए एक लाख एक हजार

बन्दीपुर २६ बैशाख,विभेद बिरुद्ध अभियान - मिलुङ गाविस ४ ढुलोढुङ्गा स्थित अरनिको उमाविले आयोजना गरेको श्रीमद् भागवत ज्ञान महायज्ञमा छैटौं दिन सम्ममा २७ लाख रुपैयाँ दान सङ्लन भएको छ ।महायज्ञको पाँचौ दिनमा नेपाल सरकार दलित विकास समितिका बोर्ड सदस्य तथा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी श्याम कुमार मौरतीले एक लाख एक हजार एक रुपैयाँ व्याक्तिगत तथा बोर्ड समितिको तर्पmबाट १५ हजार एक सय रुपैयाँ दान दिएका थिए ।पाँचौं दिनको प्रमुख अतिथिको रुपमा पुगेर मौरतीले सो सहयोग गरेका थिए । सो अवसरमा दलित नेता मौरतीले नेपालमा लोकतन्त्र बचाउनका लागि हिन्दु धर्म बचाउनु पर्ने बताए । सनातन धर्म हिन्दु भएको र अधिकांश नेपाली हिन्दु धर्मालम्बी भएकाले धर्म निरपेक्ष हटाउन आवश्यक रहेको उनले बताए । नेता मौराती जन्मघर पनि सोही ठाउँ हो । 
हालको आवश्यकता प्राविधिक शिक्षा भएकाले गाउँ ÷गाउँमा प्राविधिक शिक्षा भित्राउनु पर्ने पनि मौरतीले बताए । कार्यक्रमका अवसर नेपाली काँग्रेस घाँसीकुवाका नेता शिव खत्री लगायतले महायज्ञमा तन, मन र धनले सहयोग गर्न आग्रह गरेका थिए । कार्यक्रम महायज्ञ मुल समारोह समितिका संयोजक रामबहादुर बानियाँको सभापतित्वमा भएको थियो । 
महायज्ञको उद्घाटनको अवसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले संसद विकास कोषको तर्पmबाट दुई लाख रुपैयाँ दिएका थिए ।त्यस्तै प्रधानसेनापति रविन्द्र क्षेत्रीले एक लाख ५१ हजार एक, शिक्षक मिनबहादु नेपालीले एक लाख ३५ हजार एक, क्याप्टेन किसान गुरुङले एक लाख एघार हजार एक सय ११, मुल समारो समितिका संयोजक रामबहादुर बानियाँले एक लाख ११ हजार एक सय ११ रुपैयाँ, शिक्षक नाराएण बानियाले एक लाख एक रुपैयाँ दान दिएका छन् । विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ गरिएको हो । महायज्ञमा प्रबचन पण्डित रामकृष्ण उपाध्यायले दिएका छन् ।

No comments:

Post a Comment