मेरो समाचार चल्यो पानी चलेन....प्रेम सुनार

काठमाडौं, जेठ १२-विभेद बिरुद्ध अभियान:आज सिमीचौैरका एक पिडितको जिवन रक्षार्थ सहयोग हस्तान्तरण कार्यक्रम सकेपछि उक्त पिडित परिवारले चिया खुवान थाले अतिथीहरुलाई  किस्तीमा राखेर चियाका कपहरु वाहिर ल्याएर  प्रत्येकलाई झिक्न लगाईयो ।
    क्रमशः उताबाट बाँड्दै आउदा मेरो पालो आयो चियाको कप झिक्ने । मैले हात सारी सकेको थिएँ चिया कप झिक्नका लागि त्यो भन्दा पहिल्लै चिया बाँढ्ने वहिनीले प्रेम दाईलाई झिकेर दिनु भनेर अर्कैलाई भनिन् र उनले झिकेर मेरा हातमा थमाई दिए । 
  त्यो चियोको प्रत्ये चुस्कीले मेरो मुटु पोलिरह्यो । मैले सम्झे उति वेला  ति पिडित परिवार आफ्नो विरामी सन्तानको जिवन रक्षार्थ म संग रोएको । नभन्दै समाचार त्यही तरिकाले बनाएँ । देश विदेश सम्म फैलियो ।  दुई ति महिनाको अन्तरालमै  ५ ÷ ६  लाख पनि जुट्यो । 
   सायद त्यो समाचारको प्रभाव पनि परे होला । व्यक्तिगत रुपमा पनि मैले  विदेशमा भएका साथीहरुलाई आग्रह गरेको छु र गर्दै पनि छु । मलाई राम्री थाह छ पैसाको अभावको कुरा । म आफै कुनै दिन २५ हजार साहुले ऋण नपत्याृउँदा मैले सय कडा ५ को व्याज तिर्ने गरी लालपुर्जा राख्नु परेको थियो । त्यो पनि तिन महिना त्यो साहुको पाउ मोल्नु परेको थियो ।
   त्यही पिडाले मैले विशृेषतः गरिव विपन्न र असाहयहरुको खवरलाई पहिलो प्रथामिकतामा राख्दै आएको छु र गर्वमा साथ भन्छु पचासौं जना गुल्मेलीहरुले नव जिवन पाएका पनि छन् । यसरी भन्नु पर्दा मेरो समाचार जताततै चलेको छ तर त्यस्ता कतिपय ठाउँम मेरो पानी नचल्दा मलाई दुख लाग्छ ।
   ति  परिवार प्रति मेरो गुनासो चाँही होईन हाम्रो समाज प्रवृद्धि प्रति हो । त्यो परिवार विवस थिए । त्यहाँ उपस्थित गन्य मान्यहरुले मैले यदि त्यो किस्तीबाट चिया झिकेको भए खाँदैनथे । न भन्दै त्यहाँ अरु पनि दलितहरु भएकोले छात्यछुत्य हुने डरलृ दुई दिन जनाले मैले चिया खान्न भने ।
(गुल्मीमा निक्कै चर्चित रहेको "ओझेल खबर रेडियो" का संचालक प्रेम सुनार को बाल बाट साभार)

No comments:

Post a Comment