काठमाडौं, जेठ १७,विभेद बिरुद्ध अभियान । त्यसै भनियको होइन रहेछ, दुःखपछि सुखका दिन आउँछ भनेर । सुजन परियार र सरस्वति खड्काको अन्तरजातिय विवाह यसको उदाहरण हो । आजभन्दा १० वर्षघि सुजन परियारले अन्तरजातिय विवाह गर्दा काडैँ काडाँ थिए उनी हिड्ने बाटोमा । तर, आज समयले कोल्टे फेरेको छ । समय सँगैको संघर्षले उनीहरुको जीवन सुन्दर बनेको छ । उनीहरुको अन्तरजातिय बिवाह सफल वनेको छ । मायामा कुनै बन्धन हुँदैन भन्छन् । त्यसैले होला परियार थरको सुजन र खड्का थरकी सरस्वतिले क्याम्पस अध्ययन गर्दादेखिनै एक अर्कालाई माया गर्न थाले । समाजको आँखामा जात नमिल्ने भए पनि माया जालमा भने उनीहरु छुट्नै नसक्नेगरी बाँधिए । छुवाछुतले जरा गाडेर बसेको समाजमा पनि सम्बन्धलाई टिकाइ राख्न कुनै कसर बाँकी राखेनन् । आखिर २०५८ मा उनीहरु समाजको बन्धन तोड्दै विवाहित बने । अन्तरजातिय विवाहलाई नर्क ठान्ने समाजले उनीहरुको सम्बन्धलाइ देखिसहेन । त्यसैले शुरु भयो ती अन्तरजातिय जोडिको संघर्षका दिन, दुःखका दिन ।
सुजनले आफ्नो प्रेमीकालाई भगाएर पोखरा के लगेका थिए । उनका माइतिहरु उनलाई पछ्उँदै पोखरासम्म पुगे । कुटन् भन्दै । त्यहाँबाट पनि उनीहरु भागेर बुटवल पुग्नुप¥यो । पीरतीको साथले दुःख विर्सदै ती जोडि अभावमा पनि हाँसेर केहि दिन वुटवलमै बिताए । त्यसैले उनीहरुको सम्बन्धलाई टुटाउने र सुजनलाई ठहरै पार्ने योजना अधुरै रह्यो खड्काकी आफन्तको । तर, पनि उनीहरुलाई रामधुलाई गर्न खोजतलास जारी नै राखे खड्काका आफन्तहरु ।
केही दिनमा उनीहरु बगलुङमा फर्के । तर, अन्तरजतिय विवाहलार्ई सफल पार्नकै लागि दुनियाँको गालिव्यइजत्ती सहनु प¥यो । सुजनको हातमा सिप थियो । उनले कपडा सुचिकारको काम गरेरै जिवनलाई गति दिन खोजे । खुसी बनाउँने प्रयत्न गरे । तर, लामो समयसम्म मानसिक टचर्स, त्रासले छोडेन उनीहरुलाई ।
‘काग कराउदै जान्छ पीडा सुक्दै जान्छ’ भनेझै परियारले अति मेहनत गरेर आकर्षक कपडा सिलाउन थाले । उनलाई उनको श्रीमतिले पनि सहयोग गर्न थालिन । दिनहरु बित्दै जादा उनको जिवनमा पनि थप खुशिहरु फुल्दै गए । माया पनि झन झाँगिदै गयो ।
०६२ शालबाट भने परियारले आफ्नै टेलर खोलेर व्यवसाय गर्न थाले । उनको श्रीमतिले सिलाउन थालिन । त्यही भएर भनिएको होला, सीपको कुनै जात हुँदैन । उनीहरुको सफलताले विरोध गर्नेहरु उल्टै कुँदिन थाले । उनीहरुको आर्थिक अवस्थामा विस्तारै लय समात्न थाल्यो । उनका विरोध गर्नेहरु मैन जस्तै पग्लीदै गए ।
तीज नेपाली चेलिहरुको महान चाड हो । तीजको वेला माइत जाने अनि डर खाएर रमाइलो गर्ने धोको एक वर्षदेखि संगालेका हुन्छन् चेलिहरुले । १० वर्ष सम्म आफ्नै श्रीमानलाई नै सवथोक मानेर तीज मानिरहेकी सरस्वति माइत जाने मौका पाइन । अनि, कर्मघरको आफन्तसँगै रमाइन । यो तीन वर्ष पहिलेको कुरा हो । भनेझै आखिर सुजनको परिवारलाई माइतीले पनि वोलाए । स्वीकारे । यसको खुशी शव्दमा व्यक्त गर्नसक्दैनन्, सुजन र सरस्वति । सुजन, सरस्वतिको सफल जिन्दगी देखेर खुशी भएका उनीहरुको माइती बीचको सम्बन्धको कडि जोडियो । सुजन पनि जाउँ आउँ जर्न थाले । माइतेले पनि ससम्मान उनीहरुलाई स्वीकारे । अहिले खुशीकै रफ्तारमा छन् ती दम्पति । व्यवसायमै व्यस्त छन् । सबै दुःखहरु बटो लागिसकेका छन् ।
दलित अनलाइन बाट
No comments:
Post a Comment