टुरिजम एक्सप्रेसले दलित र गरीव बस्तिमा पानीको धारा बनाइदिने


सरस्वती प्रसाद परियार, बैसाख  २७ , विभेद बिरुद अभियान- रामेछाप जिल्लाको चिसापानी गा.वि.स. वडा नं. ५ को करिब १७ घर रहेको दलित बस्तिमा पानीको हाहाकार मच्चिएको खबरले हृदय छोए पछी समाज सेवी रुद्रनाथ खनालको पहलमा धारो बन्ने भएको छ  । मन्थलीबाट नजिकै रहेको करमभोटस्थित तामाकोशीबाट पारीको सुखा भिरमा चुरोटको ठुटो फालिदिएपनि सम्पूर्ण बस्ति नै सखाप हुने डर छ । सम्पूर्ण पानीको मुहान सुक्दा सो दलित बस्तिका मानिसहरु करिब ३ घण्टाको बाटो हिँडेर तामाकोशीको पानी लान बाध्य छन् । 

सो दलित बस्तिभन्दा माथि रहेको नेवार समुदायको ठूलो बस्तिका मानिसहरुले तामाकोशीको पानी लगेर बस्तिमा ठूला पानीको ट्याङ्की बनाएर दैनिक जीवनलाई सहज बनाएका छन् । तर, उक्त दलित बस्तिमा पानीको हाहाकार दिनानुदिन क्यान्सरजस्तै फैलिँदै गएको छ । यस्तो अवस्थामा लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसले सो दलित र गरीव बस्तिमा पानीको धारा बनाइदिने र सो धारामा नियमित रुपमा तामाकोशीको पानी ल्याइदिएर त्यहाँका स्थानियहरुको दैनिकी सहज बनाइदिने निर्णय गरेको छ । 
केही दिनभित्र धारा निर्माण कार्य सुरु हुनेछ । यस पुन्य काममा साथ र हात दिन चाहनुहुन्छ भने टुरिजम एक्सप्रेससँग सहकार्य गर्नु हुन् समेत अपिल गरिएको छ । लोकप्रिय पर्यटन पत्रिका टुरिजम एक्सप्रेसले विध्वंशकारी भूकम्प–२०७२ बाट ध्वंश भएको सो बस्तिमा त्रिपाल, ब्यांकेट र खाद्यान्न पनि वितरण गरेको थियो ।

No comments:

Post a Comment