दलित तथा गरिब छात्रालाई साइकल वितरण

जनकपुरधाम, जेठ १७ ,विभेद बिरुद्ध अभियान  । भारतीय सरकारद्वारा प्राप्त आर्थिक सहयोगबाट धनुषा जिल्लाका सरकारी विद्यालयको माध्यमिक स्तरमा अध्ययनरत ५०० दलित तथा गरिब छात्रालाई एक समारोहबीच आइतबार साइकल वितरण गरियो । कक्षा ९ र १० मा अध्ययनरत ८३ विद्यालयका ५०० दलित तथा गरिब छात्रालाई साइकलका लागि रु २८ लाख ७५ हजार रकम उपलब्ध गराइएको थियो ।
भारतीय दूतावासका द्वितीय सचिव ज्ञानवीर सिंहले साइकल वितरण गर्दे छात्रालाई अध्ययनमा मनोवैज्ञानिक दृष्टिले स्वतन्त्रताको अनुभूति गराई समयमै विद्यालय पुग्नका लागि साइकल प्रदान गरिएको बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले छोरीलाई विद्यालय जानबाट वञ्चित गराइन नहुने धारणा राख्नु भयो ।
निमित्त जिल्ला शिक्षा अधिकारी अरविन्द कर्णले विद्यालयका जेहेन्दार, दलित, गरिब छात्रालाई अध्ययनमा हुने गरेको व्यवधानको समाधानमा अभिभावक पनि सचेत हुनुपर्ने बताउनुभयो । 

No comments:

Post a Comment