सिरहाका पुगेर प्रधानमन्त्रीले आज डोम समुदायकी बालिकालाई स्कुल भर्ना गराए

विभेद बिरुद्ध अभियान - बैसाख ५  - प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सिरहाका दुई बालबालिकालाई विद्यालय भर्ना गराएका छन् ।कल्याणपुर नगरपालिका ११ का दिनेशकुमार र कौशिलादेवी मण्डलकी ५ वर्षकी छोरी रुपाकुमारी मण्डल र भोगेन्द्र र अमिराकुमारी मल्लिकका ५ बर्षका छोरा पवन मल्लिकलाई प्रधानमन्त्रीले स्थानीय रामदुलारी माविमा भर्ना गराई पुस्तक र पोशाक समेत वितरण गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान अनुसार यसअघि मुगकी एक बालिकालाई स्कुल भर्ना गरिसक्नुभएको छ । मुगुम कार्मारोंग गाउँपालिकाकी ६ वर्षीया थिल्ने साङ् तामाङलाई प्रधानमन्त्रीले १ गते स्कुल भर्ना गरिदिनुभएको हो । प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरता हटाउने अभियान घोषणा गर्दै एक व्यक्तिले कम्तिमा एक जना विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना अभियानमा सघाउन अपील गर्नुभएको छ ।

सरकारले कर्णालीबाट विद्यालय भर्ना अभियानको औपाचारिक सुरुवात गरिसकेको छ । तर भर्ना अभियान सुरु गरेपनि अबको १५ दिनमा ३ लाख भन्दा धेरै बालबालिकालाई विद्यालय भर्ना गराउनु चुनौतीपूर्ण देखिएको छ ।

No comments:

Post a Comment