दलित मुक्ति मोर्चाको पाँचौं जिल्ला सम्मेलन सम्पन्न

विभेद बिरुद्ध अभियान - चैत्र २१  -  दलित मुक्ति मोर्चा नेपाल ललितपुरको गोदावरीमा भएको पाँचौ जिल्ला सम्मेलनमा मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्मा (मामा) को प्रमुख आतिथ्यता र नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानको विशेष आतिथ्यमा सम्मेलनले विक्रम नेपालीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । 

कार्यसमितिहरुमा उपाध्यक्ष राजकुमार परियार, सचिवमा राजेश विश्कर्मा, सह–सचिव राजेश मग्राती, कोषाध्यक्षमा नरेन्द्र नेपाली चयन भएका छन् । प्रमुख अथितिको रुपमा रहेका मोर्चाका अध्यक्ष विश्वकर्माले दलित मुक्ति आंशिक रुपमा मात्र भएकाले अब उत्पीडित र दलित समुदायको पूर्ण मुक्तिको लागि दलित मुक्ति आन्दोलनलाई अझ सशक्त बनाएर अघि बढाउदै अन्तिम संघर्षको लागि तयार हुन आह्वान गरेका थिए ।

 विशेष अतिथिसमेत रहेका नेकपाका केन्द्रीय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज हितमानले सिंगो वर्गी मुक्ति आन्दोलन र दलित मुक्ति आन्दोलन अब आफ्नो पार्टीले अघि सोरेको ‘एकीकृत जनक्रान्ति’को कार्यदिशाको सफताबाट मात्र सम्भव भएकाले सम्पुर्ण मात्रै सम्पूर्ण उत्पीडित वर्ग , लिंग तथा दलित समुदायलाई नेकपाले अघि सोरको एकीकृत जनक्रान्तिको झण्डा मुनि गोलबन्द गराउन कार्यकर्ताहरुलाई निदेर्शन दिएका थिए । विक्रम नेपालीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजेश विकले गरेको थिए ।

No comments:

Post a Comment