दलित महिला वडा सदस्यमाथि कुटपिट


विभेद बिरुद्ध अभियान - बैसाख ७ -सिमकोट गाउँपालिका-८ स्थिीत स्याँडाकी ३० वर्षीया तुथसरा परियारलाई वैशाख ५ गते कुटपिट गरेको आरोपमा प्रहरीले खार्पुनाथ गाउँपालिका-२ थाली गाउँका २३ वर्षीय नवराज रावललाई वैशाख ६ गते गिरफ्तार गरेको छ ।

गत वर्षपहिलो चरणमा (०७४ वैशाख ३१ गते) सम्पन्न स्थानीय तहको निर्वाचनमा दलित महिला कोटाबाट वडा सदस्य जितेकी सदस्यकै घरमा गएर आरोपित रावलले सदस्यमाथि हातपात गरेको तुथसराका पति चक्र परियारले बताए ।

परियारका अनुसार आफ्ना सबै परिवार घरमा बसिरहेको बेला एक्कासी घरमा प्रवेश गरेर आरोपितले कुटपिट गरेका थिए ।

कुटपिटबाट घाइते भएकी तुथसरालाई गाउँबाट औषधि गर्नको लागि जिल्ला सदरमुकाम सिमकोटमा ल्याउँदै गरेको प्रहरीले जनायो । सो घटनाको सत्यतथ्य बुझनको लागि प्रहरी घटनास्थलमै पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका अर्सइ मोहन बस्नेतले बताए ।

No comments:

Post a Comment