दलितको जवानी चल्छ पानी किन चल्दैन ?- कृष्ण प्रसाद शर्मा

विभेद बिरुद्ध अभियान - २७ चैत -मुलुकी ऐन लागु भएको बर्षौं भयो । वर्ग व्यवस्थालाई सरापेको बषौकक भयो । मुक्तीका कुरा गरेर पदमा पुग्ने हजारौं भए तर आजका दिन सम्म दलित प्रतिको दुव्र्यवहार जीवितै छ जसले हामी मानवलाई गिजाईरहेको छ । सानो छँदा जनगायक रामकृष्ण ढकालका गीत सुनियो, जेबी गीत सुनियो, नव युवा हुँदा शिव परियारका गीत सुनियो । सुन्ने मात्र होईन जीवन शर्माको ठुली नाटक हेरियो ।

नाटकमा समेत बन्द गर भन्न आउँथे भन्ने जीवन शर्माको तितो अनुभव समेत सुनियो । देशले धेरै व्यवस्था आयो । युवाको योगदान आयो तर फिर्ता पाउने बेला अरू नै पुग्ने देखियो । दलित र बाहुन क्षेत्रीका कर्मकाण्डा मिल्छन्, देशै भरी दलित छन् । पहिला पहिला दलित हुन भन्नेमा ठुलो पीडा हुँदैन तर जब स्कुलमा खाजा बाँड्दा भिन्न राखेर दिन्छन् अनी त्यो बाल मस्तिष्कमा ठुलो चोट पुग्छ । घर पुगेर सोध्छ तर उत्तर केही छैन मात्र भनिन्छ पहिलै देखी यस्तै थियो के गर्नु । म आँफु मदिरा सेवन नगरे पनि मेरा मदिराका भोका साथीहरू थुप्रै छन् । पढेलेखेका साथी पनि छन् जो मदिरा खाँदा दलित सगँ बसेर खाने तर भात खान पर्दा घरमा बा आमा वा बुढीले कुरेर बसेकी छ भनेर ल्याङ टोकेर भट्टीबाट घर पुगेको पनि देखेको छु । पढेलेखेका भनिएका यस्तो छाप कायम छ भने अनपढ र नबुझेकाको हालत के होला ।

एक दिनमा तीन जना किरोशीको बलत्कार हुन्छ नेपालमा भन्ने तथ्य आएका छन् । यो बलत्कारको आँकडामा दलित महिला अग्र स्थानमा छन् । बलत्कार गर्ने उही समुदाय र त्यो बाहेक बाहिर बाट पनि छन् । दलित समुदायका मान्छेको स्कुलमा खाजा चल्दैन, धारामा पानी चल्दैन, घरमा गुन्द्री चल्दैछन् तर जवानी अर्थात बलत्कारका लागी चल्छ । यदि घरको पिँडीमा गुन्द्री, पिर्का र फालेको काठको मुढा छन् भने दलितलाई काठको मुढामा बस्न भनिन्छ । जुन कुरा आज पनि छ । गाउँको दुग्ध सहकारीमा एक पुजारीले दुध लान छोडे किन भनेर सोधेको त्यहाँ दलितको दुध मिसिन्छ भने । दलितको दुध राख्दैनन् सहकारीमा भन्ने समाचार त यहाँ बजारबासीले सुनेकै छन् होला । दलित सगँ प्रेम गर्ने तर दलित भएकै कारण घर भित्राउन नसक्ने आधुनिक प्रेमी पनि छन् । दलित महिला वडाध्यक्षले भन्दै थिईन गाउँमा केही समस्या परेर जाँदा बाहिरै बसेर खान्छु । न्याय दिने ठाउँमा पुगेकी दलित राजनितिकर्मिको यो स्थिति छ । दलित प्रति दुव्र्यवहार चरम छ । देख्छु आजकाल दलितको विवाहमा मन्दिरको विवाह हो भने जान थालेको तर त्यहि विवाह गाउँ बाट भयो भने जान मान्दैनन् । बुढापाकाका कुरा छोड्नुस् युवा नै जाँदैनन् ।


मानव बेच बिखनका घटनाहरू केलाएर हेनुस्, त्यहाँ दलित भनेर दलालले बेच्न छोडेका छैनन् । अझ बर्षौं सम्म महिलालाई बेच बिखन गर्ने नै जनप्रतिनिधि छन् । दलित महिलाको शरिरमा कुनै खोट छैन तर अरू उनको व्यवहारमा सबै खोटै खोट देख्छ समाज ।

समाज आजकल मुद्धा देखाएर माथी माथी पुग्न मात्रै खोज्दछ । जनजातीको समर्थनका कुरा गर्यो एउटा पद पाए पछि चुप । दलितका अधिकारका कुरा गर्यो एउटा पद हात लागे पछि चुप यसरी नै दलितलाई बँजाएर खाएका छन् । यहाँ मेरो लेखाईको आसय दलित बलत्कार बेठीक अरू ठीक भन्ने होईन तर बलत्कारका घटनामा दलित महिला बलत्कृत हुँदा राज्यका निकाय र समाजले कम चासो दिन्छ ।

अझ अधिकारकर्मि समेत विभेद गर्छन । यसरी दलितका बारेमा बोल्नु लेख्नु दलितकै ठेक्का सम्झेका छांै तर यो सामाजिक समस्या हो हाम्रो अज्ञानता हो । पहाडमा हुने बलत्कार र मानव बेचबिखनमा थर आउना साथ प्रायलाई थाहा पाउँछौं गैर दलित र दलित तर तराईमा दलितका अनगिन्ति थर छन् । भारत लगेर बेचिएकी हुन वा नेपालमा ईज्जत लुटिएकी हुन उनको बारेमा बहस हुँदा तराईमा मात्र भनिन्छ । यसले गर्दा दलित महिलाका घटना भएका धेरै बाहिर आएर पनि बुझेका थोरै छन् ।


समग्रमा, दलितलाई कहाँ कहाँ विभेद छ यो प्रष्टै छ । हामीले पनि दलितका बिभेदलाई विश्लेषण नगरी हल्का बनाएका छौं । एउटी दलितको जवानी चोखो र अछुत नहुने तर पानी अछुत हुने यो व्यवहार कहिले सम्म । एक दुई दिनको सहभोजले होईन अब दलित हिंसाका घटनालाई फौजदारीकै रुपमा कार्वाही गरी समाजमा अरूलाई प्रष्ट पार्न जरुरी छ ।-जनमंच बाट साभार

No comments:

Post a Comment