छुवाछुत भेदभाव बिहीन समाज अझै पनि समाजले पचाउन सकेको छैन- बाबुलाल नेपाली,

विभेद बिरुद्ध अभियान - चैत्र २५, कान्तिपुर दैनिकले आफ्नो मुख्य पृष्ठमा एउटा दर्दनाक फोटो सहितको समाचार छाप्यो : “एउटा बालकले माथिबाट पानि हालिदिएको अनि एक जना अर्धबैंशे मान्छेले हात थापेर पानि पिएको” । छुवाछुत भेदभावको चलन कुन युगबाट सुरु भयो ठ्याक्कै भन्न सकिने अवस्था छैन तर समाजको चेतना सँगै यो ठुलो अपराध हो भन्ने मान्छेमा चेतना जागृत भयो तर यसले एक प्रकारको साँस्कृतिक रुप लिइसकेकोले यसलाई तुरुन्त हटाउन गाह्रो भयो । छुवाछुतको भेदभाव बिहिन समाज अझै पनि समाजले पचाउन सकेन यसैलाई कसैले हिन्दु धर्मसँग जोडेर अनेक जाळ समाजमा फाल्ने कोशिस गरिरहेको पनि छन ।
यो चलन सबैको लागि दुर्भाग्य हो र रहिरहेमा अरु दुर्भाग्य हुनेछ । यहि चलनले भबिस्यमा छेत्री बाहुन देखि हामि जनजाति दलितजाति कसैको पनि छोराछोरी सुरक्षित रहने छैनन् । यहि छुवाछुतको भेदभाव जस्तो जधन्य अपराध र गलत सोच कै कारण यो देशमा जातीय लडाई निम्तिनेछ र यहि चलन रहिरहने हो भने निम्तिन जरुरि पनि छ ।
 यसैको निहुमा झगडा गर्ने सबै जातिलाई मिसिनरीले बन्दुक र गोलि बाँड्ने छ अनि अन्तिममा गृहयुद्ध चर्काइ सकेपछी आफैले बम बर्साउने छ । हो त्यो बमले यो बाहुन हो, यो छेत्री हो, यो कामि दमाइ हो, यो मगर, गुरुङ, राइ, लिम्बु, तामंग हो, यो ठुलो जात हो यो सानो जात हो भनेर छुट्टाउने छैन, सबैको दशा एकै हुनेछ ।
आज समयले हामी सम्पूर्ण जातजातिलाई आफ्नो छोराछोरीको भबिस्य सुरक्षित गरेर मर्ने कि असुरक्षित गरेर मर्ने भन्ने निर्णय गर्ने दिन ल्याईदिएको छ । यसर्थ छुवाछुत बिहिन समाजको निर्माण गर्न अबको युवा अग्रसर हौँ, चेतनाको दियो बालौं । सबैको रगत रातो छ, सबैको रगत समान छ भने मान्छे तल्लो जात र माथिल्लो जात हुँदैन भन्ने सत्यलाई अङ्गिकार गर्न आफु तैयार हौ र आफ्ना सन्ततिलाई पनि छुवाछुत बिहिन समाज निर्माण गर्न तैयार गराऔं यसैमा हामी सबैको भलो छ ।

No comments:

Post a Comment