जातीय भेदभावविरुद्धको मुद्दा गाउँमा नमिलाउन भन्दै बर्दियामा अभिमुखीकरण कार्यक्रम सञ्चालन

विभेद बिरुद्ध अभियान -  २७ चैत -बर्दिया । धेरै मुद्दाहरु गाउँमै ढाकछोप गर्ने चलन अझै पनि विद्यमान छन् हाम्रो समाजमा । कतिपय मुद्दाहरु कानूनी ज्ञानको अभावमा त्यसै ढिसमिस हुन जान्छन । तर अब जातीय भेदभावविरुद्धको मुद्दा सरकारवादी मुद्दा भएकोले गाउँमा नमिलाउन भन्दै बर्दियामा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।

पहिलो चरण्मा दलित समुदायको अत्याधिक बसोबास रहेको बढैयाताल गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा ल्याइएको छ । अहिले पनि जातिका आधारमा मानिसहरु माथि भेदभाव हुने गरेको र दलित समुदाय अपहेलित हुने गरेको भन्दै दलित महिला सँघ बर्दियाले बढैयाताल गाउँ पालिकाका ९ वटा वडाका पदाधिकारीहरुलाई जातिय भेदभाव तथा छुवाछुट कसुर र सजाए ऐन २०६८ का बारेमा जानकारी गराएको हो ।

पछिल्लो समय बढैयाताल गाउँपालिका भित्र जातीय भेदभाव तथा छुवाछुतको घटनमा बृद्धि भएका कारण जातीय भेदभाव बिरुद्ध कसुर र सजायका बारेमा जानकारी गाराउँने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको दलित महिला संघ बर्दियाकी अध्यक्ष हिमा सुनारले बताउँनु भयो ।

स्थानीय निकायको निर्वाचन पछि निर्वाचित भएका जन प्रतिनिधिहरुलाइ मुद्धाहरुको सुनुवाई गर्ने कानुनी अधिकार दिईएकोले यस्ता किसिमका कानुनी जानकारी दिने कार्यक्रमले मद्धत पुग्ने बढैयाताल गाउँपालिकाका उपाध्यक्ष दिपा गौतमले बताउँनु भयो ।

निर्वाचित जन प्रतिनिधिहरुलाई कानुनी सचेतना दिन शुरु गरिएपछि गाउँ र समाजमा यस्को प्रभाव सकारात्मक पर्ने विश्वास लिइएको छ ।

No comments:

Post a Comment