गायिका जलजला परियारको उपचार सफल ,आर्थिक अभावका कारण छिट्टै नेपाल फर्कंदै

विभेद बिरुद्ध अभियान - चैत्र २१  - गायिका जलजला परियारको दिल्लीमा सफल उपचार भएकोे छ । दिल्लीको अपलो अस्पतालमा किड्नी प्रत्यारोपण सफल भएको जलजलाका बुबा नारायण परियारले  बताए ।

लामो समयदेखि किड्नीमा समस्या आएका कारण छोरी उपचारमा यो परिवार निकै लागिपरेका थिए । नेपालको सामान्य उपचारपछि जुटेको सहयोग रकम बोकेर उनको परिवारले जलजलालाई  फागुन २५ गते दिल्ली लगिएको थियो ।

जलजलालाई उनकी आमाले किड्नी दिएकी थिइन् भने प्रत्यारोपण डाक्टर सन्दीप कुमार गलरियाको टिमले गरेको थियो ।किड्नी प्रत्यारोपणका लागि मात्रै २२ लाख लागेको बुबा नारायणले बताए ।

आर्थिक अवस्था निकै कमजोर रहेको यस परिवारले नेपालमा नै जलजलाको उपचारका लागि ५ लाखभन्दा बढी खर्च गरिसकेको थियो ।

जलजलाको बुबा भन्छन्– ‘अहिले जलजलाको अवस्था राम्रो भए पनि चिकित्सकको भनाइअनुसार १ महिना अपलो अस्पतालमा नै राख्नुपर्ने हुन्छ तर आर्थिक अभावका कारण हामी केही दिनमा नै नेपाल फर्कंदै छौं ।’ मृत्युको मुखमा पुगेकी छोरीको सफल उपचार हुँदा अहिले जलजलाको परिवार निकै खुशी भएका छन् ।

आफ्नी छोरीको जीवन बचाउनका लागि सहयोग गर्ने सबै सहयोगी हातहरूलाई पनि उनले धन्यवाद दिएका छन् ।

No comments:

Post a Comment