युरोपेली सङ्घको सहयोग ५ जिल्लामा जातीय छुवाछूतविरुद्ध अभियान


विभेद बिरुद्ध अभियान -काठमाडौँ, ७ वैशाख । जातीय भेदभाव हटाउनका लागि पाँच जिल्लामा जातीय भेदभावविरुद्ध साझा अभियान सञ्चालन गरिएको छ ।

नेपाल राष्ट्रिय दलित सामजिक कल्याण संगठनले जातीय छुवाछूत हटाउन जाजरकोट, कालीकोट, सुर्खेत, सिरहा र महोत्तरीमा अभियान सञ्चालन गरेको अभियानका कार्यकारी निर्देशक मोहनसिंह सुनारले जानकारी दिनुभयो । उहाँका अनुसार बढी दलित भएको जिल्ला छनोट गरी अभियान सञ्चालन गरिएको हो । ती पाँच जिल्लामा करीब २९ प्रतिशत दलित छन् ।

अभियान तीन वर्षसम्म चल्नेछ । युरोपेली सङ्घको सहयोगमा ती जिल्लामा सङ्गठनका सामाजिक परिचालकले जातीय छुवाछूतबारे अभियान सञ्चालन गर्नेछन् । अभियानका क्रममा जातीय भेदभावविरुद्ध विद्यमान कानूनबारे प्रभावकारी रुपमा पैरवी गर्ने, जातीय भेदभाव विरुद्धको कुरा मानवाधिकार हो भन्ने कुरा अभियानका क्रममा बुझाइने उहाँले बताउनुभयो । संगठनका अध्यक्ष त्रिलोकचन्द्र विश्वासले गैरदलितसँग मिलेर जातीय छुवाछूत हटाउन अभियान सञ्चालन गरिने बताउनुभयो । 

No comments:

Post a Comment