दलित भनी कोठाबाट निकालिएका पिडितको जहेरी दर्ता नगरी झर्रो टार्ने प्रयासमा प्रहरी

विभेद बिरुद्ध अभियान - चैत्र २२   - सिन्धुपाल्चोक जिल्ला साबिक बतासे गा.बि.स २ हाल चौतारा सागाचोकगढी नगरपालिका २ घर भई श्री आनन्द माध्यमिक बिधालय जलबिरेको कक्षा १० मा अध्यनरत बर्ष १७ का छात्र किसन मिजार, सुमन मिजार साबिक सेलाङ गा.बि.स १ हाल जुगल गाउपालिका ३ स्थित बर्ष १६ का विद्यार्थीहरु एसईई दिन गएको श्री रत्नराज्य माध्यमिक बिधालय जुगल गाउँपालिका ५ नजिकै आफ्नो अभिभावकले खोजिदिएको डेरामा बस्न जादा घर मालिकले आफ्नो र आफ्ना परिवारको बिषयमा सोधपुछ गरे पश्चात तिमीहरु घरमा बस्न मिल्दैन भन्दै निस्कन भनेका थिए । घरमुली चेतनारायण पौडेल दोवङ्पोखरी आधारभुत बिधालयका प्र.अ समेत हुन् । 

छलफलमा विद्यार्थीलाई आफुहरुले त्यस्तो विभेद नगरेकोले आफुले कुनै अपराध नगरेको पौडेलले जिकिर गरे भने विद्यार्थीहरु आफुहरु दलित भएकै कारण कोठाबाट निकालेको पिडितको भनाइ छ । सो घटना सार्वजनिक भएपश्चात चैत्र ०८ गते इलाका प्रहरी कार्यलय जलबिरेमा मुद्दा दर्ता गरी पटक पटक प्रहरीसँग घटनाको विषयमा जानकारी लिन खोज्दा प्रहरीद्वारा सो घटना भएको वडाध्यक्षसँग समन्वय गरी मेलमिलाप गर्न अनुरोध गरि प्रहरीले आलटाँल गरे पछि गत चैत्र २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी गरिएको थियो । 

सो उजुरी पश्चात २३ गते उक्त विभेदका घटनामा पिडित र पिडक पक्षलाई उपस्थिती गराई छलफल गरे पनि प्रहरीले उजुरी दर्ता नगरी उक्त घरमा डेरामा बस्नेसंग थप बुझेर मात्रै सो उजुरी उपर कारबाहि गरिने भन्दै प्रहरी विमल राज कँडेलले आइतबारका लागि सो घरमा कोठामा बस्ने अन्य ७ जन विद्यार्थीलाई झिकाई बुझुपर्ने भन्दै उजुरी दर्ता गर्ने कार्यलाई रोेकेका छन् । 

यसरी उजुरी नै औपचारिक दर्ता नगरि अनुसन्धान गरेर मात्र दर्ता गर्ने नगर्ने निर्णयमा पुगिने प्रहरी प्रमुखको निर्णयले घटनालाई तोडमोड गर्ने चलखेल भएको दलित अभियान्ताको ठहर छ । यसरी प्रहरीले पिडितलाई राहतको ठाउमा आहत थपेको पिडितका बाबु ज्ञान बहादुर मिजार बताउछन् । यसरी प्रहरी विभिन्न बाहनामा पन्छिन खोजे पनि न्यायका लागि लडिरहने र यसैगरि प्रहरीले आइतबार बोलाईएको छलफलमा पनि पिडितलाई न्याय दिलाउने कुरामा सकारात्मक नभए सिधै अदालतमा जाने दलित एकता संजाल नेपाल सिन्धुपाल्चोकका अध्यक्ष सुनिल मिजारले बताए ।

No comments:

Post a Comment