संकर जी ‘पत्रकारलाई यहाँ ईन्टरभ्यु लिने ठाउँ हैन भाई अन्त लिनुस भनेको भए कती राम्रो हुन्थ्यो’

विभेद बिरुद्ध अभियान - चैत्र २१  -  
आदरणीय शंकर बिसी दाई नमस्कार।

सर्वप्रथम म तपाईको नाम मा चिठी लेख्दै गर्दा सानो मान्छेको तर्फबाट ठुलो मान्छे सामु माफी माग्न चाहान्छु। तपाईको नाम जोडेर लेखेको चौथो स्टाटस र फोटो सहितको पहिलो स्टाटस हो।

त्यसबाहेक तपाईको नाममा आएका २ वटा न्युज सेयर गरेको छु। तपाई को बारेमा सामाजीक सञ्जालमा चर्चा बढी नै भएपछी अरु धेरैको बारेमा लेखिरहने म आफुले पनि लेख्ने कष्ट गरेको हु। राम्रो या नराम्रो जे लेखेपनि म लेखेर ठुलो हुने पक्कै हैन। लेख्ने मान्छेहरुले सत्य लेख्नुपर्छ ,कुन पक्ष नराम्रो हुन्छ कुन पक्षराम्रो हुन्छ त्यो सँग लेख्ने ले सरोकार राख्दैनन।

लेख्नेहरुको उदेश्य कसैलाई खुलाउनु पनि हैन र ठुला मान्छेलाई खुईलाउन पनि सक्दैनन बरु लेख्नेहरु साना मान्छे हुन त्यसैले आफै खुईलीन्छन। सत्य लेख्नेहरुको स्टाटस तपाईले पढ्नुभएको भए तपाईलाई अवश्य थाहा छ। लेखक खगेन्द्र सँग्रोला ,दिल निशानीहरुको स्टाटसको मुनी तिर हेर्नुभो भने त्यहा जिउदा मान्छेलाई श्रध्दान्जली लेखेका हुन्छन, पागल बौलाहा यस्तो धेरै सज्जन र ठुला मानेछेहरुले लेख्छन।

मेरा स्टाटटसको मुनितिर पनि यि कुराहरु नौलो लाग्न छाडीसकेको छ। साम्य भैसकेको समस्या तपाई प्रशासन र अदालत पुगेपछी फेरी चर्चामा आयो त्यसैले म आफ्नो सुत्ने समयलाई १ घन्टा कटौती गरी सुरु देखी अहिलेसम्म मैले जानकारी लिएको र मेरो क्षमताले बुझेको कुरा बुदागत रुपमा लेख्दै छु।

१)अचेल पत्रकार बन्नेको होड छ। अनलाइन पोर्टल , ब्लग चलाउने अनलाईन पत्रकार देखी युटुबमा राख्न ईन्टरभ्यु लिने पत्रकार अनलाईन साईट हिट गर्न झुट समचार पनि लेखिदीने कपिपेस्ट गरिदीने, युटुब सस्क्राईब बढाउन जस्तो पायो त्यस्तो , छाडा ईन्टरभ्यु लिईदीने सबै यतीबेला पत्रकारनै हुन। पत्रकार र पत्रकारीताको बारेमा मैले केही दिन अगाडी स्टाटस लेखेकोले यहाँ धेरै दोहोराउन चाहान्न।

पत्रकारले जँहा सम्म गल्ती गर्यो भने पत्रकार लाई केही भन्नै नमिल्ने हुदै हैन पत्रकार भगवान हैनन तर पत्रकार ले ड्रेस चेन्ज गर्ने ठाउँ अगाडी ईन्टरभ्यु लियो भन्दै गर्दा पत्रकार लाई तपाई जस्तो बरिष्ठ ब्यक्ती ले राष्टीय लोकदोहोरी प्रतिष्ठानको सचीब ले प्रयोग गर्ने त्यो भाषा गलत थियो।पत्रकारलाई यहाँ ईन्टरभ्यु लिने ठाउँ हैन भाई अन्त लिनुस भनेर भनेको भए कती राम्रो हुन्थ्यो होला!

तपाईले यहाँ उलेल्ख गर्नै नमिल्ने तुच्छ शब्दहरुको प्रहार , घोरीएर हेरेको कुरा लाई हैसीयत चाहीने कुरा तपाईले बोल्न हुने शब्द हैनन।साथीभाईहरुबिच रमाईलोमा तपाई ले बोलेका शब्दहरु पचाउन सकिन्छ तर मिडीयामा आएपछी पचाउन मुश्किल हुन्छ। पत्रकारले गलत गरेको छ र सम्झाउदा नमानेको भए रिपोर्ट गर्ने ठाउँ निकाय पत्रकार महासँघ प्रेसकाउन्सील छदै थियो। त्यसकारण तपाई गलत हो।

२) तपाई को बारेमा यो न्युज बाहीरिएपछी जसले जातीय हिसाब ले तुच्छ शब्द प्रयोग गरे तिनीहरु पनि गलत हुन।

३) तपाईको भाषामै म जान्ने भएको उमेरदेखी नै तपाईका म्युजीक भिडीयो घोरीएर हेर्ने श्रोता करोडौको बिचमा म पनि एक हुँ। थाहा छैन हेर्न र म श्रोता बन्न मेरो हैसीयत छ या छैन।

४) जहाँसम्म जातीय भेदभावको कुरा आयो यसमा म तपाई सँग पुरै सहमत छु।तपाई लाई जातीय भेदभाव को छुवाछुतको बारेमा बल्ल थाहा हुदै रहेछ तर जब म जान्ने भए हाम्रो समाज र देशमा जातीय भेदभाव र छुवाछुत ब्याप्त थियो र अहिले पनि ब्याप्त छ।यस्ता जातीय छुवाछुत भेदभावको म आफुले म बाहुनको छोरो भएपनि म कहिलै यस्ता घृणित कार्यमा संलग्न रहीन र छुवाछुत बिरुध्द परिवार र समाजमा निरन्तर बिद्रोह गर्दै आएको पनी छु।मेरो तपाई लाई प्रश्न!

के तपाईलाई जातीय भेदभाव बल्ल आफुलाई परेपछी थाहा भयो? पहिलै थाहा थियो तर समाजमा यत्रो भेदभाव रहेको थाहा हुदाहुदै तपाईलाई जस्तै अरु भेदभावमा पर्दा कती पटक कुन ठाउँमा अन्याय भेदभाव बिरुध्द बोल्नुभयो?तपाईलाई पर्नुभन्दा पहिला प्रशासन र अदालत कहिलै जानुभयो?के छुवाछुत तपाई माथी मात्र भयो ? अरु माथी भएको थिएन ?छैन होला ? एकचोटी आबेगमा नआईकन सोच्नु र आफै मनन गर्नुहोला।

५) पृथ्बी नारायण शाहले भनेको भाषामा नेपाल ४ जात र ३६ बर्ण को फुलबारी हो। जात हाम्रो पहिचान हो ।आज पनि यहा बिभीन्न जातीहरु आफ्नो पहिचानका लागि लड्दै छन। जात लाई जात भन्दा त कसैको पनि मन दुख्दैन तर तुच्छ भाषामा जातीय शब्द प्रयोग गर्दा सबैको मन दुख्छ तपाईलाई जसरी ति शब्दहरु प्रयोग हुदा मन दुख्यो।

म बाहुन हुँ बाहुन लाई बाहुन भन्दा त राम्रै लाग्छ तर समाजमा बाहुन लाई काठा भन्दा बाहुनको मन पनि दुख्छ। बाहुन लाई बाहुन भन्नु,मगर लाई मगर भन्नु,कामी लाई कामी भन्नु,दमाई लाई दमाई भन्नु पहिचान हो आखीर सबै मानिस हो तर समाजमा बाहुन लाई काठा भन्नेहरु मगरलाई लेडा भन्नेहरु,कामीलाई करेटा,दमाईलाई डुम भन्नेहरु सबै अशिक्षीत हुन,गलत हुन यिनीहरुले शिक्षा लिनुपर्छ र सँजायको भागीदार हुनै पर्छ।यो बारेमा म जान्ने भएदेखी बोलीरहेको छु तर तपाई आज आफुलाई परेपछी बल्ल बोल्दै हुनुहुन्छ।

तपाई आफुलाई पर्दा बल्ल अदालत र प्रशासन गुहार्दै हुनुहुन्छ।यस्तै गुहार हिजो अरुलाई पर्दा तपाईले गुहारीदिएको भए,बाहुनलाई काठा भन्दा गल्ती हो भनिदीएको भए के जान्थ्यो?यसअर्थमा तपाई मा स्वार्थ लुकेको छ।

६) समाज मा जातीय भेदभाव छ भन्ने मलाई त्यतीबेला थाहा थियो जतीबेला स्कुल मा पढ्दा,धनिहरुका छोराछोरीलाई पनि दलीत छात्रबृती भनेर बितरण गरिन्थ्यो तर हामी सामान्य परिवारका बिधार्थीलाई राम्रो अँक लिएर पास हुदा पनि बाहुन भनेर छात्रबृती कहिलै दिएनन।यस्तै कारणहरुबाट हैन जातीय भेदभाव बढेको?

अहिले झन दलित जनजाती भनेर आरक्षण बनाईएको छ।यस्ता आरक्षण को अर्थ केहो? भेदभाव हैन?तपाई लोकसंगित क्षेत्र को मोडल निर्देशक, म सानै छदा राजुपरिवार को सुनपानीले छर्क मायालु,हिउखोलीको पानी,बिष्णु खत्रिको अन्तरजातीय बिबाह भाग १, २ सुन्ने गर्दथे तपाई त त्यही पुस्ताको कलाकार नसुन्ने कुरै भएन भेदभाव छ समाजमा भन्ने ति गित सुन्दा पनि लागेको थिएन?

७) जसको जुन क्षेत्रमा क्षमता छ त्यहाँ जातीय आधारमा भेदभाव छैन भन्ने मलाई लाग्दछ ।मोडलीङमा तपाई सँग क्षमता थियो ,तपाईलाई सबैले मोडलीङ मा एक नम्बर नै बनाईरहे,निर्देसन गर्न तपाईलाई नै दिए,यहाँ जातीय भेदभाव रैनछ हैनत?राजु परिवार को गाउने क्षमता थियो,यस्तै अन्य गायक गायीका मोडल निर्देसक सबैले क्षमताको आधारमा अवसर पाएका छन,यही एउटा सँगित क्षेत्र रहेछ जहाँ कसैलाई आरक्षण हैन क्षमताले सफल बनाएको छ हैनत?सरकारी क्षेत्रमा हेर्नुस

त कती भेदभाब छ आरक्षण?आरक्षण के सही जस्तो लाग्छ?भेदभाव त सरकारी क्षेत्रमा देखीयो बरु जँहा दलित जनजाती महिला मधेसी,आरक्षण छुटाईयो हैनर?लोकसँगित क्षेत्रमा पनि सरकारी क्षेत्रमा जस्तै आरक्षणको ब्यबस्था थियो भने तपाई सहनुहुन्थ्यो?

८) आत्महत्या:आत्महत्या ठुला मान्छेहरुले सोच्ने कुरा हैन ,तपाईले एउटा मिडाया मा बोलेको कुरा मैले सुने अनि त्यो आत्महत्या भन्ने शब्द मलाई मन परेन।जातीय भेदभाव या अन्य कुनै भेदभाव र समस्या सँग बाँचेर लड्ने हो आत्महत्या समस्याको समाधान हैन।जिबनमा पिडा सबैलाई हुन्छ ति पिडा तनाब र आँशु भुलेर रमाउनु नै जिन्दगी हो।

९) न्याय अदालत र प्रशासन:तपाईले अब आफ्नो गलत स्विकार्नु र आगामी दिनमा बोल्दा बिचार पुराउनु नै न्याय हो जस्तो लाग्छ।प्रशासन गएर अदालत गएर केही होला जस्तो मलाई लाग्दैन।यो पुलिस जिउदै जलाउनेलाई सफाई दिने देश हो।यो अरबौ भ्रष्टाचार गर्ने चुडामणी शर्मा,र गोपाल खड्का हरुले सफाई पाउने देश हो।यो छोराको हत्यारालाई कार्बाही को माग गरेर अनसन बस्दाबस्दै न्याय नपाएर मर्ने नन्दप्रसाद अधीकारी हरुको देश हो।तपाईलाई करोडौ श्रोताले न्याय गरेका छन् त्यसैले अब यि कुरा भुलेर सरासर आफ्नो दैनीकीतिर लाग्नु नै न्याय हो।

अन्तत:तपाईले बोलेका शब्दहरु र जातीय हेराईबाट तपाईमाथी गाली गर्दै प्रयोग भएका शब्द हरु सबै गलत हुन।गलत लाई दुबैपक्षले गलतको रुपमा बुझ्दै सानातिना कुराहरुलाई ठुलो बनाउने तिर जानुहुदैन।प्रेसस्वतन्त्रता को मर्म हामी नभुलौ र जातीय छुवाछुत भेदभाव,लैङ्गीक भेदभाब ,बर्गीय उत्पिडनको बिरुध्द आफुलाई पर्दा मात्र हैन सबैलाई पर्दा बोल्ने गरौ। आदरणिय शङ्कर दाई मपनि लोकसँगित क्षेत्रको सानो लोकपारखी भएको ले यती लेख्ने कष्ट गरेको हु ।यो एउटा तपाईको श्रोताको माया सम्झनुहोला।

हुनत अब मैले यती भनेपछी म सँग सहकार्य गर्न तपाईको मनले नमान्न सक्छ अब छिटै तपाईसँग १/२ वटा गितहरुमा सहकार्य गर्ने सोच मा म आफै पनि छु यदी तपाई नरिसाएको खण्डमा मात्र। तपाई लाई श्रोताले न्याय गर्छन तपाईले श्रोतालाई माया गर्नुस ताली र गाली दुबै चिज कलाकार हरुको लागि महत्वपुर्ण हुन्छ जस्तो लाग्छ।बरु तपाई सम्म यो मैले लेखेको सुझाब आईपुगेमा तपाई नै सेयर गर्नुहोला यो महान हुनेछ भन्दै बिदा माग्दछु।

No comments:

Post a Comment