स्थानीय दलित जनप्रतिनिधि महिलाको क्षमता अभिवृद्धिमा जोड

विभेद बिरुद्ध अभियान , बैसाख ७ - काठमाडौँ:  दलित महिला अधिकारकर्मीले स्थानीय दलित जनप्रतिनिधि महिला सदस्यको क्षमता अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन् ।

दलित महिला संघ (फेडो) द्वारा यहाँ आज आयोजित अन्तक्र्रियामा नयाँ शक्ति नेपालकी नेत्री दुर्गा सोवले प्रत्येक वडामा एक जना दलित महिला अनिवार्य गर्नु सकारात्मक भएको भन्दै नेतृत्व विकासका लागि थप क्षमता अभिवृद्धि गर्ने बताउनुभयो ।

काठमाडौँ महानगरपालिका वडा नं १७ की वडा सदस्य कविता दाश दर्नालले वडा अध्यक्षले छलफलबाट सामूहिक निर्णय गर्नेभन्दा पनि सदस्यलाई अधिकारबाट बञ्चित गर्दै एकल निर्णय गर्दै आएको गुनासो गर्नुभयो ।

सदियौँदेखि आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा पछाडि पारिएको दलित समुदायभित्र पनि दलित महिला दोहोरो विभेदमा पर्दै आएका छन् । (फेडो) की अध्यक्ष कला स्वर्णकारले स्थानीय तहमा निर्वाचित दलित महिलाको अधिकार बढाउन नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहमा करीव सात हजार ६४२ जना दलित समुदायको प्रतिनिधित्व (महिला छ हजार ५६६, समानुपातिक) रहेको छ । प्रदेशसभामा १९ (पुरुष छ, महिला १३), प्रतिनिधिसभामा ३२ (पुरुष २६, महिला छ) र राष्ट्रियसभामा सात जना महिलासहित ५८ (पुरुष ३९ र महिला १९) दलित प्रतिनिधिको सहभागिता रहेको छ ।

No comments:

Post a Comment