प्रहरी भ्यानको ठक्करबाट घाइते रोशना रामुदामुको विचल्ली, दुर्घटना गराएर जिम्मेवारीबाट भाग्दै प्रहरी

विभेद बिरुद्ध  अभियान  - ४  वैशाख ।महानगरीय प्रहरी वृत्त कमलपोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ति भ्यानको ठक्करबाट गम्भिर गाईते भएकी २० वर्षीया रोशना रामुदामुको परिवारले घाईतेको उपचार खर्च नव्यहोरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पीडित परिवारले पत्रकार सम्मेलन गरेर उपचारमा लागेको करिब १२ लाखसहित थापाथलीस्थित् नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारत रामुदामुको भविष्य सुनिश्चित हुनेगरि कानूनी तवरबाट उपचार गर्न माग गरेको हो ।

रोशनाका काका सुवेन्द्र रामुदामुले प्रहरी प्रसाशनले घाईतेको उपचारमा लागेको खर्च व्यहोर्न सक्दैनौ भन्नु कानूनको उल्लंघन गर्नुसरह भएको बताए । उनले भने,‘२० वर्षीया कलिलो छोरीले जीवन आधा बनाउनु परेको छ, पहिले जस्तो बोल्न सक्दैनन्, पहिलेकोजस्तो लय छैन्, अरुको साहारामा हिड्न थालेकी छिन्, जनताको सुरक्षाको लागि खटिएका प्रहरीबाट दुर्घटना हुन्छ र प्रहरी प्रसाशनले नै उपचार खर्च तिर्न सक्दैनौं भन्छ, यो भन्दा अरु लाजमर्दो कुरा के हुन सक्छ ?’

उनले अघि थपे,‘अस्पतालमा उपचार गरिहरहेकी हाम्री छोरीले पीडकलाई कारबाही होस् भनिरहेकी छिन्, आफूलाईजस्तै अरुलाई कसैलाई पनि अन्याय र दुःख भोग्न नपरोस्, अब हामी के गर्न सक्ने भनेको कानूनको साहारा लिने हो, यदि अधिकार प्राप्त नभएको खण्डमा हामीले जुनसुकै आन्दोलन गर्न बाध्य हुनेछाँै।’
सवेन्द्र रामुखामुले महानगरिय प्रहरी वृत्त कमलपोखरीको लापरवाही र अलमलमा पारेर पीडितलाई न्याय नदिने खेललाई अदालत लैजानको लागि पहल भईसकेको जानकारी दिएका छन् ।

उनले भने,‘उपचारको २९ औं दिनमा अस्पतालले प्रहरीको भ्यानले ठक्कर दिएको थाहा पायो, त्यसपछि मात्रै हामीले कानूनी प्रक्रियामा जाने निर्णय गर्यौ, धन्नै ३५ दिन कटेको भए उक्त घट्नाको बारेमा कुनैपनि कानून नलाग्ने स्थिति थियो, तर हामी अदालती प्रक्रियासँगै कानूनी उपचार खोज्न पुगेका छौँ।’

उनले अघि थपे,‘उक्त दुर्घट्नामा क्षतिग्रस्त बाईकको कुनै प्रक्रिया अघि बढेको छैन्, दुर्घट्ना गराउने चालक र सवारीसाधनले नै सम्पूर्ण क्षति व्यहोर्नुपर्ने हो, प्रहरी जवानले क्षतिपूर्ति तिर्न नसक्ने बताएको प्रहरी नायव निरिक्षक कुलदीप चन्दले हामीसँग भनेका छन्, बिमा वापतको तीन÷चार लाख रुपैयाँ दिन सक्ने चन्दले बताएका छन्, तर अस्पतालमा करिब १२ लाख उपचार खर्च लागेको छ, छोरीको रिफर गर्ने बेलामा हामीले कसरी त्यत्रो पैसा तिर्ने ?’

पीडित परिवारद्धारा जारी प्रेस वक्तव्यको पूर्णपाठ

मिति २०७४/१२/२८
प्रेस विज्ञप्ती

आदरणीय पत्रकार साथीहरु,

सर्वप्रथम यहाँहरुलाई गत फागुन १७ गते राजधानीको कमलादी स्थित प्रभु बैंकको अगाडि महानगरिय प्रहरी वृत्त कमल पोखरीको बा.१ झ ७३२२ नम्बरको गस्ति भ्यानले कलंकी निवासी राजेन्द्र रामुदामुको २० वर्षीया छोरी रोशना रामुदामु र २१ वर्षिय छोरा रोनस रामुदामुले चलाएको बा १७ प ५६०७ नम्बरको बाईकलाई ठक्कर दिदा निज दुवै सख्त घाईत भएको कुरा जानकारी गराउँछु ।

उक्त दुर्घटना पछि घाईते दुवैलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि भर्ना गरिएको र रोनस रामुदामुको सोही ट्रमा सेन्टरमै उपचार भएको थियो । रोशना रामुदामुको ट्रमा सेन्टरमा आईसियू खालि नभएको हुँदा थापाथली स्थित नर्भिक अन्तराष्ट्रिय अस्पतालमा रिफर गरिएको थियो । हालसम्म पनि उनको उपचार सोही अस्पतालमा भैरहेको छ । रोशना रामुदामुको टाउको, खुट्टा र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ ।

एक महिनाको उपचार पछि अङ्गभङ्ग भएकी छोरीलाई घर फर्काउन हामी परिवार राजी भएको स्थितिमा महानगरिय प्रहरी वृत्त कमल पोखरीका प्रहरी नायव उपरिक्षक कुलदीप चन्दले उपचारमा लागेको खर्च प्रहरी प्रशासनले नव्यहोर्ने जानकारी दिए पछि हामी सबै भन्दा बढि दुखि बनेका छाँै । छोरीको उपचारमा लागेको खर्च तिर्न नसक्ने प्रहरी प्रसाशनलाई हामीले कसरी बुझ्ने ?

कानून कार्यन्वयन गर्ने निकायले नै सर्वसाधारणलाई अङ्गभङ्ग हुनेगरि दुर्घटना गराउने अनि लागेको उपचार खर्चसम्म पनि तिर्न नसक्ने भनेपछि हाम्रो प्रहरी प्रसाशन कति गैर जिम्मेवार छ भन्ने कुरा पुष्टि हुन्छ । उक्त भ्यानका चालक रमन कार्कीले व्यक्तिगत रुपमा क्षेतिपूर्ति तिर्न नसक्ने र प्रहरी प्रसाशनले कार्कीलाई कारबाही मात्र गर्न मिल्ने बताएको छ । यस्तो स्थितिमा हाम्रो अधिकारको लागि कहाँ जाने ? के गर्ने ?

त्यसैले पत्रकार साथीहरु यस्ता दुखद परिस्थितिमा पुगेको हाम्रो परिवारलाई न्याय दिनको लागि तपाईहरुको साथको खाँचो छ । छोरी रोशनाको उपचारमा लागेको करिब १२ लाख र छोरा रोनसको उपचारमा लागेको करिब ८० हजार रुपैयाँ क्षति पूर्ति प्रदान गर्नको लागि हामी प्रहरी प्रसाशन तथा सरकारसँग जोडदार माग गर्दछौं ।

हाम्रा मागहरु :

तत्काल उपचारमा लागेको खर्च व्यहोर्नु पर्ने ।

छोरीको भविष्य शुनिश्चितताका लागि उचित आर्थिक सहयोग प्रदान गर्नुपर्ने ।

कानूनले तोकेको बिमा वापतको क्षतिपूर्ति प्रदान गर्नुपर्ने ।

राजेन्द्र रामुदामु 
पीडितका बुबा

No comments:

Post a Comment