प्रदेशसभा ७ कि सांसद अर्चना गहतराजले डेरा नपाएपछि समस्यामा

विभेद बिरुद्ध अभियान - चैत्र २१  -  प्रदेश नम्बर ७ मा प्रदेशसभाकी सांसद अर्चना गहतराजले लामो समयदेखि सदरमुकाम धनगढीमा डेरा खोज्दा पनि फेला पार्न सकेकी छैनन् । डोटी जिल्लामा रहेर लामो समय देखि जातीय विभेद र छुवाछुत विरुद्धको आन्दोलनमा होमिदै आएकी प्रतिनिधि पात्र पनि हुन प्रदेस सदस्य गहतराज । तर, उनी आफैले डेरा नपाएपछि समस्यामा परेकी छिन् । 

दलित महिलाको प्रतिनिधित्व गर्दै समाज रुपान्तरणका लागि निरन्तर रुपले  जातीय र लैङिगिक विभेदका विरुद्धको अभियानमा संलग्न हुँदै आइरहेकी र हालकी सांसद समेतले डेरा पाउन नसकेपछि सुदूरपश्चिममा छुवाछुतको अवस्था कस्तो छ भनेर थप व्याख्या गर्नु पर्दैन ।

समाजमा व्याप्त विसंगति ,विकृति अन्याय र अत्याचारको जाँतोमा पिल्सिरहेका पिडीतहरुको सेवा र उनिहरुको पक्षमा वकालत गर्ने अभिप्रायलेनै उनि सामाजिक आन्दोलनमा उत्रिएकी महिला आन्दोलनकी एक हस्ताक्षर हुन । उनले महिलामाथि हुने विभेद र जातीय छुवाछुत जस्तो विकासको बाधक जस्तो कुरितीलाई सदाका लागि अन्त्य गर्नेका बाचाका साथ पार्टी आन्दोलनमा होमिएको भएतापनि समाजको कुरितीजन्य संरचनाका कारण जातीय विभेद भोग्न बाध्य हुँदै आएकी छिन् । नीति निर्माणको तहमा पुगेकी महिलाले समेत छुवाछुतकै कारण डेरा पाउन नसकेपछि यस क्षेत्रमा मानवीय चेतनाको दयनीय अवस्थामा सबैभन्दा पहिला सुधार ल्याउनुपर्ने देखिएको छ । प्रदेस सांसद गहतराजले दृष्टि प्रतिनिधिसँग एक महिना देखि धनगढीमा डेरा खोज्दा पनि नपाएर भौतारिनु परेको गुनासो पोखिन् । 

उनले भनिन्– ‘शुरुमा कोठा छ कि भनेर सोध्यो भने घरबेटीले छ, कति कोठा चाहियो भनेर जवाफ माग्ने र पछि आफ्नो परिचय र जात दिंदा कोठा प्याक छ । अर्को दिन सोचौंला, घरपरिवारमा सर–सल्लाह गरेर भिनौंला भन्छन् ।’कोठा खोज्न लागेको एक महिना सम्मपनि पाउन नसकेपछि आफन्तको घरमा गुजारा टार्न बाध्य भएको उनले दुखेसो पोखिन । ‘कति दिन आफन्तकोमा बस्ने ? जनता आउलान, कार्यकर्ता देखि लिएर सेवाग्राही भेटघाटका लागि आउँदा कहाँ लैजाने ?’यस्तै गुनासो र दुःखेसो नेपाली काँग्रेसबाट समानुपातिकका प्रदेस सदस्यमा मनोनित भएकी रमा वादीको पनि छ । प्रदेस नंम्बर ७ की सदस्य रमा वादी भन्छिन्, ‘जातीय छुवा छुतका कारण धनगढीमा कोठा नपाएको अवस्था छ ।’ 

खाली भेटिएका कोठामा घरबेटीले परिचय लिएपछि कोठा अन्तै दिन ठिक पारेको, घरमा सल्लाह गर्नुपर्नेभन्दै पन्छाउने गर्दछ । रमाले भनिन– ‘७ नम्बर प्रदेसको विकासको बाधक जातीय छुवाछुत रहेको र यसको उन्मूलन नभए सम्म समाजको विकास सम्भव हुन सक्दैन ।’

दलितको प्रतिनिधित्व गर्दै नेपाली काँग्रेसबाट प्रदेस सभाका लागि सदस्यमा मनोनित टेक बहादुर रैकाको भने फरक अनुभव सुनाए । मन्दिर, सार्वजनिक धारा, पँधेरो, पाटी पौवा देखि लिएर सामाजिक कार्यमा दलितहरुलाई विगत देखिनै समावेश नगरिने तितो अनुभव सुनाउँदै उनले जनताको मानसिकता बदल्न समय लागेको बताए । हाल आएर समाजको चेतनास्तरमा सुधार आँउँदै गरेका कारण छुवाछुतमा केहि हदसम्म कमि आएको र आउने क्रममा रहेको सांसद टेक बहादुर रैकाको भनाइ छ ।

नेपालको कानुनले  कसैले पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेशाका आधारमा जातीय भेदभाव तथा छुवाछुत गरेको घण्डमा त्यसलाई दण्डिनीय अपराध मानेको छ । तर, व्यवहारमा भने सुदूरपश्चिममा डरलाग्दो जातीय छुवाछुत विद्यमान रहेको छ ।

प्रदेस नम्बर ७ मा प्रतिनीधित्व गर्ने जम्म ५३ जना सदस्य मध्ये  टेक बहादुर रैका , रमा वादी नेपाली काँग्रेसबाट, अर्चना गहतराज, दुर्गा विक एमालेबाट, मान बहादुर सुनार र शान्त नेपाली माओवादीबाट गरि जम्म ६ नाना दलित संसद सदस्यहरुले प्रतिनिधित्व गरिरहेका छन् । 

No comments:

Post a Comment