"दलितमाथि गरिने छुवाछुत अन्त्य गर्नका लागि स्थानीय सरकारले के गर्न सक्छ ?"
Saturday, April 7, 2018
विभेद बिरुद्ध अभियान - चैत्र २२ - जातीय छुवाछुत कानुनी अपराध हो । नेपाललाई सरकारले नै जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिसकेको छ । तर पनि अहिले समाजमा जातकै आधारमा भेदभाव हुनेक्रम रोकिएको छैन । अहिले पनि दलित भएकै कारण मान्छेहरू कथित उपल्लो जातबाट कुटिएका छन् । समाजमा अहिले पनि दलितमाथि विभेद गर्नेक्रम रोकिएको छैन । पानी पँधेरो होस् वा घरभित्र सामान छुँदा समेत दलितले यातना व्यहोर्नु परिरहेको छ । शिक्षित व्यक्तिहरूले नै दलित माथि जातीय विभेद गर्ने र मन्दिरमा समेत रोक लगाउने गरेको पाइन्छ ।
"दलितमाथि गरिने छुवाछुत अन्त्य गर्नका लागि स्थानीय सरकारले के गर्न सक्छ ?" यसै विषयमा आज हामी प्यूठान जिल्लाको प्युठान नगरपालिकाको झिमरुक फांटमा छलफल गरिरहेका छौ ।
कान्तिपुर टेलिभिजनमा प्रसारित समकोण कार्यक्रममा प्रसारित छलफलमा हुनुहुन्छ जिल्ला समन्वय समिति महासंघका अदक्ष्य, सिता सुन्दास , यसैगरी अर्का अतिथि हुनुहुन्छ, जनसांस्कृतिककर्मी तथा जनगायक, जीवन शर्मा र प्युठान बहुमुखी गाउपालिकाका अदक्ष्य , तुलसा सुनार ।
एक दशक अघि सिक्ने क्रममा सुरु भएको थियो मेरो ब्लग यात्रा ।एकोहोरो शैलीमा देश, समाज र व्यक्तिहरूबारे मन लाग्दो लेख्दै टास्दै आए ।सुरुवाती दिनमा त्यति साह्रो गम्भीरता र जिम्मेवारी बोध गरेर लेखिएन फेरी पनि बुद्धिले जति भ्यायो, जे मन लाग्यो उही लेख्दै आइयो । लेखाइमा उन्मुक्त र निर्धक्क उडियो । तर जब आफ्नै दाजुभाई दिदीबहिनी जातका कारण यत्रतत्र पिडित भएको देखे सुने पढे अनि त्यहि पीडाको, पिडितको लहरमा एकाकार भएर जाने बुझेको लेख्न थाले।
दलित समुदायको पिडा ,खुसि देखि आन्दोलन सँग मेरो अनौठो साइनो गाँसिएको छ, यो साइनोलाई म जिन्दगीभर बचाएर राख्न चाहन्छु। एक प्रकारले यो ब्लग मेरो र नेपाली दलित समुदायको साइनो नटुटोस भनेर मैले गरेको बिमा हो। दलित समुदायले भोग्नु परेका सामाजिक समस्या, उत्पीडन , ज्यादतीको बिरुद्दमा , विभेदको बिरुद्दमा आफुलाई मिसाउने सानो प्रयास हो ।दशक देखि मेरो ब्लगिङमा प्रत्यक्ष-परोक्ष साथ दिने अनि आलोचना र विरोधको स्वर उरालेर कुतकुत्याउने सबैलाई आभार !
गोपाल परियार शिवा
No comments:
Post a Comment