दलितहरुको साझा संस्थाको रुपमा दलित महासंघ बनाउन जोड

विभेद बिरुद्ध अभियान - चैत्र १९  -धरानः एक नम्बर प्रदेश सांसद उमिता बराइलीले दलित आन्दोलन एकीकृत नहुँदा प्राप्त उपलब्धी समेत गुम्न सक्ने खतरा भएकाले सबै दलितहरुको साझा संस्थाको रुपमा दलित महासंघ गठनमा लाग्नुपर्नेमा जोड दिएकी छन् ।

दलित उत्थान समन्वय समिति धरानले ५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मार्च २१ का अवसरमा बुधबार धरानमा आयोजित प्रभातफेरी पश्चात् संघीय नेपालमा दलितका सवाल अन्तक्र्रिया कार्यक्रममा उनले सो कुरा बताएकी हुन्।

कार्यक्रमको प्रमुख अतिथिसमेत रहेकी उमिताले संघीय व्यवस्थामा दलितहरु राजनीतिक, जात, भूगोल, धर्म आदिमा विभाजित हुँदा दलित आन्दोलन कमजोर हुने भएकाले एउटै साझा मञ्च बनाएर अगि बढ्नु पर्नेमा जोड दिएकी छन् । उनले भनिन्–‘संविधानमा दलितका अधिकार आंशिक रुपमा उल्लेख भएकै कारण अहिले महिलाको कोटा पु¥याउन दलित महिला अनिवार्य बनाएका हुन् भोली हामीलाई नेतृत्व गर्न नसक्ने भन्दै राजनीतिक दलका नेताहरुले अबसरबाट समेत बञ्चित गराउन सक्ने सम्भावना देखिएकाले दलितहरु एक हुनै पर्छ । सबैलाई मान्य हुने र आलोपालो नेतृत्व गर्नेगरी दलित महासंघको निर्माण गरौं ।’

अन्तक्र्रिया कार्यक्रममा पत्रकार तारा लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले संघीय नेपालमा दलितका सवाल विषयक कार्यपत्रमा अन्तर्राष्ट्रिय जातीय (रंगभेद) उन्मुलन दिवसका सन्दर्भमा बोल्दै नेपालमा दलित जाति र विभेदको अवस्थाका विषयमा प्रस्तुत गरेका थिए । दलित समुदायले मुक्तिका लागि गरेको संघर्ष र प्राप्त उपलब्धीका विषयमा समेत कार्यपत्रमा विषयवस्तु उठान गरेका थिए । त्यसैगरी कार्यपत्रमा स्थानीय तहमा प्रतिनिधि भए पनि पहुँच नभएको, दलित आन्दोलन अवसरमुखी मात्र भएको तर अधिकारमूखी नभएको दाबी गरेका थिए । कार्यपत्रमा आगमी दिनमा एकीकृत दलित आन्दोलन हुन नसके संघीयता दलितका लागि खतरा बन्न सक्नेतर्फ समेत सचेत गराएका छन् ।

कार्यपत्रमा दलित अधिकारकर्मी लालबहादुर सिन्च्यूरी, विनोद विश्वकर्मा र गोविन्द दर्नालले टिप्पणी गरेका थिए । त्यसैगरी सोही कार्यक्रममा धरान–१६ की वडा सदस्य लक्ष्मी लकान्द्री, नेपाली काँग्रेस धरानका सचिव युवराज शंकर, दलित उत्थान समन्वय समिति धरानका पूर्व अध्यक्ष लिला शंकरलगायतले समेत दलित आन्दोलन छरपष्ट हुन नहुने भन्दै सबै दलितका साझा समस्या भएको हुनाले अब दलितहरु एक भएर अधिकार प्राप्तिको निम्ति संघर्षमा होमिनुपर्ने बताएका थिए ।

धरानको भानुचौक घण्टाघर परिसरबाट शुरु भएको प्रभातफेरी महेन्द्रपथ–छाताचौक–चतरालाईन हुँदै धरान उपमहानगरपालिका परिसरमा रहेको कर्मचारी एशोसिएशनको सभाहलमा पुगी अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको हो । सुमन गहतराजले सञ्चालन गरेको कार्यक्रममा धरान उपमहानगरपालिकाका कार्यपालिका सदस्य किशोर परियारले स्वागत मन्तव्य राखेका थिए । दलित उत्थान समन्वय समितिका अध्यक्ष दिलबहादुर रामदामको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विश्वकर्मा कल्याण सेवा समितिका अध्यक्ष केदार बराईली, परियार सेवा समाजका केन्द्रीय सदस्य लक्ष्मण दास, केन्द्रीय सल्लाहकार डिल्लीराम शिवा, जिल्ला अध्यक्ष खगेन्द्रबहादुर नेपाली, मिजार सेवा समाजका धनबहादुर हमाल, मरिक (डोम) सामुदाय उत्थान मञ्चका रामधारी मरिक, धरान उप–महानगरपालिकाका विभिन्न वडाका दलित महिला सदस्यहरु, विभिन्न राजनीतिक दलसम्बद्ध जातीय मोर्चाका प्रतिनिधिहरु, दलित समुदायका व्यवसायी तथा मजदुरहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

No comments:

Post a Comment