बस्ने बास र खाने गास नभएको विक परिवारले सहयोग गरिदिन सबैलाई गरे अपिल

विभेद बिरुद्ध अभियान - बैसाख ६ - पाल्पा जिल्ला, तानसेन नगरपालिका कुनसरेका बल बहादुर बिश्वकर्मा परिवारको जङ्गलको बिचमा बस्दै आएको अवस्थाको विषयमा संचारकर्मी पूर्ण बिस्वकर्मा पहाडीले केहि दिन अघि सञ्चार माध्यममा  समाचार प्रकासन प्रशारण गरे पछि बिश्वकर्मा परिवारको भवन निर्माणका लागि सहयोग संकलन सुरु गरिएको छ। बिश्वकर्मा परिवारलाइ बस्ने घरको ब्यबस्थापनको लागि अहिले रसाइली परिवार एकता, विश्वकर्मा हेल्पिङ ह्याण्ड अराउण्ड द वर्ल्ड  सहित राष्ट्रिय द- लिड सशक्त युवा समूह नेपाल ले संयुक्तरूपमा अभियान शुरु गरेका छन । 

४५ बर्ष पुगेका बल बहादुर बिश्वकर्मा आफु पनि जन्म देखि नै अपाङ्ग छन्  ।  खुट्टामा घाउ भएका कारण उपाचार गर्न सकेका छैनन  भने  हात समेत छैन । श्रीमतिले मेलापात र सालको पात टिपेर बेच्ने काम गरेर आएको पैसाले ५ जनाको परिवार चलेको यो परिवार आफ्नो नाम मा समेत एक धुर जग्गा जमिन नभएर  सरकारी जगगामा टहरो हालेर बस्दै आएका छन  ।  


 बस्ने बाँस र खाने गास  नभएको यो परिवारले गरिव र अपांगले पाउनु पर्ने राज्यको आधारभूत कुराहरु बाट  समेत पनि  बन्चित  रहेको भिडियो मा देख्न सुन्न पाइन्छ । त्यस्तै गरि यो परिवारका बाल बच्चा समेत नैसर्गिक अधिकारमा पर्ने थुप्रै कुराहरु जस्तै आमाबुबाको अधिकार खानपानको अधिकार शिक्षाको अधिकार स्वास्थयको अधिकार आदिबाट नै बन्चित रहेको भिडियोमा देख्दा जो कोहीको आँखा रसाउछ ।

बिगत नौ बर्ष देखि जङ्गलको बिचमा श्रीमती सहित तीन अबोध बाल बच्चा सहित पशु सरहको जिन्दगी बिताउन बाध्य भएका बल बहादुर बिश्वकर्माको बस्तुस्थिति को बारेमा राष्ट्रिय द- लिड सशक्त युवा समूह नेपालले आज स्थलगत भिडियो लिएर पाल्पा तानसेन नगरपालिका लाम्डाडा वडा न६ का वडा अध्यक्ष सागर महर्जन सहित मेयर , उप मेयर ,शिक्षा प्रमुख, महिला सदस्य ,सभासद,पत्रकार , विभिन्न राजनितिक दल प्रमुख तथा प्रतिनिधि,अधिकारकर्मी ,तथा सराेकारवाला निकायहरु सग भेटघाट र बृहत् छलफल समेत गरेको छ । 

बिस्वकर्मा परिवार लाइ गासबास को जोहो गर्ने अभियानमा साथ दिदै वरिष्ठ समाजसेवी तथा प्राेफेसर मणि प्रसाद विक वाट रु ५०००/- र रसाइली बन्धु एकता समाजका अध्यक्ष तथा वरिष्ठ समाजसेवी व्यबसायी मणि राम रसाइली बाट ब्यक्तिगत रुपमा उठेको रु १००५/ सहयोग उठेको जानकारी दिदै  राष्ट्रिय द- लिड सशक्त युवा समूह नेपालका सयोजक तिलक राज पौडेलले हाम्रो संचार डटकम मार्फत बिस्वकर्मा परिवारको घर निर्माणका लागि सहयोग गर्न  देश विदेशमा रहनु भएका सवै मनकारीहरु समक्ष सहयोगको अपिल समेत गरेका छन् । 

No comments:

Post a Comment