सामाजिक रुपान्तरण गर्नको लागि सम्पुर्ण दलितहरु एकजुट हौ - पदम बहादुर चनारा ( बिशाल )

विभेद बिरुद्ध अभियान - चैत्र २० -  सामाजिक बिभेदलाई अन्त्य गर्नको लागी सबैभन्दा पहिलो कुरा जुन समुदाय पीडित छ् त्यो समुदायको प्रतिनिधित्व गर्ने मान्छे नै राज्यको मुख्य अङ्गमा पुग्नु पर्छ ।

समानुपातिक समाबेशी सिद्धान्त अनुसार राज्यका हरेक अङ्गमा दलितहरू को सहभागीता हुन पाउने समान अधिकार छ भने देखि किन मन्त्रालय बिस्तार गर्दा दलित मन्त्रीहरुको नाम आएन ? यसको विरुद्धमा हामी सबै दलितहरुले चौतर्फी बिरोध गर्नुपर्ने जरुरी छ । यो कस्तो खालको समाबेशी हो? किन दलित का प्रतिनिधि हरु चुप लागेर बस्नु भएको छ ? किन राजनैतिक दलका नेताकार्यकर्ता ले आवाज उठाउनु भएको छैन ?

बास्तबमा दलितहरुले अझै पनि न्याय समानता र स्वतन्त्र रुपले बाच्न पाउने अधिकार पाप्त गरेका छैन नेपाल मा राजनीतिक आन्दोलन त भए तर सामुहिक हितका लागि थोरै र ब्यक्तिगत स्वार्थका लागि धेरै भए त्यसैले गर्दा पनि १० बर्शे जनयुद्ध को बेला जातीय विभेद कम थियो जब तत्कालीन नेपाल कम्युनिष्ट पार्टी बृहत शान्ति सम्झौतामा आइसके पछि हाम्रो नेपाली समाजमा झन् छुवाछूत तीब्र गतिमा अगाडी बढ्न थाल्यो । जब सम्म सामाजिक विभेद तपाई हाम्रो मन र मस्तिष्क बाट हट्दैन तबसम्म यो समाजले नयाँ काचुली फेर्दैन ।

राजनैतिक परिवर्तन संगै सामाजिक रुपान्तरण गर्नको लागि सम्पुर्ण दलितहरु टुट फुट भएर होइन एकजुट भएर लड्नुपर्छ बिशेष गरि हाम्रो उदेश्य भनेको नै जातीय विभेद विरुद्ध को साझ अभियान हो । किन हामी दलितहरु एकता हुन सकेका छैनौं ? दलित एकता आजको आबश्यकता हो । हाम्रो मुख्य उदेश्य भनेको जातीय विभेद लाई अन्त्य गर्नु र छुवाछूत मुक्त समाज निर्माण गर्नु हो ।

हाम्रो देशमा गणतन्त्र त आयो तर दलितहरुको जिबन व्यबहारमा आमुल परिवर्तन हुन सकेन हामी दलितहरु विभिन्न राजनीतिक पार्टीमा आवद्ध छौँ तर खोइ आफ्नो वर्ग उत्थान को लागि आवाज उठाएको ? अझै पनि ठाउ -ठाउमा दलितमाथी कुटपिटका घटना घटी राखेका छन् कतै गुन्द्री छोएको निहुँमा कतै मन्दिरमा प्रवेश गरेको निहुँमा कतै अन्तरजातीय बिहेगरेको निहुँमा कागजको पानामा लह -लहाएको कानुन का विरुद्ध तपाईं हामी सबै ले एकचोटी कानुनलाई कार्यन्वयन गराउन को लागि सरकारलाई दबाब मुलक कार्यक्रम को सिर्जना गर्नुपर्छ ।

प्रत्येक जिल्लामा हाम्रो संगठनलाई बिस्तार गरेर लैजानुपर्छ । त्यसो गरियो भने हामीलाई सजिलो हुन्छ र जहाँ विभेद हुन्छ त्यहाँ तुरुन्त हाम्रो संगठन पुगेर पिड्क लाई कारबाही को दाहिराम ल्याउने र पीडित लाई न्याय दिलाउने काम गर्नुपर्छ अनी मात्र हाम्रो रुढीबादी अन्धबिश्वाले ग्रस्त भएको समाज परिवर्तन हुन्छ ।

No comments:

Post a Comment