पत्रकारको पहलमा दलित र बिपन्न बिद्यार्थीले पाए शैक्षिक सामाग्री

विभेद बिरुद्ध अभियान - बैसाख ६ -( मनीषा सुनार ) गुल्मी । गुल्मी जिल्लाको पराल्मी गाबिस, वडा नं.६,रातामाटा स्थित श्री त्रीभुवन मा.बि.मा अध्ययनरत कक्षा १ देखि १० सम्म अध्ययनरत आर्थिक रुपमा बिपन्न दलित बिद्यार्थीलाई शैशिक समाग्री बितरण गरिएको छ । लामो समयदेखि राजधानीमा पत्रकारिता गर्दै आएकी पत्रकार तथा समाजसेवी रीता बुढाथोकीले सो बिद्यालयका ६० जना बिद्यार्थीलाई स्कुल ब्याग, कपी, पेनसिल, ज्यामिती बक्स, इरेजर तथा पेनसिल कटर बितारण गरेकी हुन् ।

बिभिन्न संघ–संस्था र ब्यक्तिमार्फत सहयोग सामाग्री जुटाई सो क्षेत्रका दलित तथा आर्थिक रुपले बिपन्न बिद्यार्थीलाई आफुले शैक्षिक सामाग्री बितरण गरेको पत्रकार बुढाथोकीले जानकारी दिइन् । पत्रकारिता र समाज सेवा दुई भिन्ना भिन्नै पाटा भएतापनि अन्ततः समाजसेवा नै आफ्नो उद्धेश्य रहेको भन्दै उनले समाजमा रहेको असमानता र आर्थिक बिषमतालार्ई न्यूनीकरण गरि सभ्य समाज निर्माण गर्ने अभियानमा सहभागी भएको बताईन् । ‘हुने खाने’ र ‘हुँदा खाने’बीचको दुरी कम गर्नका लागि हुनेले नहुनेलाई सहयोग गर्ने संस्कारको थालनी हुनु पर्ने उनको भनाई थियो । 

यसै अनुरुप आफुले बिभिन्न संघ संस्था र ब्यक्तिमार्फत शैक्षिक सामाग्री जुटाई सो बिद्यालयका बिद्याथीलाई बितरण गरेको उनले जानकारी दिइन् । समाजसेबी सीता भट्टराई, नेपाली सेनाका अमर बिश्वकर्मा, सुनचाँदी ब्यवशायीद्वय राजु लामगादे र महेन्द्र लामगादे लगायत उपेक्षित उत्पीडित र दलित उत्थान बिकास समितिको सहयोग अत्यन्तै महत्वपूर्ण रहेको भन्दै उनीहरुप्रति आभार प्रकट गरिन् । उनले बिगत १२ वर्षदेखि सामाजिक बिटमा कलम चलाउदैँ आएकी छिन् ।

जिल्लाको बिकट क्षेत्र मानिने रातामाटामा भर्खरै मात्रामा मोटरबाटो पुगेको छ । त्यहाँका अधिकांश दलित समुदाय आर्थिक रुपले बिपन्न छन् । दलित बिद्यार्थीहरु आर्थिक अभावका कारण कपी कलम किन्न नसकेर बिचैमा स्कुल छाड्न बाध्य भएको र यी सामाग्रीले बिद्यार्थीहरुमा केही राहत मिलेको बिद्यालयका प्रधानाध्यापक तीलकराम गौतमले बताए । राजधानीदेखि आएर आफ्नो बिद्यालयमा शैशिक सामाग्री बितरण गरेको भन्दै पत्रकार बुढाथोकीलाई उनले धन्यबाद दिए । उनले सबैमा यस्तै सेवाको भावना जागृत भएमा समाजले गति लिने बिश्वास ब्यक्त गरे । पत्रकार बुढाथोकीले गरेको कार्य अत्यन्तै स्रहानीय भएको बताए । आउँदा दिनहरुमा पनि आफ्नो क्षेत्रमा रहेका गरिव बिद्यार्थीलाई सहयोग गर्नका लागि उनले अपिल समेत गरे ।शैक्षिक सामाग्री प्रदान गरेको भन्दै दलित बिद्यार्थी तथा अभिभावकले खुसी ब्यक्त गरेका थिए ।

No comments:

Post a Comment