परियारको निधन प्रति नेका कास्कीद्धारा दुःख व्यक्त

पोखरा, २७ मंसिर- विभेद विरुद्ध अभियान  । नेपाली काङ्ग्रेसका क्रियाशिल सदस्य लोकतान्त्रिक आन्दोलन तथा दलित आन्दोलनका अगुवा नेता विरबहादुर परियारको शनिबार वेलुका निधन भएको छ । कास्की जिल्ला थुमाको डाँडा वडा नं.५ निवासी परियारको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
६२ वर्षिय परियारका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । परियारको आईतबार दाहासस्कार गरिएको छ। स्वर्गिय परियारको पार्थिवक शरिरमा नेपाली काङ्ग्रेस कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापा, नेपाली काङ्ग्रेसका नेता शुक्रराज शर्मा, कास्कीका सचिव कृष्ण केसीले पार्टीको झण्डा ओढाई अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
शवयात्रामा नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्ता शुभेच्छुक, आफन्त इष्टमित्रको सहभागिता रहेको थियो । यसै वीच नेपाली काङ्ग्रेस कास्कीले आईतबार नै एक शोक विज्ञप्ति प्रकाशित गरि परियारको निधनले पाटी स्तव्ध भएको जनाएको छ।
कास्कीका सभापति तथा सांसद यज्ञबहादुर थापाद्धारा जारि गरिएको विज्ञप्तिमा लोकतान्त्रिक आन्दोलन तथा दलित आन्दोलनका अगुवा नेता परियारको निधनले पार्टीलाई अपुरणिय क्षती भएको जनाईएको छ।
विज्ञप्तिमा परियारको निधन प्रति दुःख व्यक्त गर्दै सोक सन्तप्तपरिवार जन प्रति हार्दिक समवेदना प्रकट गरिएको छ।

No comments:

Post a Comment