भूकम्पमा परी मृत्यु भएका गोरखाका ५३ दलितका परिवारलाई नगद राहत प्रदान

मंसिर २९ - विभेद विरुद्ध अभियान । गत साता अन्तर पार्टी दलित संजाल गोरखा ले ‘नेपालको संविधानमा दलितका अधिकार’सम्बन्धि छलफल कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । गोरखा जिविस हलमा आयोजित यस कार्यक्रममा जिल्लाभरका दलित संघसंस्थाका प्रतिनिधि र भुकम्प पीडितका परिवारजनहरू लाई आमन्त्रण गरि गत बैसाख १२ गतेको भूकम्पमा परी मृत्यु भएका गोरखाका ५३ जना दलितका परिवारलाई नगद राहत बितरण गरिएको थियो  ।

गत श्रावणमा नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका संंरक्षक तथा संयुक्त राजनीतिक दलित आन्दोलनका अभियन्ता रणेन्द्र बराली अमेरीका पुगेको बेला त्यहाँ स्थित कृयाशिल नेपाली संगठनहरू, नासो कम्युनिटि, आइ सी डी आर, र ग्लोवल फोरम नेपाल एव बेल्जएिममा बस्ने रणेन्द्र बरालीका छोरा टकेन्द्र बराली र छोराका साथीहरूबाट प्राप्त सहयोग रकम गरि जम्मा भएको रु २२०२८६ लाई जनही रु ४०००  का दरले मृतकका आफन्तहरुमा बितरण गरिएको थियो । तत्काल उपस्थिति हुन असमर्थ मृतकका परिवारलाई भने स्थानीय दलित संयन्त्र र जिविसका प्राविधिक प्रमुख सहदेव भण्डारीका जिम्मामा सम्बन्धित ब्यक्तिहरूलाई प्रदान गर्ने गरी हस्तान्तरण गरीएको थियो ।

संविधानसभा सदस्य तथा नेपाली काग्रेसका केन्दीय सदस्य माननीय जीवन परियारको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा नेपाल सरकार स्थानिय विकास मन्त्रालय उपेक्षित उत्पीडित दलित बर्ग उत्थान विकास समितिका उपाध्यक्ष मुक्तबहादुर मोहते, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तथा नेकपा माओबादीका केन्द्रीय सदस्य पूर्व सांसद प्रशुराम रम्तेल र रणेन्द्र बरालीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । अन्य अतिथिहरूमा नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्दीय सदस्य तथा नेकपा एमालेका जिल्ला पार्टी सचिप कृष्ण नेपाली, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका अध्यक्ष तथा संयुक्त राजनीतिक दलित संघर्ष समितिका संयोजक दिलबहादुर सेनचुरी, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रिय कार्यालय सदस्य हितमान सुर्खेती ,नेपाल दलित संघका केन्द्रीय सदस्य ईस्वर परियार लगायत हुनुन्थ्यो ।

कार्यक्रममा राहत रकम सहयोग गर्ने संस्था र ब्यक्तिहरू तथा हस्तान्तरण गर्न ब्यवस्था गर्ने आयोजकहरूलाई धन्यवाद दिँदै रणेन्द्र बरालीले महाभूकम्पका कारण अत्यन्त बिक्षिप्त भइ विपत भोगी रहेका मृतकका परिवारजन लाई यो रकम कुनै ठूलो राहत होइन । तथापि स्वदेश तथा विदेशमा बसेका दलित समुदाय एवं सम्बन्धित संस्थाहरूको तर्फबाट हार्दिक सहानुभुति र समवेदना रहेको सन्देश मात्र रहेको बताउनु भएको थियो । उहाँले विपतको घडीमा भूकम्प पिडीतहरूप्रति विदेशमा रहेका नेपाली दलितहरूको स्नेह र नेपालमा रहेका दलित संस्थाहरूको न्यानोमायाँ रहेको कुरा केही मात्रामा भएपनि ब्यबहारतः सावित गर्न पाएको र प्राप्त रकमबाट कुनै मसलन्द खर्च नगरी जतिका तति पीडितका हात प्रदान गर्न सफल भएकोमा समेत आफू गौराम्वित भएको बताउनु भएको थियो ।


जागरण मिडिया बाट

No comments:

Post a Comment