मीना सुनारको बलात्कार सहित हत्या गर्ने अभियुक्तलाई मृत्युदण्डको सजाय

पौष ७ - विभेद बिरुद्ध अभियान  – गत फेब्रुअरी दोस्रो सातामा हरियाणाको रोहतकमा एक नेपाली युवतीमाथि जघन्य बलात्कारसहित हत्या गर्ने ७ जना अभियुक्तलाई राज्यको न्यायालयले मृत्युदण्डको सजाय सुनाएको छ ।मानसिक रोगको उपचारका लागि बर्दिया राजापुर नगरपालिका वडा नम्बर–१० की २८ वर्षीया मीना सुनार युवतीलाई स्थानीय भारतीय नागरिक र नेपाली कामदारले नजिकैको जंगलमा लगेर बलात्कार गरेका थिए ।
बलात्कारपछि उनको यौनांगमा ढुंगा÷फलामका टुक्रा हालेर यातनापूर्ण हत्या गरिएको समाचार आएपछि प्रहरी अनुसन्धानमा अभियुक्तहरु पक्राउ परेका थिए ।हरियाणा राज्यमा विशेष अदालतकी न्यायाधीश सीमा सिंघलले पदम, पवन, सुनील, सरबर, राजेश, सन्तोष र मानवीरलाई जनही १ लाख ७५ हजार रुपैयाँ जरिवानासमेत तोकिएको छ ।यो घटना अनुसन्धानमा ६६ जना साक्षी प्रमाणको ९ महिना लामो बयान लिइएको थियो ।

No comments:

Post a Comment