पौष ३- राष्ट्रिय दलित आयोगले तराई–मधेसका दलितहरूलाई १५ सांस्कृतिक समूहमा विभाजन गरेको छ । ती सबैको आ–आफ्नै संस्कृति, जीवनशैली र रहनसहन छ । अधिकांश दलितको साक्षारता प्रतिशत अत्यन्तै न्युन छ । पुरुषहरू नै पढ्दैनन्, महिला त झनै पढ्ने कुरै भएन । परिवारको आर्थिक स्रोत जुटाउने काममा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेपनि उनीहरुको अवस्था दयनिय छ । मधेसका गैरदलितमा जस्तै दलित समुदायको पनि पुरुष प्रधान परिवार हो । दलितहरु अहिले पनि छुवाछुतको सिकार छन । जातिय भेदभाव पनि खेप्दै आएका छन् । अझ रोचक त के छ भने दलित–दलितबीच पनि छुवाछुत कायम छ । मधेसी दलितको राजनीतिकमा सहभागिता पनि अति न्युन छ । अधिकांश दलितहरु भुमिहिन छन्, एलानीमा उनीहरूको बसोबास छ । यो उनीहरुको सबै भन्दा ठूलो समस्या हो । मधेसी दलितहरु भूमिहिन भएपनि भूमिपतिहरुको खेत अधिया या बटियामा लिएर कृषिकर्म गर्छन् ।
तर अधिकांश दैनिक ज्यालादारी गरेरै जीवन यापन गर्छन । जंगल वरपरका मधेसी दलितहरू भने दाउरा बेचेर आएको आम्दानीबाट दुई छा“क टार्छन । राजनीतिज्ञ, निर्णयकर्ता, नीतिकर्ता, राष्ट्रिय योजनाकार बन्ने अवसरबाट मधेसी दलितहरु बर्सौदेखि बञ्चित छन, केही दल विशेषमा झुक्किएर एक÷दुई मधेसी दलितको उपस्थिति भने देखिन्छ । राज्यले उनीहरुको सामाजिक–आर्थिक विकासलाई नजरअन्दाज गरेको अवस्था छ । भोट बैंकका रुपमा मात्र राजनीतिक दलहरुले प्रयोग गरेको पाइन्छ । गैरमधेसी मात्र होइन मधेसी समुदायले पनि उनीहरुलाई राजनीतिक, समाजिक आर्थिक र मानवसंशानन विकासका मुद्दामा पुर्ण रुपमा जोड्न नसकेको अवस्था छ । उनीहरु राजनीतिको मुलधारमा अझै आउन सकेका छैनन् । शिक्षाको सुविधा र रोजगारीको अवसरबाट समेत उनीहरु बञ्चित छन । राष्ट्रिय या अन्तर्राष्टि संघसंगठनमा उनीहरुको पहू“च छैन ।
नागरिकता र शिक्षाको समस्या, सामाजिक वहिष्करण, असुरक्षित जीवनलगायतका कारणले उनीहरूको पहू“च कुनैपनि विकास गतिविधिमा अतन्त्यै न्यून छ । त्यसैले उनीहरुको जीवन पद्धतिमा खासै प्रगति हुन नसकेको हो । गरिबी र भूमिहिन भएर बा“च्नु उनीहरुको नियति झै बनेको छ । तराई–मधेसका भूमिपतिहरुबाट उनीहरू शोषणमा परेका छन । भूमिपतिहरूले पा“च सय रुपैया ऋण लिएर ५ हजारको सहिछाप गराउने गरेको पनि भेटिएको छ । उनीहरु रकम तिर्न नसकेपछि दास बन्छन र संधै भूमिहिन नै भएर बस्नु पर्ने हुन्छ । होटेलहरूमा दलितलाई काम दिइदैन, किनभने उनीहरुले छोएको खाना अझै पनि तराई–मधेसमा चल्दैन । फलस्वरुप बेरोजगारी समस्या मधेसी दलितमा बढी पाइन्छ । अझ उनीहरुमा परिवार नियोजन गराउने कमै भेटिन्छन् । परिवारमा वर्षेनी नया“ सदस्य थपिदै जा“दा उनीहरु झनै समस्यामा पर्छन् । उनीहरुमा दक्षताको कमि भएकाले कृषिकर्म बाहेक अरु गर्न सक्तैनन् । मधेसी दलितभित्रै पनि छुवाछुत कायम हुनुले समस्या छ । उदाहरणका लागि सदाय भन्न रुचाउने मुसहर समुदारहरुले आफूलाई चमार भन्दा माथि ठान्छन् । कतै कतै त बराबरनै मानिएको भेटिन्छ । मुसहरहरुले डोम र हलखोरलाई तल्लो जातिका ठान्छन् । बांतर, खत्वे र पासवानलाई बराबर ठान्छन, उनीहरुले । तर, तांती अथवा तत्मा(अमात्य) भन्दा तल ठान्छन् । मधेसका अन्य दलितमा पनि यो समस्या देखिन्छ ।
मधेसी दलितहरु दैनिक ज्यालादारी गर्न अधिकांश दलितहरु केही महिना या वर्षका लागि जाने पंजाब, दिल्ली, कश्मीर र काठमाडौ जाने÷आउने गरेका छन् । बाहिर जान नसक्नेहरु सुंगुर र बाख्रा पालन गर्छन । भैसी पालन गर्दा दूध विक्रिमा समस्या हुने गरेकाले उनी यो पेशा मुश्किलले मात्रै गर्छन् । खासगरि चमार जातिले पालेको भैसीको दूध अझै पनि मधेसमा विक्रि हु“दैन । तर, उनीहरुले पालेको गाईको दूध भने गैरमधेसीहरुले खुवाउने गरेको पाइन्छ । चमार जातिका महिलाले गैरदलितको बालबच्चाको स्याहार सुसार र सुडेनीको काम गर्छन । तर उनीहरुलाई घर प्रवेशमा निषेध हुन्छ । छठमा प्रयोग हुने अधिकांश सामग्री, कोनिया, नांग्लो भने दलित (दोम) ले बनाएका हुन्छ , त्यसलाई पवित्र मानिन्छ । तर, डोम समुदायले छुयो भने धेरै ठाउ“मा गंगाजल छर्किने चलन छ । यसैगरि अधिकांश मुर्तिकार दलित भेटिन्छन्, उनीहरुसंग पानी नचलेपनि उनीहरुले बनाएको मुर्तिको भने गैरदलितहरुले धुमधामका साथ पुजा गर्छन । विवाहमा डोम जातिले बनाएको सामग्री नभई हुदैन तर यो समुदायलाई घर प्रवेशमा रोक छ । अधिकांश दलितले आफूलाई हिन्दू नै ठान्छन् , उनीहरुलाई मन्दिर प्रवेशमा निशेष गरिन्छ । अधिकांश दलितमा परम्परागत मुखिया राख्ने चलन छ , यी मुखिया (मैन्जन) हरूले विवाह, मृत्यु संस्कारमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन । मधेसका दलितहरु मुसहर, चमार,डोम, पासवान,धोबी, खत्वे, कुमाल, हलखोर, डोमलाई सुद्र वर्णमा राखिएको छ । तर कामी(कमार) संग भने पानी चल्छ, यो पहाडे समुदाय भन्दा फरक छ । दलितका बालबालिकाहरु हात नधोइकनै खान्छन, मुख पनि नधोइन विहानको खाना खान्छन् । अधिकांश दलितसंग शौचालय छैन । तराई–मधेसमा दलित किशोरहरु भूमिपतिका गोठाला बस्छन् भने बालबालिका घरमै । उनीहरुलाई स्कूल पठाइदैन । पुरुषहरु जाडरक्सी खान्छन्, कमाएको पैसा जति जा“डरक्सीमै खर्च गर्छन । महिलाहरु जनबैनी गर्छन् र घरमा खाना पकाउंछन् । मधेसमा एउटा अच्चम त के छ भने, दशहरा, दियावाती, छठ, फगुवा, जितिया, जुडसितल, मकर संक्रान्ति, घडी पर्व मिलिजुली मनाउछन् । अधिकांश दलितको घर बा“स र खरले छाएको बिना झ्यालका भेटिन्छन् । विरामी ह“ुदा धामीझांकीबाट उपचार गराउछन् ।
तराई–मधेसको दलितको यो अवस्थाबारे सप्तरीका बलदेव मोची भन्छन्, ‘ हाम्रो समस्या भनेको भूमिहिन हुनु र शिक्षामा पहू“च नहुनु हो , अझ स्वास्थ्य सेवामा त हाम्रो पहू“च नै छैन । ’ उनले दलितभित्रै भएको छुवाछुतलाई गलत भन्छन् । ‘दलित त दलित हो नि ?’ उनी भन्छन्, ‘ हामीलाई सरकारले गास, बास र कपासको व्यवस्था सम् मगर्न सकेको छैन । ’ दलितबस्तीमा वर्षौदेखि बसोबास गर्दै आएका उदयपुर त्रियुगा नगरपालिकाका राजकिशोर चौधरीले धार्मिक संस्कार, चाडपर्वदेखि सरसफाईमा समेत दलितहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गरेको बताए । ‘गाउ“, वस्ति र सहरलाई दलित नभई नहुने भएपनि उनीहरुको अवस्था संधै दयनिय हुनु दुर्भाग्य हो ’ उनले भने, ‘अझ चुनावका बेला उनीहरुमो मतले निर्णायक भूमिका खेल्छ, तर उनीहरुलाई कहिले पनि निर्णयकर्ता बनाइदैन ।
No comments:
Post a Comment