भारतमा सम्पन्न राष्ट्रिय दलित सहित्यकार सम्मेलनमा आठ जना नेपाली समानित

पौष ३- विभेद बिरुद्ध अभियान-  भारतको नयादिल्लीमा सम्पन्न भएको ३१ औ राष्ट्रिय दलित सहित्यकार सम्मेलनमा नेपालमा बिभिन्न क्षेत्रमा उत्कृष्ठ योगदान दिने आठ जनालाइ बिभिन्न बिधाको एम्बेडकर अवार्ड प्रदान गरिएको छ । १२ डिसेम्बर, मंसिर २६ गते नयादिल्लीको पञ्चशिल आश्रममा भएको सम्मेलनमा डा.अम्बेडकर बिशिष्ट सेवा राष्ट्रिय अवार्ड इटहरीका प्राध्यापक एवम शिक्षासेबि बेणु सिटौला,धनगढिका प्रगतिशिल लेखक बसन्त बहादुर बागचन्दलाइ प्रदान गरिएको छ । बिशिष्ठ सेवा राष्ट्रिय अवार्ड पाउने इटहरीका सिटौला यस अघि नेपालमा २०६४ मा राष्ट्रिय शिक्षा दिबश पदक,२०६४ मै नेपाल बिद्या भुषण पदक,२०६५ मा पुर्बाञ्चल गोल्ड मेडल र २०६९ राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित भइसकेका छन।
यसैगरि काठमाडौकी अरुणा हिंगमागंलाइ कलाश्रि पुरस्कार,काठमाडौकै मानबहादुर नेपाली र इसुजंग कार्किलाइ अम्बेडकर ब्रदरहुड अवार्ड, कोपिला बिकलाई अम्बेडकर एक्सिलेन्सि अवार्ड,काठमाडौका पत्रकार चन्द्र शर्मालाइ एक्सिलेन्सि सर्भिस अवार्ड एवम जितबहादुर बिश्वकर्मालाई सेवाश्रि पुरस्कार प्रदान गरिएको छ । अवार्ड पाउने सम्पुर्णलाई कार्यक्रममा राष्ट्रिय अनुसुचि जातिय आयोगका अध्यक्ष पिएल पुनिया र केन्द्रिय राज्यमन्त्रि बिजय साल्लाले एकमुष्ठ रुपमा बितरण गरेका थिए ।
अघिल्लो बर्ष मात्रै इटहरीका रेडक्रसका सभापति बिमल पौडेल,गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आर्चाय,बराह ज्वेलरी धरानका प्रोपाइटर मानबहादुर बिश्वकर्मा लगायतलाई पनि अम्बेडकर अवार्ड प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल बाहेक भारतमा बिभिन्न क्षेत्रमा योगदान दिने दर्जन बढिलाइ सो अवार्ड प्रदान गरिएको थियो ।

No comments:

Post a Comment